राष्ट्रिय समाचार

आफूले यस कार्यकालमा उत्कृष्ट कार्यसम्पादन गरेकोले आगामी कार्यकाल दोहोर्याउन लागेको एनआरएनए थाइल्याण्डका अध्यक्ष बस्नेतको दाबी

गैर आवासीय नेपाली संघ थाइल्याण्डको आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान अध्यक्ष भविन्द्र बस्नेतले नै आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । २०२१-२०२३ कार्यकालमा एनआरएनए थाइल्याण्डले आफ्नो नेतृत्वमा ऐतिहासिक कार्यसम्पादन गरेर नेपाली समुदायको मन जित्न सफल भएकोले थाइल्यान्डबासी नेपाली दाजुभाइ दिदीबहिनीको आग्रहलाई स्वीकार गर्दै आफूले पुन कार्यकाल दोहोर्याउन लागेको संघका अध्यक्ष बस्नेतले बताए ।“एनआरएनएको क्षेत्रीय सम्मेलन मिलाप जस्तो ऐतिहासिक कार्यक्रम एनआरएनए थाइल्याण्ड होस्ट भएर गर्नु आँफैमा चुनौतीपूर्ण थियो ।”आगामी कार्यकालको लागि अध्यक्ष पदका प्रत्यासी समेत रहेका वर्तमान अध्यक्ष… पुरा पढौ

तात्यो जापानमा एनआरएनएको चुनावी सरगर्मी, वर्तमान कार्यसमितिका चार जना उपाध्यक्ष नै अध्यक्षको दौडमा

विगतको भन्दा निकै ढिलो गरेर एनआरएनए जापानले जुलाई १४ तारिक घोषणा गरिएको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसंगै जापानमा एनआरएनएको निर्वाचनको माहोल एकाएक तातिएको छ ।गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाई ३० मा हुने कार्यतालिका तय भएसँगै नेतृत्वका आकाङ्क्षीहरूले उम्मेद्बारी घोषणाका साथमा दौडधुप सुरु गरेका छन ।अधिवेशनका लागि सार्वजनिक कार्यतालिका प्रकाशन अघि नै नयाँ नेतृत्वको लागि चर्चा सुरु भएको हो । नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरे, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी… पुरा पढौ

जापानमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका कंडेल र खरेलको शुक्रबार जापानमै अन्त्येष्टि गरिने

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्‍यु भएका दुईजना नेपालीको शुक्रवार अर्थात् जुलाई २१ तारिक जापानमै अन्त्येष्टि गरिने भएको छ ।मंगलबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका कुक भिषामा कार्यरत बागलुङ जिल्ला काठेखोला गाउपालिका वार्ड नम्बर ५ बिहु सिरपाली २६ वर्षीय कृष्ण कंडेल र डिपेण्डेंट भिषामा रहेका पुरानो घर गुल्मीको ददल्का भै हाल चितवनको यज्ञपुरी दुर्गाचोक का २२ वर्षीय प्रितम खरेलको शुक्रवार यामागुची केनको इवाकुनी इमाजुमाची १-२-१५ मा (1 Chome-2-15 Imazumachi, Iwakuni,… पुरा पढौ

एनआरएनए जापानको कोष अभिवृद्धिसंगै आर्थिक पारदर्शिताका लागि तामाङले दिए कोषाध्यक्षमा उम्मेदवारी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमितिका सदस्य कर्साङ तामाङले उम्मेद्बारी दिएका छन ।एनआरएनए जापानको कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी संघको कोष अभिवृद्धिको मुख्य एजेण्डा बनाएर आर्थिक पारदर्शितासहित कार्य गर्नका लागि समाजिक संजालमार्फत तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।‘कोषको सहि व्यवस्थापन र पारदर्शी परिचालनले नै संस्थाप्रति जनविश्वास बढाउछ ।’ कोषाध्यक्ष पदका प्रत्यासी तामाङले भने-“ व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित व्यवस्थापन गर्ने… पुरा पढौ

विमानस्थलबाट बरामद सुन झण्डै १०० किलो, तीन पक्राउ

काठमाडौँ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट झण्डै १०० किलो सुन बरामद गरेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको हो । हङकङबाट ल्याइएको अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे ।  हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो । सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो । यो अपरेसन बुधबार बिहान ११… पुरा पढौ

सर्वाधिक बलियो पासपोर्ट सिंगापुरको, जापान तेस्रो झर्‍यो, नेपाल सोमालियाभन्दा एक स्थान माथि

