एनआरएनए जापान सुधारको मुख्य एजेण्डासहित आगामी कार्यकाल हाँक्न महासचिव पदमा भिड्दै श्यामशीतल र कमल बास्तोला

-


     जनहित न्युज    
     श्रावण ७ गते २०८०


एनआरएनए जापानको निर्वाचनमा चासोको साथ हेरिएको महासचिब पदमा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन ।

निर्वाचनको मिति नजिकिदा पनि उक्त पदमा कसैको उम्मेदवारी घोषणा नभई रहेको परिपेक्क्षमा एनआरएनए जापानलाई सबैको साझा बनाउने एजेण्डाका साथ शनिबार वर्तमान कार्यसमितिका सचिव श्यामकुमार श्रेष्ठ’ श्याम शितल’ ले र र एनआरएनएलाई आधुनिकीकरण गर्ने एजेण्डासहित आइतबार सदस्य कमल बास्तोलाले सामाजिक संजालमार्फ़त एनआरएनए जापानको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

“अहिले NRNA जापान भित्र चिरा परेका मनहरुलाई मिलाउन कै लागि भए पनि मैले संस्थामा आबद्द भै संस्थालाई सबैको अपनत्व हुने महसुस गराउनु पर्ने बिचार संगै आगामी २०२३-२०२५ कार्यकालको लागी महासचिब पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेको छु ।” सामाजिक संजालमा उम्मेदवारी घोषणा महासचिब पदका प्रत्यासी श्यामकुमार श्रेष्ठ’ श्याम शितल’ ले उल्लेख गरेका छन- ‘संस्था आँफैमा गलत पक्कै होईन संस्था भित्र भएका केहि गलत ब्यक्तिहरुले नै संस्थालाई गलत बताएका हुन भन्ने महसुश भएको छ ।’
त्यस्तै अर्का प्रत्यासी बास्तोलाले सामाजिक सन्जालमार्फत उम्मेदवारी घोषणा गर्दै धेरै सोचेर आत्मैदेखि सम्झेर अनि वास्तव मै भोगेर एनआरएनएको आधुनीकिकरणका निमित्त म आफै महासचिव पदमा आउनु पर्ने महशुस गरेको उल्लेख गर्दै गरेका छन ।

“आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई आधुनिकिकरणको बाटोमा अघि बढ़ाई सामान्य भन्दा सामान्य व्यक्तिले पनि एनआरएनए जापान लाई हेर्ने दृष्टिकोणमा फ़रकपन ल्याउनु नै मेरो मुख्य उद्देश्य रहने छ ।” प्रत्यासी बास्तोलाले भने- ‘एनआरएनए जापानमा रकमवाला र पावरको शियरिंगको कथनलाई मेरो उम्मेदवारी र कार्यकालले परास्त गरि छाडने दृढ़ बिस्वास म मा रहेकोछ।’

संघको सुधारका लागि चालिएको अभियानलाई निरन्तरता दिनका लागि उम्मेदवारी दिने घोषणा गरेकोले आफूलाई जापानबासी एनआरएनएका पञ्जीकृत सदस्यले मतदान गर्नेमा श्याम शीतल विश्वस्त रहेको बताउछन ।

महासचिवका प्रतिस्पर्धी बास्टोलाले संस्थाको बिधि, बिधान र जापानको कानुनमा टेकेर यहा रहेका हरेक नेपालीहरुले बिश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन आफू लागि पर्नका लागि महासचिवको पदमा आउन लागेकोले अर्का आगमी दिनमा संस्थालाई चुस्त,दुरुस्त, पारदर्शिता र जवाफदेहिता बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे।
एनआरएनए जापानलाई सबैले भरोसा गर्न योग्य र जापानबासी नेपालीको अभिभावकीय संस्थाको रुपमा बिकास गर्न आफ्नो क्षमता प्रदर्शन गर्ने विश्वास बास्तोलाले व्यक्त गरेका छन ।
जातीय भेगीय राजनीतिक धार भन्दामाथि दुखमा पनि सुखमा पनि एनआरएनए मेरो साथी भन्ने मान्यता राखेका श्याम शीतल धादिङका हुन भने एनआरएनए जापानको आधुनिकीकरण मेरो उम्मेदवारीको पहिलो कारण भन्ने मान्यता चुनावमा होमिएका बास्तोला कास्की पोखराका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?