जापानमा भएको संसदको तल्लो सदन प्रतिनिधि सभाको आमनिर्वाचन २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले प्रतिनिधि सभाको २६१ सिटको ल्याइ “सुविधाजनक बहुमत” को लागि जनमत प्राप्त गरेको लाई पार गर्यो।
४ सय ६५ सिटका लागि भएको निर्वाचनमा एलडिपी एक्लैले २४४ सिटमा जित हासिल गरेको छ। उसले प्रतिनिधि सभामा सबै १७ स्थायी समितिको अध्यक्षता गर्ने गरि मत प्राप्त गर्दै २६४ सिटसहित “सुविधाजनक बहुमत” ल्याऊदै आफ्नो वर्तमान फुमीयो किशिदा नेतृत्वको सरकारलाई निरन्तरता दिन पाउने म्यानडेड प्राप्त गरेको छ ।
निर्वाचनको अन्तिम नतिजा अनुसार एकल सिटतर्फ कन्सिच्युसनल डेमोक्रेटिक पार्टीले ९६, कोमेइतोले ३२, कम्युनिस्ट पार्टीले १०, निप्पोन इसिन नो काई (जापान इनोभेसन पार्टी)ले ४१, डेमोक्रेटिक पार्टी फर द पिपुलले ११, रेइवा शिनसेनगुमीले ३, सोसल डेमोक्रेटिक पार्टीले १ र स्वतन्त्रले १० सिटमा आफ्नो जित हासिल गरेको निर्वाचन परिणामले देखाएको छ ।
समानुपातिक तर्फको १ सय ७६ सिटमा एलडिपीले ७२ सिट ल्याएको छ जबकि २०१७ मा ६६ मात्र थियो । कन्सिच्युसनल डेमोक्रेटिक पार्टीले ३९, कोमेइतोले २३, कम्युनिस्ट पार्टीले ९ सीट ल्याउदा विगतमा भंदा २ सिट गुमाएको छ । निप्पोन इसिन नो काई (जापान इनोभेसन पार्टी)ले २५, सोसल डेमोक्रेटिक पार्टीले ५ र रेइवा शिनसेनगुमीले ३ सिट ल्याउन सफल भएका छन ।
म यहि प्रशासनलाई निरन्तरता दिन चाहन्छु- किशिदा
बहुमत प्राप्त गरेको परिणाम सार्वजनिक भएसंगै प्रधानमन्त्री किशिदाले आइतबार मध्यरातमा लिबरल डेमोक्र्याटिक पार्टीको मुख्यालयबाट निस्कदै गर्दा पत्रकारसँग भने, “सत्तारुढ दलले बहुमत ल्याएकोमा र निर्वाचनका लागि भएको निर्वाचनमा विश्वास प्राप्त गरेकोमा म धेरै आभारी छु। म यहि प्रशासनलाई निरन्तरता दिन चाहन्छु ।”
लिबरल डेमोक्र्याटिक पार्टीका महासचिव अकिरा अमरीले आफ्नो निर्वाचन क्षेत्रबाट हार्ने प्रक्षेपण गरेपछि उनले दिएको राजिनामाका सन्दर्भमा सोधिएको एक प्रश्नमा प्रधानमन्त्री किशिदाले ‘आइ विल जज’ मात्र भनेका छन । प्रधानमन्त्री किशिदाले गत महिना महासचिवमा नियुक्त गरेका अमरीले आइतबार पत्रकारहरूलाई भनेका थिए, “महासचिव चुनावका लागि जिम्मेवार व्यक्ति हो।”
एलडिपीले सन् २०१२ को अन्त्यमा सत्तामा फर्किएदेखि अर्को सानो पार्टी कोमेंइतोसँगको गठबन्धनमा शासन गर्दै आइरहेको र अब फेरि चार वर्षपनि आफ्नो शासनलाई किशिदाको नेतृत्वमा निरन्तरता दिने भएको छ।
२०२१ को अक्टोबर ४ मा प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको एक महिनाभन्दा कम समयभित्रै निर्वाचन गर्न आह्वान गरेका थिए। उनका पूर्ववर्ती योशिहिदे सुगाले पार्टी नेतृत्वको दौडमा नउठ्ने निर्णय गरेपछि एलडीपीको अध्यक्षमा निर्वाचित भएपछि उनी पदमा आएका हुन।
सत्तारूढ़ दल भर्सेस पाँच दलको गठबन्धन
यो निर्वाचन नयाँ किशिदा प्रशासन, साथै प्रधानमन्त्री शिन्जो आबे र सुगाको अघिल्लो प्रशासनको सार्वजनिक अनुमोदनको कठिन परीक्षाको रूपमा हेरिएको थियो। आइतबार सम्पन्न निर्वाचन सत्तारुढ दल एलडीपी, यसको गठबन्धन साझेदार कोमेंइतो र विपक्षी पाँच दलहरूबिच लडिएको राजनीतिक लड़ाई रहेको थियो। भने निप्पोन इसिन नो काई (जापान इनोभेसन पार्टी), जसले तेस्रो आफ्नो शक्ति निर्माण गर्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएको थियो ।
सत्तारूढ़ दलसँग सामान गर्न जापानको प्रमुख विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टी सहित पाँच विपक्षी दलहरूले र्न २ सय ८९ एकल सिट क्षेत्रहरू मध्ये २ सय १३ सिटमा आफ्ना उम्मेदवारलाई एकीकृत रूपमा प्रस्तुत गरेको थियो ।
चुनावी मुद्दाका रूपमा प्रधानमन्त्री किशिदाले “नयाँ पुँजीवाद” नीतिका फाइदा र बेफाइदाहरू राखेको थिए, साथै सरकारको कोरोनाभाइरस नियंत्रणको उपायहरू र जापानी अर्थतन्त्रको पुन: प्राप्तिको लागि कदमहरूलाई मुख्य बनाईएका थिए ।
संसदको तल्लो सदनका सांसद संख्या ४६५ सिटका लागि निर्वाचनमा कुल १,०५१ उम्मेदवारले आफ्नो दाबी प्रस्तुत गरेका थिए, जसमा एकल सिटमा ८५७ र समानुपातिक प्रतिनिधित्व समूहमा १९४ जनाले (एकल सिटका निर्वाचन क्षेत्र बाहेक) प्रतिस्पर्धा गरेका थिए ।
२ सय ८९ एकल सिटको मध्य लगभग ४० प्रतिशत क्षेत्रहरूमा सत्ताधारी र प्रतिपक्ष उम्मेदवारहरू बीच कडा प्रतिस्पर्धा भएको जापानी मिडियाहरुले गरेको निर्वाचन पोलको सर्वेक्षणले देखाएका थिए।
NHK का अनुसार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी अनुमानित ५५.९३ प्रतिशत मत खसेको अपेक्षा गरिएको छ।जसमा २ करोड ५ लाख ८४ हजार ८ सय ४७ जनाले मतदान गरेका थिए। पछिल्लो पटक, २०१७ को प्रतिनिधि सभाको चुनावको अन्तिम मतदान ५३.६८ प्रतिशत थियो, जुन युद्ध पछि दोस्रो सबैभन्दा कम मत खसेको थियो।
देशभर कूल ४६ हजार ४६६ मतदान केन्द्रहरूमा देशभर आइतबार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मतदान भएको थियो ।