राष्ट्रिय समाचार

एमालेका पाँच सांसदले किन गरेनन् खाली कागजमा सही ?

मुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं । आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ’, भट्टराईले भने । तर एमालेका पाँच सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । सांसदहरू भीम रावल, घनश्याम भुसाल, झपटबहादुर रावल, पवित्रा निरौला खरेल, र दीपकप्रकाश भट्टले… पुरा पढौ

राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा 

नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो । पाँचथरकी १०१ वर्षीय जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई औपचारिक रुपमा राष्‍ट्रिय परिचयपत्र प्रदान गरी यसको वितरण शुरु भएको थियो ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले अहिले देशभरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने काम गरिरहेको छ । महालेखापरीक्षणकको ५८ प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्म १ लाख १४ हजार ७३९ उत्पादन तथा छपाइ भएकोमा ७१ हजार २४ मात्रै राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । ई-पासपोर्टका लागि राष्ट्रिय… पुरा पढौ

जापानको १२४ वर्षे कानून संशोधन हुदै, सम्बन्ध विच्छेदको १०० दिनपछि मात्र महिलाले पुनर्विवाह गर्न पाउने प्रतिबन्धित प्रावधान खारेज

जापान सरकारको एक प्यानलले सोमबार कानुनी पितृत्व निर्धारण गर्ने पुरानो मुलुकी संहिताको प्रावधानलाई खारेज गर्दै सम्बन्ध विच्छेदपछि महिलाको लागि हालको १०० दिनसम्म पुनर्विवाह गर्न नपाउने प्रतिबन्ध हटाउन सिफारिस गरेको छ।विद्यमान कानून अन्तर्गत केवल महिलाहरूले सम्बन्ध विच्छेद पछि पुन: विवाह गर्न १०० दिनको समय पर्खिनु पर्ने कानुनी बाध्यात्मक अवस्थालाई हटाई उनीहरूलाई पुनर्विवाह र कानुनी पितृत्व सम्बन्धी भेदभावपूर्ण नियमहरूको समीक्षा गर्ने गरि प्रतिबन्ध हटाउन सरकारी एक प्यानलले सरकारीलाई सिफारिस गरेको हो। न्याय मन्त्री योशिहिसा फुरुकावालाई न्याय मन्त्रालयको विधायिका परिषद्को सिफारिस पछि सरकारले… पुरा पढौ

साझा चौतारी सहकारीको आयोजनामा श्रद्धाञ्जली सभा

साझा चौतारी युवा उद्यमशील सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गएको एक वर्षको अवधिमा निधन भएका सहकारीका शेयर सदस्य तथा शेयर सदस्यका आफन्तको निधन भएको बेला कोभिड लगातका कारण घरमा पुग्न नसकेको कारण सस्थाले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरि राहत हस्तान्त्रण गरेको छ । दिवंगत हुने शेयर सदस्यका परिवारलाई नगत १० हजार र परिवारका सदस्यको निधन भएकालाई ५ हजारका दरले ११ जनाको परिवारलाई सहयोग हस्तान्त्रण गरिएको सहकारीका अध्यक्ष मनोज थापाले नयाँ विश्वलाई बताए । साझा… पुरा पढौ

विद्यामन्दिर माविको ८१ औ वार्षिकोत्सव सम्पन्न

बागलुङको सवै भन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको ८१ औ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको वार्षिकोत्सव आज मूल समारोह सहित सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनराज पौडेलले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिका लागि परेको भन्दै शिक्षा क्षेत्रको विकासमा सवैको साझा पहल हुनुपर्ने बताए । कार्यक्रममा बागलुङका सहायक प्रमुअ जिल्ला अधिकारी गणेश प्रसाद पौडेल,नेकपा एकिकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापा, बागलुङ नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष गणेश थापा ,पूर्व… पुरा पढौ

