सर्वाधिक बलियो पासपोर्ट सिंगापुरको, जापान तेस्रो झर्‍यो, नेपाल सोमालियाभन्दा एक स्थान माथि

-


     जनहित न्युज    
     श्रावण ३ गते २०८०


सिंगापुरको पासपोर्ट विश्वको सर्वाधिक बलियो पासपोर्ट बनेको छ। अर्थात सिंगापुरका नागरिक भिजाबिना नै (अन एराइभल भिजा) १९२ देशमा यात्रा गर्न सक्नेछन्।

पासपोर्ट वरीयता सार्वजानिक गर्ने अर्गनाइजेसशन ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले जारी गरेको वरीयतामा नेपाल ९८ औँ स्थानमा रहेको छ।

नेपाली पासपोर्ट अनएराइभल भिसाका आधारमा १०३ मुलुकमध्ये ९८ औँ स्थानमा रहेको हो। नेपालभन्दा पछि अधिकांश द्वन्द्वग्रस्त मुलुकहरु मात्र रहेका छन्।

नेपालका नागरिक भिजाबिना नै ३८ राष्ट्रमा जान पाउने गरेको छ। यो सूचीमा सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ। अफगानिस्तान १०३ औँ नम्बरमा रहेको छ।

छिमेकी राष्ट्र भारत ८० औँ नम्बरमा रहेको छ। भारतीय नागरिक ५७ देशमा भिजाबिना नै जाने गरेका छन्। त्यस्तै, पाकिस्तान १००औँ स्थानमा रहँदा उसका नागरिक ३३ देशमा अन एराइभल भिजामा जान सक्नेछन्।

जापान तेस्रो नम्बरमा झर्‍यो


दक्षिण कोरिया, अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, लक्जेम्बर्ग र स्विडेनको पनि पासपोर्ट तेस्रो नम्बरमा रहेको छ। वरियतामा अमेरिकाको पासपोर्ट आठौं नम्बरमा रहँदा ब्रिटेनको पासपोर्ट चौथो स्थानमा रहेको छ।

दक्षिण कोरिया, अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, लक्जेम्बर्ग र स्विडेनको पनि पासपोर्ट तेस्रो नम्बरमा रहेको छ। वरियतामा अमेरिकाको पासपोर्ट आठौं नम्बरमा रहँदा ब्रिटेनको पासपोर्ट चौथो स्थानमा रहेको छ।

कसरी तय गरिन्छ पासपोर्टको वरियता?


वर्षमा दुई पटक पासपोर्टको वरीयता सार्वजानिक गर्ने गरिएको छ। पहिलो पटक जनवरी र दोस्रो पटक जुलाईमा इन्डेक्स जारी गरिन्छ।

हेन्ली पास्पोर्ट भिजा इन्डेक्सको वेबसाइटका अनुसार वर्षभरि रियल टाइम डेटा अपडेट गरिन्छ। भिजा पोलेसीमा हुने परिवर्तनहरुको ख्याल गरिन्छ। डेटाहरु इन्टरनेशनल ट्रान्सपोर्ट एसोसिएसन (आईएटिए)बाट लिने गरिन्छ।

वरियताका आधारमा कुन देशका नागरिक सबैभन्दा बढी देशमा उक्त देशलाई पूर्व जानकारी नगराइ अर्थात पहिले नै पासपोर्टमा छाप नहानी (अनएराइभल) यात्रा गर्छन् त्यसका आधारमा वरीयता निर्धारण गरिन्छ। जहाँ पहिले नै भिजा लिन जरुरी हुँदैन।

बलियो पासपोर्ट भएका देशः

सिंगापुर–१ (१९२ देश अनएराइभल)

जर्मनी, इटाली र स्पेन – २ (१९० देश अनएराइभल)

जापान, दक्षिण कोरिया, अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स लक्जेम्बर्ग र स्विडेन– ३ (१८९ देश अन एराइभल)

ब्रिटेन, नेदरल्यान्ड्स, डेनमार्क, आयरल्यान्ड–४ (१८८ देश अनएराइभल)

बेल्जियम, चेकरिपबल्लिक, माल्टा, न्यूजिल्यान्ड, नर्वे, पोर्चुगल, स्वीट्जरल्यान्ड– ५ (१८७ देश अनएराइभल)

अस्ट्रेलिया, हंगेरी, पोल्यान्ड–६ (१८६ देश अन एराइभल)

क्यानडा, ग्रिस – ७ (१८५ देश अन एराइभल)

अमेरिका, लिथुआनिया–८ (१८४ देश अनएराइभल)

नेपालभन्दा पछि कुन–कुन देश?

सोमालिया, यमन–९९ (३५ देश अनएराइभल)
पाकिस्तान–१०० (३३ देश अनएराइभल)
सिरिया– १०१ (३० देश अन एराइभल)
इराक– १०२ (२९ देश अनएराइभल)
अफगानिस्तान–१०३ (२७ देश अनएराइभल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?