राष्ट्रिय समाचार

जापानले विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध सहज बनाउने, नया आगन्तुकलाई क्वारेन्टाइन अवधि हटाइनसक्ने

जापानले कारोना भाइरसका कारण विदेशी नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्ध पर्यटकबाहेकका लागि मार्चदेखि आंशिक रूपमा खुलाउने भएको छ । विदेशबाट नयाँ प्रवेश गर्नेहरूको संख्यामा आफ्नो सीमालाई सहज बनाउदै आगामी महिनादेखि दैनिक ५००० सम्म पुर्याउने योजना बनाइरहेको छ ।गत वर्षको अन्त्यसम्ममा जापानमा अध्ययन गर्न आउनका लागि भिसा भएका करिब १,५०,००० विदेशी विद्यार्थीहरू कोभिड-१९ को नियन्त्रणका लागि जापानले कडा सिमा सुरक्षा अपनाइएका कारण प्रवेश गर्न असमर्थ रहेको र व्यावसायिक प्रयोजनका काममा असर परेको लगायतका कारणले स्वास्थ्य मापदण्डको उपाय अपनाऊदै सीमा नियन्त्रणलाई सहज बनाउन… पुरा पढौ

बागलुङ कांग्रेसको चुनावी अभियानको नारा ‘जनतासँग नेपाली काँग्रेस’

नेपाली काँग्रेस बागलुङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका दश वटै स्थानीय तहका प्रत्येक गाउँ, वडा र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको हो । सोमबार जिल्लाको गलकोट हटियामा बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने काँग्रेस बागलुङका सभापती जित शेरचनले बताए । ‘काँग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीत भएर अभियान संचालन गरेको छ… पुरा पढौ

एनआरएनए जापान विवाद: एनसीसी जापान भंग नभएको र शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको आइसीसी अध्यक्ष पन्तद्वारा स्पष्ट(पत्रसहित)

एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गर्दै तत्काल अर्कों निर्वाचन गराउन संरक्षक परिषदका सदस्य देवमान हिराचनले मंगलबार जारी विज्ञप्तिमार्फत गरेको निर्देशनलाई कथित वक्तव्यको संज्ञा दिदै शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्तले स्पष्ट पारेका छन ।मंगलबार राती अबेर संरक्षक हिराचनको नाममा ध्यानाकर्षण पत्र लेखदै एनसीसी जापानको सम्बन्धमा उचित निकास निकाल्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टलाई ज़िम्मेवारी तोकिएको र निजले आफ़नो कार्य गरिरहेको सन्दर्भमा उच्चस्तरीय समितिलाई एनसीसी जापानको विवाद समाधान गर्ने कार्यक्षेत्र नतोकिएकोले… पुरा पढौ

होटल संघ नेपालको अध्यक्षमा संजय श्रेष्ठ

होटल व्यवसायी संजय श्रेष्ठको अध्यक्षतामा होटल संघ नेपाल हान नेपाल जिल्ला तदर्थ समिति बागलुङ गठन भएको छ । सोमबार बागलुङ बजारमा सम्पन्न होटल व्यवसायीहरुको भेलाले संजय श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय दतर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सविता आचार्य, सचिवमा एञ्जिल शाक्य र कोषाध्यक्षमा डोलराज पौडेल चयन भएका छन् । समितिका सदस्यहरुमा ललिता थापा, श्रीप्रसाद शर्मा, रुशन सापकोटा, हिमाल पौडेल र मनप्रसाद गुरुङ चयन भएका छन् । तदर्थ समितिले तीन महिनाभित्र साधारणसभा गरेर नयाँ समिति चयन गर्ने छ ।… पुरा पढौ

एनआरएनए जापान विवाद: जुलाईमा सम्पन्न निर्वाचन बदर गर्दै तत्काल निर्वाचन गराउन राजन प्रधानाङ्गको समयोजकत्वमा तदर्थ समिति गठन (विज्ञप्तिसहित)

