गलकोट नगरपालिकाले कृषकहरुलाई फलफूल तथा घाँसका बिरुवा बितरण गरेको छ ।
गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तरगत नगरपालिकाको अनुदानमा नगरपालिका क्षेत्र भित्रका कृषक र विभिन्न फर्महरुलाई विभिन्न जातका फलफुल तथा घाँसको बिरुवा वितरण गरिएको हो ।
गलकोट नगरपालिका क्षेत्रलाई फलफुल तथा पशुपालनमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले आफ्नो निति कार्यक्रममा फलफुल तथा घाँसका विरुवा वितरण कार्यक्रमलाई समावेश गरेको गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचाले बताउनुभयो ।
काउचाले गलकोट क्षेत्रका कृषकहरुलाई व्यवसायिक एवम् आत्मनिर्भर बनाउनुपर्ने भन्दै कृषकहरुलाई कृषि तथा पशुपालनमा आकर्षण गर्नको लागि समेत नगरपालिकाले यस्ता खालका कार्यक्रममलाई जोड दिएको बताउनुभयो ।
नगरपालिकाले कृषकहरुलाई वर्षे फलफूल बिरुवा अन्तरर्गत नगरपालिकाको ४० प्रतिशत अनुदानमा ११ हजार सुन्तलाको बिरुवा, ७ हजार कागतीको बिरुवा, ६ हजार किम्बु तथा निवारो, रायो खनिया जातको डाले घाँस र २५ हजार विभिन्न भुई घाँसको बिरुवा गरि करिब ४९ हजार फलफुल तथा घाँसको बिरुवा बितरण गरिएको गलकोट नगरपालिकाका कृषि तथा पशु शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो ।
नगरपालिकाले नगरपालिका भित्र सस्थागत एवंम व्यक्तिगत रुपमा दर्ता भै संचालनमा रहेका २ सया बढी विभिन्न कृषि तथा पशुपालन फर्मलाई प्राथमिकताका आधारमा नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण कृषकहरुलाई मागको आधारमा प्रत्येक वडामा रहेको कृषि तथा पशु सेवा केन्द्र मार्फत फलफुल तथा घाँसको बिरुवा कृषकलाई वितरण गरिएको गलकोट नगरपालिकाका पशु स्वास्थ्य प्राबिधिक बलाराम अधिकारीले जानकारी दिनुभयो ।