एनआरएनए जापानलाई विधि, विधान र नीतिको आधारमा संचालन गर्न सचिव पदमा अर्जुन बगालेको उम्मेदवारी

-


     जनहित न्युज    
     श्रावण ७ गते २०८०


एनआरएनए जापानको १२ ओटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमा संथागत रुपमा एकरुपता दिने योजनाका साथ अर्जुन थापा बगालेले सचिव पदमा उम्मेदवारी दिएका छन ।
“विधि, विधान र नीतिमा सबलीकरण, पारदर्शी एनआरएनएमा प्रबलीकरण” भन्ने मान्यताका साथ एनआरएनएको अभियानमा क्रियाशील रहि सामाजिक सेवालाई निरन्तरता दिनका लागि सचिव पदमा उम्मेदवारी दिएको थापा बगालेले बताए ।
१० बर्ष जापान आएका थापा यहाँको बसाई सँगै विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहेको आइरहेका छन ।
२०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिब, नेपाल फेस्टिवल फुकुओकाको सचिब, २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिब, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गरिरहेका थापा एनआरएनए जापानको आगामी कार्यकालको लागि बलियो दाबेदारको रूपमा प्रस्तुत भएका छन ।
क्युस्यु क्षेत्रीय समितिलाई सफल रूपमा नेतृत्व गरेका सचिव पदका प्रत्यासी थापाले आफ़नो अनुभवलाई केन्द्रीय समितिमा समेत उपयोग गरि संघलाई संस्थागत रूपमा संचालन गर्नका लागि भूमिका निर्वाह गर्न आफ़नो उम्मेदवारी आवश्यक रहेको बताए ।
हालसम्म एनआरएनए जापानको सचिब पदमा दिलिप कंडेल, ज्ञानु भट्ट, सचिन आचार्य, दिपेश केसी, मनोज श्रेष्ठ र महिला सचिवमा चन्द्रकुमारी अधिकारी केसीले उम्मेदवारी घोषणा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?