गैर आवासीय नेपाली संघ जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गर्दै तत्काल आगामी कार्यकालको निर्वाचन गर्नका लागि संघका संस्थापक अध्यक्ष राजन प्रधानाङगको समयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।एनआरएनए जापानको विवाद समाधान गर्नका लागि शेष घलेको समयोजकत्वमा रहेको एनआरएनए उच्च स्तरीय समितिका सदस्य देवमान हिराचन र भवन भट्टले जापानको विवाद मिलाउन दुवै पक्षलाई लिखित र मौखिक सम्पर्क गरि सहमतिमा आउन गरेको अनुरोधलाई अस्विकार गरि मिलेर जान नसकिने बताएकोले गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गरि… पुरा पढौ

नेपाली कांग्रेस गण्डकी प्रदेशको कोषाध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य बसन्त कुमार श्रेष्ठ प्रदेश समितिको कोषाध्यक्षमा चयन भएका छन । श्रेष्ठलाई मंगलबार बसेको नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको बैठकले सर्वसम्मत रुपमा चयन गरेको हो । काँग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सभापति शुक्रराज शर्माले श्रेष्ठलाई कोषाध्यक्षमा मानोनित गरेका हुन । बागलुङ क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि भएका श्रेष्ठले नेविसंघको विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरु गरेका थिए । उनी धौलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको केन्द्रीय सदस्य… पुरा पढौ

के हो मन्त्री प्रेम आलेको ‘भाइरल’ अडियो काण्डको वास्तविकता ? ५० लाख नदिएपछि बाहिरियो ? (सबै नालीबेलीसहित)

काठमाडौं । प्रेम आले अर्थात् आफ्नो बोलीबाट पटक–पटक विवाद र चर्चामा आइरहने पात्र । उनी यति बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनले गरेका कामको समर्थन र आलोचना व्यापक छ । पछिल्लो समय उनले बोलेको शब्द ‘काले–काले मिलेर खाऊँ भाले सोच्थे, अब आयो आले’ चर्चामा थियो । गए रातिबाट भने मन्त्री प्रेम आलेको एक गालीगलौचको अडियो ‘भाइरल’ भएको छ । अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओली नामका व्यक्तिसँग मन्त्री आलेको… पुरा पढौ

विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गरिनुपर्ने माग

काठमाडौँ (जीएनएन)-- विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरुलाई मताधिकार दिलाउन सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गराउन सरोकार पक्षहरुले माग गरेका छन् ।नेपाल पलिसी इन्स्टिटयुट (एनपिआई) द्वारा आइतवार आयोजित नीति संवाद श्रृखलामा सरोकारवालाहरुले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए । ‘जुनसुकै देशमा भएपनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्दर्भमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ’, पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भने । ‘अदालतको आदेश छ । तर यसको कार्यान्वयन भइरहेको छैन ।’उनका अनुसार निर्वाचन आयोग र परराष्ट्र… पुरा पढौ

कोरोना महामारीका कारण टोकियोबाट बाहिर सर्नेको संख्या हवात्तै बढ़्यो

कोभिड-१९ कोरोना भाईरसको महामारीका कारण सन २०२१ मा जापानको राजधानी टोकियोबाट बाहिर सर्नेको संख्या २६ वर्ष यताकै उच्च हुन पुगेको छ ।राजधानी टोकियोको मुख्य केन्द्र टोकियो महानगरपालिकाको २३ वटा वार्डहरूबाट अन्यत्र बसाई सर्नेको संख्या गत वर्ष १४ हजार ८२८ रहेको र बसाई सर्नुको मुख्य कारण कोरोनाभाइरस महामारीले गर्दा भएको हुनसक्ने आन्तरिक मामिला मन्त्रालयले जनवरी २८ मा सार्वजनिक गरेको प्रतिवेदनमा जनाएको छ।सन १९९६ मा पहिलो पटक यसरी नै बसाईसराइका कारण टोकियोको जनसंख्या घटेको थियो। सन २०१४ देखि विदेशी बासिन्दाहरूलाई समेत समेटेर… पुरा पढौ

रेखा थापाले गरिन् व्यवसायी शाहीसँग विवाह

नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको रेखा निकटले बताएका छन् । थापा र शाही केही समयदेखि प्रेममा थिए । अमेरिका बस्दै आएका शाहीसंग उनले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरूले १० वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए । नरेश पौड्याल निर्देशित चलचित्र हिरो बाट चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायतका चलचित्रमा अभिनय… पुरा पढौ