राष्ट्रिय समाचार

ज्येष्ठ नागरिकलाई ताराखोला गाउँपालिकाद्वारा न्यानो कपडा उपहार

ताराखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८ र ७९ को स्वीकृत निति तथा कार्यक्रम अनुसार वडा नम्बर ४ ताराका ८५ वर्ष माथिका १२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित फाईवर सिरक तथा टर्चलाईट वितरण गरिएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले ज्येष्ठ नागरिकहरु हाम्रा सम्मानित व्यक्तिहरु भएको र सामाजिक विकासमा पुर्याएको योगदानको प्रसंशा गरेका छन् । अहिलेको खानपान र रहनसहन अव्यवस्थित रहेकोले यसलाई व्यवस्थित गरेमा लामो समयसम्म वाच्न सकिने मन्तव्य राखेका छन्… पुरा पढौ

जापानको कन्फेक्शनरी प्लान्टमा आगलागी हुँदा ५ जनाको मृत्यु, १ जना अझै बेपत्ता

जापानको समुद्र तटमा रहेको निगाता प्रान्तमा शुक्रबार राती कन्फेक्शनरी प्लान्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।अर्को घाइते व्यक्तिलाई धुवाँ निस्किएपछि आवश्यक उद्धारद्वारा अस्पताल लगिएको प्रहरीले बताएको छ। मुराकामीको प्लान्टमा आगो लाग्दा दर्जनौं कामदारहरू सोहि ठाउमा उपस्थित थिए। आगलागी सुरु भएको करिब नौ घण्टापछि नियन्त्रणमा आएको भएपनि भवन भत्किने डरले बेपत्ताको खोजी कार्य रोकिएको उनीहरुले बताए ।प्लान्ट कन्फेक्शनरीको संचालन कार्य मेकर सान्को सेका कम्पनीले गरिरहेको छ, जसले अन्य उत्पादनहरूका… पुरा पढौ

हाकिमको कार्यशैली किन सुधार्नु पर्छ ?

नेपालमा विगत सात दशकको अवधिमा सात वटा संविधान जारी गरियो। विसं २००७, २०४६ र २०६२र६३ मा ठूला राजनैतिक आन्दोलनहरूले परिवर्तनहरू ल्याए। राजनैतिक प्रणालीको उपप्रणाली भएकोले नयाँ संविधान र परिवर्तित राजनैतिक घटनाक्रमबाट प्रशासन अछुतो रहने कुरै भएन। पहिलो पटक २०७२ सालमा जनताका प्रतिनिधिहरूले संविधान बनाए। संविधानले संघीयतालाई आत्मसात् गर्‍यो। समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरियो। दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने अठोट गरियो। सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र… पुरा पढौ

याक एण्ड यति होटलले ४२ करोड रोयल्टी नबुझाएपछि इजाजत रद्द

सरकारलाई ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द भएको छ । पटक पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे स्तर वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ । इजाजत रद्द भएसँगै उक्त होटलको बैंक खातासमेत रोक्का भएको छ । पर्यटन मन्त्रालयले त्यस होटलको नाममा २०४८ पुस २२ मा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो । सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण… पुरा पढौ

जापानले मार्चबाट नया इलिजीबिलीटी भएका अन्तराष्ट्रिय विद्यार्थी कामदार र व्यापारीलाई प्रवेश अनुमति दिने

जापान सरकारले कोरोना माहामारी बिचपनि मार्च १ बाट नया विद्यार्थी, प्रशिक्षार्थी कामदार र व्यापारिक उद्देश्यले जापान आउन इलिजीबिलीटी भएकाहरूलाई आगमन अनुमति खुलाउने भएको छ। जापान सरकारले नयाँ कोरोनाभाइरस ओमिक्रोन भेरियन्टको नियन्त्रण र रोकथामका उपायका लागि फेब्रुअरीको अन्त्यसम्म निलम्बन गरिएका विदेशीको प्रवेशमा क्रमशः सहजता दिने भएको छ ।सुरुमा व्यापारिक उद्देश्य र अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेशलाई मार्चमा स्वीकृति दिइनेछ र त्यसपछि विस्तारै अन्यहरूलाई पनि जापान आगमनमा प्रवेश अनुमति हुँदै जाने बताईएको छ ।ओमिक्रोन कोरोनाभाइरस संस्करणको प्रतिक्रियामा नोभेम्बरको अन्त्यमा लागू गरिएको कडा सीमा नियन्त्रणहरू… पुरा पढौ