गलकोट समाज जापानको वृहत रक्तदान कार्यक्रम अन्तर्गत फेब्रुअरी १७ मा ओसाकामा हुने

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा गरिने वृहत रक्तदान कार्यक्रम अन्तर्गत यहि फेब्रुअरी १७ तारिक अर्थात् बिहिवार जापानको ओसाकामा गरिने रक्तदानको तयारी अन्तिम चरणमा पुगेको छ ।जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समिति कान्साइको स्थानीय ब्यवस्थापनमा स्थानको तय समयको निर्धारण, प्रचारप्रसार, सम्भावित रक्तदाताको सूची तयार लगायतका तयारी भैसकेको समाजका क्षेत्रीय समिति संयोजक प्रकाश गैरेले जानकारी दिए ।जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान… पुरा पढौ

माओवादी जनयुद्दको जगमा प्राप्त उपलब्धीको रक्षाका लागि आठौ महाधिवेशनले तय गरेको कार्यदिशा समातेर अघि बढ्नु आजको आवश्यकता- नेता प्रभाकर

सामन्तवादको विरुद्ध र नेपाली सर्वहारा वर्गको मुक्तिका निम्ति संचालन गरिएको नेपाली मौलिकताको जनयुद्दमार्फत हाल मुलुक माओवादीकै एजेण्डामा संचालन भएकोले आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि सबैले आफ़नो ठाउबाट लाग्नुपर्ने आवश्यकता रहेको माओवादी केन्द्रका प्रभावशाली नेता तथा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन ।२७ औं जनयुद्द दिवशको अवसरमा नेपाली जनप्रगतिशील मंच जापानले भर्चुवल रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रभाकरले पछिल्लो समयमा बिश्व कम्युनिस्ट क्रान्तिलाई नै सकारात्मक सन्देश दिने गरि भएको जनयुद्दको जगमा गणतन्त्र, संघीयता, सामवेशिता, धर्मनिरपेक्षता जस्ता… पुरा पढौ

भूराजनीतिक चपेटाबाट देशलाई बचाउनु पर्छ – उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले महाशक्ति राष्ट्रको द्वन्द्वमा नेपाल परेकोले राष्ट्रिय सहमतिको आधारमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्दै उपभापति गुरुङले राष्ट्रिय सहमतिमा एमसिसि बारे निर्णय गर्नु पर्ने बताए । एमसिसीलाई नेपालमा राजनीतिक मुद्दाको रुपमा आफ्नो फाईदाका लागि उपयोग गर्न खोज्दा अहिले भूराजनीतिक द्वन्द्वमा नेपाल फस्दै गएको बताएका छन् । ‘दुई शक्ति राष्ट्रहरु अमेरिका र चीनका भूराजनीतिक चपेटामा एमसीसीका कारण नेपाल पर्ने अवस्थामा पुगेको छ’ गुरुङले… पुरा पढौ

नेकपा ( माओवादी केन्द्र ) बागलुङले मनायो जनयुद्ध दिवस

नेकपा माओवादी जिल्ला समिति बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ । समितिले शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरि दिवस मनाएको हो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ ले सामन्ती र औपनिवेशीक व्यवस्था अन्त्य गरी स्वाधीन जनवादी व्यवस्था स्थापनाको लागि जनयुद्ध सुरु गरेको बताए । सवै शोषित वर्ग र जातीको अधिकार प्राप्ति गर्न जनयुद्धको भएकोले… पुरा पढौ

नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले जनयुद्ध दिवसको उपलक्ष्यमा आयोजना गर्यो चियापान कार्यक्रम

नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ । चियापान र शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरि दिवस मनाएको हो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द) बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ ले सामन्ती र औपनिवेशीक व्यवस्था अन्त्य गरी स्वाधीन जनवादी व्यवस्था स्थापनाको लागि जनयुद्ध सुरु गरेको बताए । सवै वर्गको अधिकार स्थापित गर्न जनयुद्धको… पुरा पढौ