राष्ट्रिय समाचार

जापानमा तस्करबाट बरामद गरेको २४४ किलो सुन सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखियो

जापानको नागोया भन्सार कार्यालयले तस्करीका घटनामा बरामद भएको करिब २४४ किलोग्राम सुनलाई खुल्ला बोलपत्र आह्वानमार्फत सर्वसाधारणले खरिद गर्न सकिने गरि लिलामीमा राखेको भन्सार अधिकारीहरूले बताएका छन ।भन्सारले फेब्रुअरी ३ मा बोलपत्रको लागि एक विज्ञापन गरि फेब्रुअरी २४ सम्मका लागि आह्वान गरिएको सो बोलपत्र जापानमा एकै पटक सार्वजनिक लिलामीको लागि राखिएको सुनको सबैभन्दा ठूलो परिमाण भएको अधिकारीहरूले बताएका छन ।भन्सारमार्फत लिलामका लागि राखिएको सो परिमाणको सुन अगस्ट २०१६ देखि डिसेम्बर २०१८ सम्म सुन बरामद गरिएको थियो ।नागोया भन्सारका एक प्रतिनिधिले भने,… पुरा पढौ

सरकारी सेवासुविधामा कर्मचारी र शिक्षकविच विभेद हुँदैन : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको… पुरा पढौ

अष्ट्रेलियाले आउँदो फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने

सिड्नी–अष्ट्रेलियाले आफनो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी पर्यटकका लागि आउँदो फेब्रुअरी २१ देखि प्रवेशमा अनुमति दिइने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै विदेशी विद्यार्थीलाई पनि प्रवेशमा अनुमति दिइने भएको छ । कोरोनाका कारण सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सिमामा प्रतिबन्ध लगाइएको थियो । कोरोनाको संक्रमण दर घट्दै गएको भन्दै पुन प्रवेश गराउन लागिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पूर्णमात्रा खोप लगाएका विदेशी नागरिकलाई सहजै प्रवेश गर्न दिइने प्रधानमन्त्री स्कट मोरिसनले बताए ।… पुरा पढौ

विद्यार्थीलाई गैरकानुनी तरिकाबाट विदेश पठाए कारबाही

काठमाडौँ– गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी विद्यार्थीलाई विदेश पठाउँदा कानुनविपरीत काम गरेको पाइए त्यस्ता शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको हो । पछिल्लो समय त्यस्ता उजुरीहरू बढिरहेको मन्त्रालयले जनाएको छ । कानुनविपरीत गतिविधि गर्ने संस्थाहरूमाथि सरकारले निगरानी गरिरहेको पनि मन्त्रालयले जनाएको छ । कुनै शैक्षिक परामर्श केन्द्रहरूले गैरकानुनी काम गरेको पाइए नेपालमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र विदेशको हकमा विदेशस्थित नेपाली नियोगहरूमा… पुरा पढौ

भद्रकुमारी सम्मान छोरीलाई मिर्गौला दान गर्ने पार्वती श्रेष्ठलाई

पार्वती श्रेष्ठलाई भद्रकाली सेवा समूहले सम्मान गरेको छ ।बागलुङ नगरपालिका वडा नं २ हल्लन चोक निवासि श्रेष्ठले छोरी बिरन्तीलाई मिर्गौला दान गरी नयाँ जिवन दिएकोले संस्थाले उनको योगदानको उच्च कदर गर्दै कदरपत्र र दोसल्लाले सम्मान गरेको हो । पार्वती श्रेष्ठले विसं २०७४ सालमा छोरीलाई मिर्गौला दान गरेकी थिइन् । यसै गरी भद्रकाली सेवा समूहले विद्यार्थी रिया राजभण्डारीलाई स्नातक तहको अध्ययन पुरा गर्नको लागि छात्रवृत्ति दिएको छ ।विद्यार्थी राजभण्डारीलाई स्नातक तहको चार वर्षको अध्ययनको लागि चाहिने सबै खर्च संस्थाले व्यहोर्ने भएको… पुरा पढौ

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय 

सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो । आगामी जेठ ५ गते स्थानीय तहको निर्वाचन ऐन अनुसार जनप्रतिनिधिको कार्यकाल सकिने भएकोले निर्वाचन आयोगले जेठ ४ गतेलाई निर्वाचन गर्नु पर्ने प्रस्ताव गरेको थियो । यसअघि सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।सरकारले गत सोमबार स्थानीय तहको निर्वाचनको मिति तय गर्ने बारेमा निर्वाचन आयोगसँग परामर्श गरेको थियो । आगामी जेठ ५ मा… पुरा पढौ