यी हुन् कफी पिउनुका सात फाइदा 

धेरै मानिसहरु कफीको साथमा आफ्नो दिनको सुरुवात गर्छन्। कफीले एकाग्र हुन मद्दत गर्छ भन्ने कतिपयको विश्वास छ भने कतिपयले कफी पिए शरीरलाई जाँगरिलो बनाउँछ भन्ने गर्छन्। जे होस् कफी धेरैको मनपर्ने पेय पदार्थ हो। शरीरलाई ऊर्जावान बनाउनुका अतिरिक्त पनि कफी धेरै सम्भावित स्वास्थ्य लाभको लामो सूचीसँग जोडिएको छ। त्यसले पनि जो कोहीलाई कफी पिउन थप उत्साह दिएको छ। के-के छन् त कफी पाउनु फाइदा? १. शरीरमा उर्जा बढाउँछ कफीमा क्याफेन नामक पदार्थ हुन्छ। जसले केन्द्रीय स्नायु प्रणालीलाई नै उत्तेजक बनाउँछ।… पुरा पढौ

ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, दीपेन्द्रको उत्कृष्ट ब्याटिङ 

ओमनमा जारी चार देश सम्मिलित टी २० सिरिज अन्तर्गतको आज सम्पन्न खेलमा नेपालले ओमनलाई हराएको छ। अलअमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमनलाई ६ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक अवितिज ४३ रन बनाउँदा मोहम्मद नदीमले ३१, जतिन्दर सिंहले १३ तथा कश्यप प्रजापति,… पुरा पढौ

अनलाइनबाट अढाइ लाखको आइफोन मगाउँदा ल्याइदिए साबुन 

युकेमा एक महिलाले करिब अढाइ लाख रुपैयाँमा आइफोन १३ प्रो म्याक्स अनलाईनबाट किनेकी थिइन्, तर उनलाई पठइदिएको प्याकेटमा भने एउटा साबुन थियो। रिपोर्टका अनुसार खाउला लाफैली नामकी एक महिलाले अनलाइन सपिङ साइटबाट आइफोन १३ प्रो म्याक्स बुक गरेकी थिइन्। दुई दिनपछि कुरियर गर्ने केटाले उसलाई प्याकेट ल्याइदिए। खोलेर हेर्दा उनी छक्क परिन्। वास्तवमा त्यो प्याकेटमा आइफोनको सट्टा साबुन राखिएको थियो, जसको मूल्य निकै कम थियो।रिपोर्टका अनुसार सामान ढुवानी गर्दा डेलिभरी ब्वाइले यस्तो ठगी गर्ने गरेका छन्।   फोन बुक गर्दा… पुरा पढौ

स्थानीय सेवा ऐन कार्यान्वयनमा ल्यायो ताराखोला गाउँपालिकाले

बागलुङर बागलुङको ताराखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक ‘स्थानीय सेवा ऐन २०७८’ कार्यान्वयनमा लाएको छ । दशौं गाउँसभाले विधायन समितिले तयार पारेको ‘स्थानीय सेवा विधेयक २०७८’ स्वीकृत गरेसँगै ऐन कार्यान्वयनमा आएको हो । संघिय निजामति सेवा ऐन र प्रदेश निजामति सेवा ऐन नबन्दा सम्मका लागि कार्यान्वयन गर्ने गरी गाउँपालिकाले ‘स्थानीय सेवा ऐन २०७८’ कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘आवश्यकता अनुसार संशोधन गरी कार्यान्वयमा ल्याउने अधिकार गाउँसभाले प्रत्योजन गरेको छ’, घर्तीले भने ‘संघ र प्रदेशको कानुनसँग बाझिएमा संशोधन हुने… पुरा पढौ

स्थानीय तहको निर्वाचनको रणनीति बनाउन कांग्रेस केन्द्रित

नेपाली कांग्रेस आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने भएको छ । सरकारको निर्णयको स्वागत गर्दै पार्टी सम्पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा केन्द्रित हुने कांग्रेसले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन मूल तयारी समिति, घोषणापत्र तयारी समितिलगायत विभिन्न समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ । यसैगरी सङ्गठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने सम्बन्धमा समेत बैठकमा छलफल भएको… पुरा पढौ