प्रमुख समाचार

नेपाल बार एसोसिएसन परिसरमा वकिलले वकिल कुटे

काठमाडौँ– नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दु:ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,’ चुडालले भने । पुरा पढौ

तीन सातापछि ई–पासपोर्ट जारी हुँदै, एमआरपी विस्थापित हुने

के तपाईं मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने सोचमा हुनुहुन्छ? यदि विदेश उडिहाल्नुपर्ने हतारो छैन भने अब तीन साता कुर्नुहोस्। किनकि, तीन सातापछि हाल प्रयोगमा रहेको पासपोर्टभन्दा विदेश यात्राका लागि अझ भरपर्दो, सुरक्षित र विश्वासिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) तपाईंले पाउनुहुनेछ।  परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले कात्तिक २९ देखि विद्युतीय राहदानी जारी गर्न लागेको हो। काठमाडौँस्थित केन्द्रीय राहदानी विभागका निर्देशक शरद आरणका अनुसार विभागले कात्तिक २९ देखि ई–पासपोर्ट जारी गर्नेछ।  उनले कात्तिक अन्तिम साताबाट विद्युतीय राहदानी जारी हुन लागेकाले हतारिएर अहिल्यै राहदानी… पुरा पढौ

माटोको सुगन्धले लोभ्यायो, त्यसैले जापानको सुखसयल छोडेर घरदेश फर्केको हु- डा. सुन्दर पौडेल

कपाल हिउँ परेजस्तै सेताम्य, मुहार सौम्य, मधुर बोलीबचन तर मितव्ययी शब्द चयनका प्राज्ञिक व्यक्तित्व । उनी हुन् सुन्दर नगरी पोखराको फेवाताल छेउका डा.सुन्दर पौडेल । सेतो कपालले प्रौढताको सङ्केत गर्दैछ, उमेरको ग्राफमा ४५ कटे पनि जाँगर युवाको जस्तो छ । गम्भीर सवालजवाफमा उनी उम्दा छन् । उनका भावना र विचारहरू समाजका लागि हितकारी छ । आफ्नो समाज, समुदाय र देशलाई केही गरौं भन्ने हुट्हुटी उनमा छ । आफ्ना परिकल्पनाहरूलाई उनी डायरीमा स्केच गरिरहन्छन् । माछापुच्छ«े हिमाल र फेवाताल हेरेर बैदाममा… पुरा पढौ

देशभर बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु, ३३ बेपत्ता

काठमाडौँ – मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक र डडेलधुरामा एक जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ । प्रहरी प्रधान कार्यालयले… पुरा पढौ

दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृत्यु(अपडेट)

मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।मुगुका प्रजिअ महतले भने, "शवहरूलाई जिल्ला अस्पताल मुगुमा राखिएको छ। घाइते १६ मध्ये १३ जनालाई हेलिकोप्टरमार्फत् नेपालगञ्ज पुर्‍याइएको छ।" सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो। मृतकमध्ये १० जनाको सनाखत… पुरा पढौ

मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)

मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । केहीकाे उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सुनिए पनि एकिन नभएकाे उनले बताए। मृत्यु हुनेमा बसका चालक दलबहादुर रावल, सन्तोष बितालु, नविन बुढालगायत छन्। मृत्यु हुनेमा आठ–दश वर्षको एक बालक छन् भने अधिकांश विद्यार्थी रहेको उनले जानकारी दिए। ‘मृत्यु हुने अधिकांश काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विदार्थी… पुरा पढौ

मुगुमा बस दुर्घटना: २२ जनाको मृत्यु, १८ घाइते, घाइतेहरूको हेलिकप्टर मार्फत उद्धार गरिदै

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दुर्घटनामा २२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जानकारी दिए। सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर रारा गाउँपालिका–७ पिनागाउँमा दुर्घटना भएको हो। घाइतेहरूको उद्दारकार्य जारी रहेको उनले जानकारी दिए। घाइतेलाई उपचारका लागि बाहिर पठाउन हेलिकप्टर बोलाइएको महतले बताए। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ। घटनाको विस्तृत विवरण… पुरा पढौ

घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

कास्की– कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ । जीपमा चालक खुशीमान क्षेत्री सहित सहित १० जना यात्रु सवार थिए । ती मध्ये एक जना जीवितै उद्धार… पुरा पढौ

एनआरएनए विवादः जापान र जर्मनीमा चुनाव गर्नैपर्ने, युके र अमेरिकामा नपर्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद निरुपणका लागि दिएको पछिल्लो निर्देशनलाई लिए भ्रम उत्पन्न गर्ने प्रयास सुरु भएको छ । संस्थापन पक्षका केही पदाधिकारीले पूर्वनिर्धारित मितिमै निर्वाचन भएका केही एनसीसीहरुमा पनि मन्त्रालयले पुनः चुनाव गर्न निर्देशन दिएको भन्दै भ्रम छर्ने काम गरेका छन् । संघको विधानमा उल्लेख भएको र आइसीसीको सहमतिमा फरक मितिमा निर्वाचन गरिएका एनसीसीहरुमा पुनः चुनाव गर्न नपर्ने परराष्ट्र श्रोतले बताएको छ । खासगरी सदस्यता, महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन तथा एनसीसीको निर्वाचन प्रक्रियालाई लिएर… पुरा पढौ

मन्त्रिपरिषद्ले पूर्णता, नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

लामो रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ औं दिनमा मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई यसपटक मन्त्रीपरिषद् विस्तार गर्न सकस पर्यो । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्‍मा महिला सहभागिता २५ प्रतिशत रहेको छ  भने जनजातिहरूको प्रतिशत ३२ रहेको छ । मन्त्रिपरिषद्‍मा मधेसीहरूको प्रतिनिधित्व १६ प्रतिशत छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई… पुरा पढौ