प्रमुख समाचार

एमाले फर्किएका १० नेता तितरबितर : रावल र भुसालले चुनौती दिने, बाँकीले ओलीको आशीर्वाद लिने

काठमाडौँ : दश बुँदे कार्यान्वयनको सर्त बोकेर एमालेमा फर्किएका १० जना नेतामध्ये उपाध्यक्ष भीम रावलले आइतबार पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गर्दा उनी एक्लै थिए। १० बुँदे बनाउने समितिमा माधव नेपाल समूहबाट संयोजन गरेका उनी नेपाल समूह छाडेर एमालेमै फर्कँदा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यसँगै घनश्याम भुसाल पनि सँगै थिए। स्थायी समिति सदस्य रघुजी पन्त, अमृत बोहरा र नेता सुरेन्द्र पाण्डे पनि रावलसँगै नेपालको साथ छाडेर एमालेमा फर्किएका थिए। उनीहरू फर्किएपछि १० बुँदे कार्यान्वयन अलपत्र… पुरा पढौ

ई-पासपोर्ट आजदेखि सुरु, जिल्लाबाट कहिलेदेखि पाइन्छ ई-पासपोर्ट ?

काठमाडौं :  राहदानी विभागले ई-पासपोर्ट  विद्युतीय राहदानी वितरण सुरु गरेको छ। बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो पासपोर्ट  प्रदान गरी इ–पासपोर्ट वितरणको शुभारम्भ गरिएको हो। जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका थिए।  विभागले बुधबारदेखि लागु गरेको ई-पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी नेपालले प्रचलनमा ल्याएको हो। विश्वका एक सय २० भन्दा बढी मुलुकले ई–पासपोर्ट प्रचलनमा ल्याइसकेका छन्।  ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही काठमाडौं धाउन… पुरा पढौ

सरकारले बुधबारदेखि इ-पासपोर्ट जारी गर्ने, एमआरपी विस्थापन गर्ने तयारी

काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार अपराह्न औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने उद्देश्यले ई पासपोर्ट जारी गर्न लागिएको जानकारी दिए। त्रिपुरेश्वरमा दिउँसो हुने एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम छ। शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने राहदानी विभागले जनाएको छ । महानिर्देशक… पुरा पढौ

जनगणना गर्नेलाई तिंकर र छाङरु जान भारतीय पक्षले दिएन

भारतीय पक्षको अवरोधले दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा जनगणना सुरु हुन सकेको छैन।  २५ कात्तिकदेखि देशभर जनगणना गर्न थालिएको थियो। मुलुकभर जनगणना भइरहँदा भारतीय अतिक्रमित ‘कालापानी क्षेत्र’ अन्तर्गत पर्ने दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकर र छाङरुमा भने अझैसम्म जनगणनाका लागि गणक पुग्न सकेका छैनन्।  भारतीय प्रशासनले तिंकर र छाङरुमा गणक जानका लागि अनुमति नदिँदा त्यहाँ जनगणना सुरु हुन नसकेको जनगणना कार्यालय (दार्चुला)का प्रमुख पदमराज पाण्डेले बताए। ‘नेपाली भूमिबाट छाङरु र तिंकर पुग्ने बाटो छैन। त्यहाँ भारतको बाटो प्रयोग गरेर… पुरा पढौ

बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदै, ४० हजार गणक परिचालन हुने

काठमाडौं । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक… पुरा पढौ

जापानमा आमनिर्वाचन: संसदको तल्लो सदनमा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले ल्यायो सुविधाजनक बहुमत, किशिदा नेतृत्वको सरकारले “नयाँ पुँजीवाद” नीति लागू गर्ने

जापानमा भएको संसदको तल्लो सदन प्रतिनिधि सभाको आमनिर्वाचन २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले प्रतिनिधि सभाको २६१ सिटको ल्याइ "सुविधाजनक बहुमत" को लागि जनमत प्राप्त गरेको लाई पार गर्यो।४ सय ६५ सिटका लागि भएको निर्वाचनमा एलडिपी एक्लैले २४४ सिटमा जित हासिल गरेको छ। उसले प्रतिनिधि सभामा सबै १७ स्थायी समितिको अध्यक्षता गर्ने गरि मत प्राप्त गर्दै २६४ सिटसहित "सुविधाजनक बहुमत" ल्याऊदै आफ्नो वर्तमान फुमीयो किशिदा नेतृत्वको सरकारलाई निरन्तरता दिन पाउने म्यानडेड प्राप्त गरेको छ । तस्विर साभार एनएचके निर्वाचनको अन्तिम… पुरा पढौ

साम्यवादीहरू शहर पसे, थवाङवासीको उपचार गर्दै जापानिज वृद्ध

औसत मानिस चाहन्छ, जीवनको आखिरी क्षण परिवारको साथ सुखसयलमै बितोस् । र, त्यहीं देह-त्याग होस् । तर उनी भने अपवाद बन्न पुगे । भइदियो यस्तो कि जीवनको उत्तरार्द्धमा उनी जापानको सुखसयल र सम्पन्नता छोडेर विकासोन्मुख देशको दुर्गम बस्तीतिर निस्किए । त्यो पनि युद्धले छियाछिया बनाएका बस्तीहरूतिर । युद्धताका मीठा मीठा प्रतिज्ञा गरेर गाउँबस्ती छिरेका नेताहरू अहिले शहर पसेका छन् । गाउँ र त्यहाँको व्यथा उनीहरूको लागि एकादेशको कथा बनिसकेको छ । तर नौडाँडा पारिका एक वृद्ध भने नेपालका दुर्गम बस्तीमा… पुरा पढौ

फेरि बढ़्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ। आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ… पुरा पढौ

बागलुङमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र !

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ । सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्र समेत थियो । तर उनलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन् । यातायात व्यवस्था कार्यालय आगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो । ‘मैले डाक्टरलाई भेटेन, आगाडिकै पसलबाट किनेर ल्याएको हुँ’, उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो,… पुरा पढौ

राजिनामा माग गर्दै बारले दियो प्रधानन्यायाधीशलाई ५ दिने अल्टिमेटम

नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारको शुक्रबार बसेको बार कार्यसमितिको बैठकलेयही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदशन गर्ने निर्णय गरेको छ । उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन… पुरा पढौ