सिंगापुरको पासपोर्ट विश्वको सर्वाधिक बलियो पासपोर्ट बनेको छ। अर्थात सिंगापुरका नागरिक भिजाबिना नै (अन एराइभल भिजा) १९२ देशमा यात्रा गर्न सक्नेछन्। पासपोर्ट वरीयता सार्वजानिक गर्ने अर्गनाइजेसशन ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले जारी गरेको वरीयतामा नेपाल ९८ औँ स्थानमा रहेको छ। नेपाली पासपोर्ट अनएराइभल भिसाका आधारमा १०३ मुलुकमध्ये ९८ औँ स्थानमा रहेको हो। नेपालभन्दा पछि अधिकांश द्वन्द्वग्रस्त मुलुकहरु मात्र रहेका छन्। नेपालका नागरिक भिजाबिना नै ३८ राष्ट्रमा जान पाउने गरेको छ। यो सूचीमा सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ। अफगानिस्तान १०३ औँ नम्बरमा… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान र कर्मचारीतन्त्र माथिको डण्डा प्रहार

निजामती सेवा आत्मघाती साबित हुँदै गएको आभास हुदैछ!! मन्त्रीपरिषदका निर्णय, अदालतका आदेश तथा माथिका निर्देशनको अध्ययन गर्ने, अभिलेख राख्ने र ती निर्णय तथा आदेश कार्यान्वयनकोलागी सम्बन्धित कानूनी र प्राबिधिक ब्यहोरा उल्लेख गरि आबश्यक निर्णय र निर्देशनको लागि टिप्पणी पेश गर्नु कर्मचारीको नियमित दायित्वभित्र पर्ने कुरा हो ।सरकारका निर्णय र अदालतका आदेशलाइ कार्यान्वनमा नलगी फाइल दराजमा थन्काएर राख्ने कुरा एउटा कर्तब्यनिष्ठ कर्मचारीले सोच्न पनि सक्दैन, र यस्तो कार्य पद्धतिलाइ प्रशासनको कुनैपनि सिद्धान्त र मूल्यमान्यताले चिन्दैन पनि । मन्त्रीपरिषदबाट निर्णय भइ विभिन्न… पुरा पढौ

जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु हुनेमा बागलुङ बिहुका कृष्ण कंडेल र चितवनका प्रितम खरेल रहेको पुष्टि

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्‍यु हुने दुईजना नेपालीको पहिचान खुलेको छ ।मंगलबार दिउँसो ४:३० बजे नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु हुनेमा कुक भिषामा कार्यरत बागलुङ जिल्ला काठेखोला गाउपालिका वार्ड नम्बर ५ बिहु सिरपाली २६ वर्षीय कृष्ण कंडेल र डिपेण्डेंट भिषामा रहेका पुरानो घर गुल्मीको ददल्का भै हाल चितवनको यज्ञपुरीका २२ वर्षीय प्रितम खरेल रहेको बिमल न्यौपानेले जानकारी दिए ।न्यौपानेका अनुसार मृतकहरू दिउसो क्यूके( रेष्ट टाइम) को समयमा अन्य दुईजना साथीसंग चारजना… पुरा पढौ

एनआरएनएका हरेक कार्यक्रम र कार्यहरु पट्टयार लाग्दा नबनाउने बाचासहित आचार्यले घोषणा गरे एनआरएनए जापानको सचिव पदमा उम्मेद्बारी 

सकारात्मक सोचसहित सञ्चारकर्मदेखि समाजसेवामा लागेका बागलुङका सचिन आचार्यले एनआरएनए जापानको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेद्बारी घोषणा गरेका छन ।लामो समयदेखि पत्रकारितामा सक्रिय सचिव पदका प्रत्यासी आचार्य हाल एनआरएनए जापानको केन्द्रीय सदस्यमा रहेर काम गरिरहेका छन ।सञ्चारकर्मसंगै सामाजिक सेवामा क्रियाशील आचार्य बागलुङ समाज जापानका महासचिव समेत हुन ।विद्यार्थी भीषामा जापान आइ हाल कम्पनीमा कार्यरत उनले एक लक्ष्य एक साथ सामूहिकतामा सबको साथ भन्ने मान्यताका साथ सचिब पदमा रहेर ज़िम्मेवारी पुरा गर्न आफू सक्षम रहेकोले उम्मेद्बारी दिएको बताए ।“संस्थामा पारदर्शिता र… पुरा पढौ

जापानको नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुईजनाको नेपालीको मृत्यु भएको छ । मंगलबार दिउँसो ४:३० बजे नदीमा पौडी खेल्ने क्रममा अन्दाजी २० वर्ष उमेर समूहका दुई नेपालीलाई खोलाले बगाएको थियो । बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो। प्रहरी र दमकल विभागका अनुसार मंगलबार साँझ ४ः३० बजे इवाकुनी शहरको इमाजु नदीमा पौडी खेलिरहेका एक नेपालीले ‘दुई जना बेपत्ता भएको’ भन्दै दमकललाई फोनमार्फत खबर गरेपछि अग्निनियन्त्रकहरू घटनास्थलमा… पुरा पढौ