गैर आवासीय नेपाली संघ थाइल्याण्डको आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान अध्यक्ष भविन्द्र बस्नेतले नै आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन ।
२०२१-२०२३ कार्यकालमा एनआरएनए थाइल्याण्डले आफ्नो नेतृत्वमा ऐतिहासिक कार्यसम्पादन गरेर नेपाली समुदायको मन जित्न सफल भएकोले थाइल्यान्डबासी नेपाली दाजुभाइ दिदीबहिनीको आग्रहलाई स्वीकार गर्दै आफूले पुन कार्यकाल दोहोर्याउन लागेको संघका अध्यक्ष बस्नेतले बताए ।
“एनआरएनएको क्षेत्रीय सम्मेलन मिलाप जस्तो ऐतिहासिक कार्यक्रम एनआरएनए थाइल्याण्ड होस्ट भएर गर्नु आँफैमा चुनौतीपूर्ण थियो ।”आगामी कार्यकालको लागि अध्यक्ष पदका प्रत्यासी समेत रहेका वर्तमान अध्यक्ष वस्नेत भने- हामीले कुशलतापूर्वक वेल म्यानेज़मेण्टमा उक्त कार्यक्रम गरेर अन्य एनसीसीलाई उदाहरणीय रूप प्रस्तुत गरेका छौ ।
थाइल्याण्डका लागि नेपाली दुताबास र थाइल्याण्डमा रहेका सबै संस्थाहरुसँगको सहकार्यतामा सरलता र इमान्दारितापूर्वक थाइल्यान्डमा बसोबास गर्दै आएका पाचौं पुस्ताका पार गरेका नेपालीको नागरिकता र उनीहरूको अधिकार जस्तो संवेदनशील सरोकारको विषय नेपाल सरकार सामु पुराउने महत्वपूर्ण कार्य गरेकोले त्यसलाई टुङगोमा पुर्याउनका लागि समेत आगामी कार्यकालको नेतृत्वमा आफू अपरिहार्य भएको बस्नेतले बताए ।
“एनआरएनए थाइल्याण्डले बिशेष गरेर यस कार्यकालदेखि समाजिक काममा सहकार्यताको थालनीलाई प्रमुखताका साथ जोड़ दिएकोले त्यसको प्रणालीको विकास गराउनका लागि पनि आगामी कार्यकालका लागि मेरो नेतृत्व अझै आवश्यकता छ।” उनले भने- विश्वका अन्य देशका एनआरएनए एनसीसीको तुलनामा एनआरएनए थाइल्याण्डलाई तिब्र गतिमा अगाडि बढेको एनसीसी बनाएर मात्र मैले नेतृत्व हस्तान्तरण गर्ने छु ।
उनले आफू एनआरएनए थाइल्याण्डमा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको बताए । अध्यक्षका प्रत्याशी बस्नेतले ‘पद्धति प्रणालीको विकास र पारदर्शिता, समन्वयात्मक सहकार्यका लागि एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गत कार्यकालका अधुरा काम सम्पन्न गर्नेसहित थप नयाँ योजनासहित आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् ।