हिन्दु धर्मका ग्रन्थ वा सङ्गठित औपचारिक शिक्षाबाट दलितलाई विगतमा वञ्चित गर्दै आइयो । यो दलित अवस्था सिर्जना गर्ने औजार थियो । तर, शिक्षा मात्रले जात व्यवस्था सिङ्गै बन्न पुगेको होइन । बरु, जात व्यवस्थामा आधारित अर्थतन्त्र अथवा दलितलाई भूमिको मालिक हुने अधिकार नहुने व्यवस्था, राजनीति अथवा नीति–निर्माण र लागू गर्ने संरचनामा उपस्थित हुन नपाउने व्यवस्था अनि जात व्यवस्थामा आधारित उचनीचमय सम्बन्धलाई स्वाभाविक र आवश्यक बताउने सांस्कृतिक चेतना निर्माणको जगमा जात व्यवस्था निर्माण हुन पुगेको हो । त्यसैले धर्मशास्त्र नपढेकाले मात्र…
पुरा पढौ