प्रमुख समाचार

हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाध्यक्षसहित १३ जनाको मृत्यु

एजेन्सी– भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावतसहित १३ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाले जर्नेल रावत, उनकी श्रीमतीसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको छ । सो हेलिकोप्टरमा जर्नेल रावत, उनकी श्रीमती र सेनाका उच्च अधिकारी रहेको बताइएको छ । रक्षामन्त्री राजनाथ सिंहले जर्नेल रावतका परिवारसँग भेट गरेका… पुरा पढौ

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

काठमाडौँ । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टीकृत सेवा दिइरहेका छन् ।  अझ अर्को खुसीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छटपटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ । पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगन्ज पठाउने गरेको कर्णालीले… पुरा पढौ

दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन स्थानीय तहलाई सामान्य प्रशासनको परिपत्र

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । यो वर्ष विभिन्न निर्माण कार्य गर्न गठन भएका उपभोक्ता समितिहरू संस्था दर्ता ऐन, २०३४ को दफा ३ अनुसार दर्ता भएको नपाइएकोले कुनै पनि संस्था विधानसहित दर्ता नभएमा मान्यता दिन नमिल्ने कानुनी प्रावधान रहेको उल्लेख गर्दै स्थायी संयन्त्रमार्फत नै काम गर्न भनेको हो । साथै त्यस्ता समितिहरू स्थानीय स्तरमा सञ्चालित आयोजनाको निर्माण गर्न अस्थायी रूपमा गठन हुने र कार्य सम्पन्न… पुरा पढौ

ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनमा तीन झरल र नौ नाउरको सिकार

बागलुङ- सिकार पर्यटनको पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको सिकार भएको छ ।नेपालका पाँच सिकार कम्पनीमार्फत सिकारमा पुगेका विदेशी सिकारले यस पटक निर्धारित कोटा भन्दा कमी सिकार गरेका हुन । पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । नाउरको सिकार पछि सिकारी - नवीन शिशिर विक यस पटक तीन वटा झारल र एक नाउरको सिकार हुन सकेनन । एक झारल… पुरा पढौ

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा. शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।  समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिए । पुरा पढौ

दुई मतले पराजित गुरु घिमिरेले दिए पुनः गणनाको माग गर्दै निवेदन

इटहरी : नेपाली कांग्रेस प्रदेश १ को निर्वाचन परिणाम चित्त नबुझेको भन्दै निर्वाचन समितिमा निवेदन परेको छ। सभापतिका उम्मेदवार गुरुराज घिमिरेले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन्।  उद्धव थापासँग २ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणना गर्नुपर्ने माग राखेका छन्। निर्वाचन परिणाममा हस्ताक्षर नगरी बाहिरिएका उनले मतगणना चित्त बुझ्दो नभएको बताएका छन्।  संस्थापन पक्षका थापासँग कोइराला पक्षका घिमिरे २ मतले पराजित भएका हुन्। कोइराला प्यानलबाट महामन्त्रीमा उमेश थापा बाहेक प्यानल नै पराजित भएको छ।  घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले… पुरा पढौ

नेपालमा पनि दुईजनालाई ‘ओमीक्रोन’ संक्रमण

पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमीक्रोन'का दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।  मन्त्रालयका अनुसार दुई विदेशी नागरिकमा यो भेरियन्ट देखिएको हो। जसमा नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय विदेशी नागरिक रहेका छन्।  उनीहरु दुवैले दुवै खोपको मात्रा लगाएको खुलेको छ। उनीहरु नेगेटिभ पीसीआर रिपोर्ट लिएर नेपाल आएका थिए। तर नेपालमा गरिएको परीक्षणमा उक्त भेरियन्ट भेटिएको हो। नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि स्वास्थ्य… पुरा पढौ

प्रेस सेन्टर नेपालका अध्यक्षमा विष्णु सापकोटा,केन्द्रीय सदस्यमा बागलुङबाट राजभण्डारी र कँडेल चयन

प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले विष्णु सापकोटा ‘जुगल’को नेतृत्वमा एक सय ९१ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको छ । चितवनको भरतपुरमा शनिबारबाट जारी  महाधिवेशनले सापकोटाको नेतृत्वमा कार्यसमिति सदस्य चयन गरेको हो ।  सेन्टरको बाँकी पदाधिकारी भने अब बस्ने केन्द्रीय समिति बैठकले चयन गर्नेछ । सेन्टरमा अध्यक्षसहित ३९ पदाधिकारीको व्यवस्था छ भने कार्यसमिति सदस्य एक सय ९९ रहने व्यवस्था छ । केन्द्रीय समिति बैठक अर्को साता बस्ने तय भएको छ । उक्त बैठकले सेन्टरको पदाधिकारीका साथै कार्यसमितिका ८ जना सदस्य पनि… पुरा पढौ

एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमति विना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै अध्यक्ष प्रचण्डले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको बताएका हुन् । उनले राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था पनि नरहेको बताए… पुरा पढौ

जापानमा मंगलबारदेखि नयाँ आगन्तुकहरूलाई एक महिना प्रतिबन्ध, पुन: प्रवेश (रि-इनट्री )लाई भने प्रवेश अनुमति दिइने

नामिबियाबाट आइतबार नारिता विमानस्थलमा आइपुगेको एक व्यक्तिमा कोरोनाभाइरसको परीक्षणका क्रममा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको पोज़ेटिभ देखाएपछि जापानले मंगलबारदेखि नयाँ आगन्तुकहरूलाई एक महिना प्रतिबन्ध लगाउने भएको छ । तर जापानमा पुन: प्रवेश (रि-इंट्री )गर्ने विदेशी बासिन्दाहरूलाई भने यो प्रतिबन्धले असर नगर्ने भएको छ । सरकारले ओमिक्रोन भेरियन्टलाई आन्तरिक रूपमा फैलिनबाट रोक्नको लागि मंगलबार रातीदेखि लागू हुने गरी सबै आगमन विदेशी यात्रुहरूलाई एक महिनाको लागि प्रतिबन्ध लगाउने सोमबार घोषणा गरेको छ। यो प्रतिबन्धले सबै नयाँ आगन्तुकहरू, व्यवसायीहरू, विद्यार्थीहरू र प्राविधिक इन्टर्नहरूको लागि… पुरा पढौ