गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदमा दिपेश केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन।
३० जुलाईमा हुने ११ औ राष्ट्रिय महाधिवेशनमा केसीले आफूले एनआरएनए जापानका लागि संस्थागत सुधारमा सहयोग पुर्याउन स्पष्ट कार्ययोजना रहेकोले उम्मेदवारी दिएको बताएका हुन ।
बगालुङको गलकोट घर भएका केसी जापानमा रहेर नेपाली समुदायको लागि एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको संयोजकसहित विभिन्न संघ संस्थामा रहेर उल्लेखनीय सहयोग गर्दै आइरहेका छन।एनआरएनएको अभियानमा क्रममा उनी २०१७-२०१९ एनआरएनए कान्तो सह-सचिब, २०१९-२०२१ एनआरएनए कान्तो उप-संयोजक, २०२१-२०२३ कान्तो एनआरएनए संयोजक) भै सकेका छन ।
युवाहरूको माझ निकै लोकप्रिय उनले हरेक दिन नेपाली समुदायको लागि सेवा गर्दै आइरहेका छन । लामो समयदेखि जापानमा रहेर व्यावसाय गर्दै आएका सचिव पदका प्रत्यासी केसी युवाहरूको माझमा लोकप्रिय छन।
मेरो चाहना, सरल, सबल र परिष्कृत एनआरएनए जापान बनाउन आफू लागि पर्ने बताउदै सचिव पदका प्रत्यासी केसी परिणाम उन्मुख कार्ययोजना, युवा सहभागितासंगै सस्कृति बोकर हृदयमा देश मुटु मुटुमा नेपालको आकृति भन्ने मान्यतालाई बोकर एनआरएनएको अभियानमा क्रियाशील रहनको लागि आफूले सचिव पदमा जित्नुपर्ने दाबी छ ।