धवलागिरि बहुमुखी क्याम्पसको ५९ औं वार्षिकोत्सव सम्पन्न

v धौलागिरि क्षेत्रकै जेठो तथा एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसको ५९ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।कोरोना संक्रमणका कारण पढाइ अवरुद्ध भएकाले विद्यार्थी जम्मा गरेर गर्ने कार्यक्रम भने यो वर्ष भएन । वार्षिकोत्सवमा शिक्षक, विद्यार्थीका प्रतिनिधि र सरोकारवाला मात्रै बसेर मनाइएको क्याम्पस प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्यायले बताए ।वार्षिकोत्सवको अबसरमा प्रगति प्रतिवेदन पेश गर्दै उपाध्यायले क्याम्पसमा गुणस्तरीय शिक्षा दिन तयार रहेको बताए । उनले उच्च शैक्षिक संस्थाबाट उत्पादन भएका जनशक्ति योग्य र विश्व बजारले माग गरे अनुसारको… पुरा पढौ

एनआरएनए जापानको निर्वाचनमा प्रविधिको दुरुपयोग भएको भन्दै प्रहरीको केन्द्रीय साईबर ब्युरोबाट पत्र 

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान निर्वाचनमा प्रविधिको दुरुपयोग भएको भन्दै प्रहरी अपराध अनुसन्धान केन्द्रीय साईबर ब्युरोबाट पत्र काटेको छ ।१०औं निर्वाचनमा प्रविधिको दुरुपयोग गरेको भन्दै प्रहरीको केन्द्रीय साइवर व्युरोले एनआरएनए जापान २०२१-२०२३ का ४ पदाधिकारी र निर्वाचन प्रमुखलाई पत्र पठाई अनुसन्धान तिव्र बनाएको छ ।एनआरएनएका अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशी, उपाध्यक्ष डा. बद्री केसी, कोषाध्यक्ष महेश श्रेष्ठलाई सम्बोधन गर्दै प्रविधिको दुरुपयोग भएको सम्बन्धमा छानविन गरि पाउँ भन्ने निवेदन परेको र एनआरएनए सचिवालयले त्यसको दोष… पुरा पढौ

सुस्ताएका पर्यटकीय क्षेत्रलाई ब्युझाउन सहयोगी बन्दै टिकटक एप्स

पछिल्लो समय नेपालमा टिकटक एप प्रति मानिसहरुको रुची बढ्दै गएको छ । मनोरञ्जनका लागि तथा सूचना समाचारका लागि समेत यो माध्यम प्रभावकारी बन्दै गएको पाइन्छ । यस संगै टिकटकको माध्यमबाट सुस्ताएका पर्यटकीय क्षेत्र, ग्रामिण बस्ती तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रहरुको प्रचार प्रसार संगै पर्यटकको आगमन बृद्धि गर्न पनि फाईदा पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।प्रतिभा प्रदर्शन गर्न, कलाकारिता, राजनीति देखि व्यक्तिगत समस्याका बिषय पनि टिकटक एप्समा अहिले छरपस्ट देख्न पाइन्छ । अहिले टिकटक सबैको रुचीको बिषय समेत बन्दै गएको छ… पुरा पढौ

राष्ट्रिय झण्डा सहित पर्यटन क्षेत्रको प्रचार, हिउँमा रमाउदै पर्यटक 

सामाजिक संजालहरु टिकटक र फेसवुकमा नेपालको झण्डा र झोला सहित हिउँमा हिडेको तस्वीर अधिकाशं आन्तरिक पर्यटकले समाजिक संजालमा पोष्ट गरेपछि एकाएक चर्चामा आए। ति सबै समाजिक संजालको पोष्टमा गरिएको प्रतिक्रिया हो, आहा कति सुन्दर, यो ठाँउ कहाँ होला ? त्यो ठाँउ हो कालिलेक । बिहिवार देखी अविरल बर्ष संगैं हिमपात भएपछि गलकोटका अधिकासं पहाडहरु हिउँले सेताम्मे भएका थिए शुक्रबार भने निरन्तर बर्षा भएकोले हिउँ खेल्न जानेहरुले योजना बनाउन सुरु गरे । कतिपयले गलकोट सहित देशका बिभिन्न ठाँउमा हिउँ खेलेको फोटो… पुरा पढौ