होटल संघ नेपालको अध्यक्षमा संजय श्रेष्ठ

-


     जनहित न्युज    
     फागुन ३ गते २०७८


होटल व्यवसायी संजय श्रेष्ठको अध्यक्षतामा होटल संघ नेपाल हान नेपाल जिल्ला तदर्थ समिति बागलुङ गठन भएको छ । सोमबार बागलुङ बजारमा सम्पन्न होटल व्यवसायीहरुको भेलाले संजय श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय दतर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सविता आचार्य, सचिवमा एञ्जिल शाक्य र कोषाध्यक्षमा डोलराज पौडेल चयन भएका छन् । समितिका सदस्यहरुमा ललिता थापा, श्रीप्रसाद शर्मा, रुशन सापकोटा, हिमाल पौडेल र मनप्रसाद गुरुङ चयन भएका छन् ।

तदर्थ समितिले तीन महिनाभित्र साधारणसभा गरेर नयाँ समिति चयन गर्ने छ । होटल संघ नेपालले होटल व्यवसायीको हकहित र पर्यटन प्रबद्र्धनमा काम गर्ने अध्यक्ष संजय श्रेष्ठले नयाँ विश्वलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?