विमानस्थलबाट बरामद सुन झण्डै १०० किलो, तीन पक्राउ

-


     जनहित न्युज    
     श्रावण ३ गते २०८०


काठमाडौँ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट झण्डै १०० किलो सुन बरामद गरेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको हो । हङकङबाट ल्याइएको अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे । 

हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो । सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो । यो अपरेसन बुधबार बिहान ११ बजेतिरको हो । 

विभागका महानिर्देशक ढुङ्गानाले ८० देखि १०० किलो बराबरको सून बरामद भएको र थप अनुसन्धान जारी रहेको  बताए । उक्त सुन ओसारपसरासमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। तर उनीहरु तल्लोतहका रहेका बताइएको छ । ठूला तस्कर भने समातिएका छैनन् ।

हङ्कङबाट आएको सुन विमानस्थल पास भएर ट्याक्सीमा लैजान लागिएको अबस्थामा बरामद गरिएको हो । भोलि थप विवरणहरु खुल्ने जनाइएको छ । सूचना चाँडो चुहिंँदा मुख्य कारोबारी जोगिएका अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?