एनआरएनए जापानको कोष अभिवृद्धिसंगै आर्थिक पारदर्शिताका लागि तामाङले दिए कोषाध्यक्षमा उम्मेदवारी

-


     जनहित न्युज    
     श्रावण ४ गते २०८०


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमितिका सदस्य कर्साङ तामाङले उम्मेद्बारी दिएका छन ।
एनआरएनए जापानको कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी संघको कोष अभिवृद्धिको मुख्य एजेण्डा बनाएर आर्थिक पारदर्शितासहित कार्य गर्नका लागि समाजिक संजालमार्फत तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
‘कोषको सहि व्यवस्थापन र पारदर्शी परिचालनले नै संस्थाप्रति जनविश्वास बढाउछ ।’ कोषाध्यक्ष पदका प्रत्यासी तामाङले भने-“ व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित व्यवस्थापन गर्ने गरि प्रतिबद्धता सहित २०२३-२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेको हुँ ।”

आफनै व्यवसाय गरि जापानको टोकियोमा रहेका तामाङ एनआरएनएको अभियानमा लामो समयदेखि निरन्तर क्रियाशील रहदै आएका छन ।
विगत १० वर्षदेखि जापानमा रहेका विभिन्न संघ-संस्थाहरूमा आवद्द भएर सम्पूर्ण नेपाली तथा जापानिज समुदाय बिच हातमा हात र काँधमा काँध मिलाई हरेक नेपालीको दु:ख सुख सहभागी भएर सामाजिक काममा निरन्तर लागीरहेको सामाजिक संजालमा उम्मेद्बारी घोषणा गर्दै तामाङले उल्लेख गरेका छन ।

कोषाध्यक्ष पदका प्रत्यासी तामाङ एनआरएनए जापान २०२१-२०२३ कार्यकालमा केन्द्रीय सदस्य, नेपाल तामाङ समाज जापानको २०२२-२०२४ कार्यकालको केन्द्रीय अध्यक्ष, नेफिन जापानको २०२३-२०२५ कार्यकालमा संघीय परिषद सचिवलाय सदस्य र जनप्रगतिशील मञ्च जापानको २०२२-२०२४ कार्यकालमा केन्द्रीय सदस्य पदमा रहेर जापानबासी नेपाली समुदायहरू माझ निरन्तर जोडिएर सामाजिक काममा लागिरहेका छन ।
आफ्नो योग्यता क्षमताको आधारमा एनआरएनए जापानको कोषाध्यक्ष पदमा रही संस्थाको लेखाअभिलेखलाई व्यवस्थित गरि स्मार्ट प्रणालीका आधारमा पब्लिकमा सार्वजनिक गर्ने आफ्नो प्रतिबद्धतामा तामाङले उल्लेख गरेका छन ।

संस्थाको कोष अभिवृद्धि संगै आर्थिक पारदर्शिताका लागि तामाङले सामाजिक संजाल मार्फ़त उम्मेदवारी घोषणा गर्दै भनेका छन-कर्मभूमिमा मेरो पेसा गरी काम गरी बचेको सम्पूर्ण समय समाज सेवामै समर्पण गर्ने प्रतिबद्धता जाहेर गर्दै गैरआबसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३-२०२५ कार्यकालमा कोषाध्यक्षको उम्मेदवारी दिएको छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?