प्रमुख समाचार

हङकङदेखि नेपालसम्म – सफल व्यवसायी, एनआरएन अभियन्ता त्रिलोक गुरुङ

हङकङमा मात्रै नभई संसारभर छरिएर बसेका नेपाली  माझ  त्रिलोक गुरुङका नामले चिनिन्छन् यमकुमार गुरुङ । लमजुङको एउटा विकट गाउँसँग मात्रै होइन, नेपालसँगै मनमुटु जोडिएका गुरुङका बुवा हङकङमा कार्यरत रहँदा उनी त्यहीं जन्मेका थिए । गुरुङ परिवारमा जन्मेका उनका बुवा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । हङकङमा  जन्मे पनि उनका बुवाले उनलाई  मलेसियाको एउटा  किन्डरगार्डेनमा भर्ना गरि दिएका थिए । राजा महेन्द्र बितेकै वर्ष सन् १९७२ मा उनी बुवा, आमासँगै लमजुङको गाउँ कल्याङमै फर्के । त्यतिबेला उनी सानै थिए । त्यसपछि उनको… पुरा पढौ

जापानी भूमिको त्यो दु:खदायी मृत्यु

विस्मा रत्ननायकेले आफू बच्चा हुँदा नै टेलिभिजन ड्रामाको एउटा पात्र ओसिनबाट प्रभावित भएकी थिइन् । जो गरिबीबाट हुर्किएकी एउटी केटी सुपर मार्केट चेनको प्रमुख भएकी थिइन् । नायिका बन्ने उनको चाहना र इच्छालाई बाबुले पनि साथ दिईरहे । यही साथले कोलम्बोभन्दा उत्तर पश्चिमको सानो गाउँ गाम्पालबाट जापान जाने रहरका साथ उनले जापानी भाषा सिकेकी हुन् । जब उनका बाबुको निधन भयो, आमालाई कुनै दु:ख नहुने र अङ्ग्रेजी भाषा सिकेर पैसा कमाएर पाल्न सक्ने कुरामा विश्वस्त तुल्याएकी थिइन् । २०१७ मा… पुरा पढौ

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू खुसीयाली मनाउन प्रतिबन्ध

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाका पूर्वशासक किम जोङ–इलको १०औं पुण्यतिथिको अवसर पारेर देशमा जनतालाई ११ दिनसम्म हाँस्न प्रतिबन्ध लगाइएको हो । रेडियो फ्री एसियाले दिएको खबरअनुसार, पुण्यतिथिको बेलामा यस्तो प्रतिबन्ध पहिले पनि लगाइने गरेको थियो तर, अहिले एक दशक पुगेको अवसरमा प्रतिबन्धलाई केही दिन बढी लम्ब्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शोक मनाइने यस घडीमा उत्तर कोरियालीहरूलाई रक्सी पिउन पनि मनाही गरिएको छ । देशको उत्तरपूर्वी शहर सिनुइजुका… पुरा पढौ

एमसीसी सम्झौताः अनुमोदन गर्न थप समय, नेपाले जनाएको ‘प्रतिबद्धता’ बारे के भन्छ अमेरिका

अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ।  वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख गरिएको छ।  एमसीसी सम्झौताको विरोधमा नेपालमा विभिन्न समूहहरूले प्रदर्शन गरिरहेको बेला अमेरिकी निकायको चौमासिक बैठकमा नेपालसँगको कम्प्याक्ट भनिने सम्झौता छलफलको विषय बनेको थियो।  यसै साता सुरु भएको संसद्को अधिवेशनमा सरकारले उक्त सम्झौतालाई अघि बढाउने विवरणहरू… पुरा पढौ

पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ

झापा- मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी… पुरा पढौ

सेन्ट्रल जोनको पदक जित्ने लक्ष्यमा पुरुष भलिबल टोली, कस्तो छ तयारी?

नेपालको भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपका लागि तयारी थालेका छन् । पुरुष र महिला दुवै टोलीले तयारी थालेका हुन् । नेपाल भलिबल संघले दुवै टोलीको घोषणासमेत गरिसकेको छ ।  २१ देखि २९ डिसेम्बरसम्म बंगलादेशको ढाकामा हुने यो प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली भाग लिँदै छन् । महिला टोली पुरानो साख जोगाउने प्रयासमा छ । पुरुष टोली भने नयाँ इतिहास रच्ने र राम्रो नतिजा निकाल्ने सोचमा हुनेछ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै पनि ठूला… पुरा पढौ

देउवालाई बधाई दिँदै पौडेलले भने- एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्न सुझाव दिएका छन् । बुधबार विज्ञप्ति जारी गरी पौडेलले सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो रहेको बताए । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा उल्लेख छ । उनले ६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले अध्यक्ष ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही… पुरा पढौ

चरम गरिबीमा हुर्किएका स्टारहरूको कथा

काठमाडौँ– संसारमा दुख, कष्ट, मेहनत र परिश्रमबाट सफलताको चुचुरोमा पुगेका धेरै स्टार छन् । खेलकुदको मान्यता नै हो कि, संसारका सम्भ्रान्त देशका खेलाडी पनि सुखमा हुर्किएको कारण होइन, दुख झेल्ने हिम्मत गरेका कारण स्टार भएका छन् । संसारकै सम्पन्न  खेलकुदमा राज गरिरहेको अमेरिकाको हकमा यसै वर्ष दुई आप्रवासी खेलाडीले महत्त्वपूर्ण सफलता दिलाए । सुडानी आप्रवासी बाबुआमाकी छोरी  एथिङ मुलाई त अबको विश्व खेलकुदको नयाँ नायिकाका रूपमा वर्णन गर्न थालिएको छ । गत ओलम्पिकमा ८ सय मिटर र चार गुणा ४… पुरा पढौ

नेपाली कांग्रेस महाधिवेशन: शेरबहादुर देउवा शीर्ष स्थानमा रहे पनि जितका लागि आवश्यक मत पाएनन्

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। पाँच उम्मेदवारामध्ये देउवा पहिलो स्थानमा रहे पनि निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन्। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बीबीसीसँग भने: "निर्वाचन दोस्रो चरणमा गयो। अब निर्वाचन समितिको बैठक बसेर दोस्रो चरण कहिले गर्ने निर्णय गर्छौँ।" मङ्गलवार बिहान ४ बजेबाट सुरु भएको मतगणनाको नतिजा अनुसार पाँच जना उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका… पुरा पढौ

एमालेको संसद् अवरोध संविधानसम्मत् छैन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले एमालेले गरिरहेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताएका छन् । आफूले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको सापकोटाले बताए । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै उनले भोलि (मंगलबार) सुरू हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने पनि बताए। एमालेले संसद अवरोध गरेको प्रसंगमा सापकोटाले भने,‘उहाँहरूले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानुन अनुसार छैन। नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् ।… पुरा पढौ