राष्ट्रिय समाचार

कांग्रेस नेता बसन्त कुमार श्रेष्ठद्वारा पार्टी भवन निर्माणको लागि एक लाख सहयोग

नेपाली कांग्रेसका नेता बसन्त कुमार श्रेष्ठले नेपाली कांग्रेस बागलुङको भवन निर्माण ( वीपी स्मृति भवन ) को लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं ३ नारायण चोकमा बन्न लागेको भवन निर्माणको लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य तथा नेपाली कांग्रेस जिल्ला समिति बागलुङ सदस्य श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेको नेपाली कांग्रेस जिल्ला समिति बागलुङ सभापति जित शेरचनले नयाँ विश्वलाई बताए । पार्टीको घर बनाउने हाम्रो धेरै दशक पहिलेको सपना अहिले आएर पुरा हुन लागेको… पुरा पढौ

कमल थापालाई पार्टी छोड्ने निर्णयमा पुनर्विचार गर्न राप्रपाको अनुरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।तर उक्त निर्णयमाथि पुनर्विचार गर्न राप्रपाको आज बसेको पदाधिकारीको बैठकले अनुरोध गरेको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । थापाले सोमबार मात्र आफ्नो पक्षका नेताहरुको भेला गरेका थिए । थापाले मंगलबार गृहनगर हेटौंडा पुगेका पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राप्रपाको महाधिवेशनमा भएको अध्यक्ष पदको निर्वाचनमा राजेन्द्र लिंदेनसँग पराजित भएपछि थापाले चुनावमा पूर्वराजा र निर्मल निवासले हस्तक्षेपको छानबिनको माग गर्दै आएका थिए । अध्यक्ष… पुरा पढौ

गलकोट समाज जापानको आयोजनामा जापानका विभिन्न शहरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका टोकियो, नागोया, नागानो र फुकुओकामा मंगलबार सम्पन्न वृहत रक्तदान कार्यक्रममा १ सय भन्दा बढिले रक्तदान गरेका छन ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम,अभियान र सहयोग गरेर जापानमा क्रियाशील संस्थाहरू माझ छुट्टै पहिचान बनाएको समाजले जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गर्दै आयोजना गरिएको सो कार्यक्रममा चार वटा क्षेत्रमा गरेर १ सय चार जनाले रक्तदान गरेको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए… पुरा पढौ

ताराखोला गाउपालिकाको आफ्नै पाठ्यक्रम 

विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ। कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ । पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसीले जानकारी दिइन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको अधिकार गाउँ र नगरपालिकालाई दिएको छ । अधिकृत केसीले स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार… पुरा पढौ

कान्तो कोशिनको क्षेत्रमा आगामी बिहिबार वर्षा र हिमपात हुने, टोकियोका २३ वडामा पनि हिउँ जम्ने खतरा रहेकोले ट्राफ़िक समस्या हुनसक्ने

आगामी बिहिबार अर्थात् फ़ेब्रुअरी १० तारिकका दिन मौषममा न्यून चापीय प्रणाली विकसित हुदै जादा कान्तोका दक्षिण समतल क्षेत्र टोकियो २३ वडा लगायतमा वर्षाका साथै भारी हिमपात र कम तापक्रमको जोखिम रहेको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।मौसम विज्ञान एजेन्सीका अनुसार १० तारिकमा तोकाइदोको तटबाट आउने चक्रवात होन्सुको दक्षिणी तटबाट विकसित भई कान्तो क्षेत्र नजिक भएर पूर्वतिर सर्ने अनुमान गरिएकोले सोको असरबाट वर्षाका साथमा बाक्लो हिमपात पर्नसक्ने जोखिम रहेको बताईएको छ । आकाशमा रहेको न्यून चापीय प्रणाली र चिसो हावाको… पुरा पढौ

बागलुङमा दुई हजारलाई ‘बुस्टर’ मात्रा, ८८ प्रतिशतलाई खोप

जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दुवै मात्रा खोप पाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ । पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ । कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्ष भित्रका बालबालिका र किशोरकिशोरीलाई पनि खोप दिन सुरु गरिएको बताए । सो उमेर समूहका २३ हजार दुई सय २८ जनाले मोडर्ना खोप पाइसकेको… पुरा पढौ

कारबाहीमा परे ११ बिमा कम्पनी

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६ र ७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई १० हजारका दरले जरिवाना गरिएको छ । यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा… पुरा पढौ

चेपाङ जातिको संरक्षण, उत्थान र सहयोगमा योगदान पुर्याएका जापानमा कार्यरत दिपक बाबु नेपालसहितलाई सम्मान

नेपालमा लोपोन्मुख चेपाङ जातिको संरक्षण, उत्थान र सहयोगमा योगदान पुर्याएका जापानलाई कर्म थलो बनाएर कार्यरत चितवनका दिपकबाबु नेपाल सहित विभिन्न व्यक्ति व्यक्तित्वहरूलाई गाँमवेशी चेपाङ संरक्षण केन्द्रले सम्मान गरेको छ ।  जापानमा रहेर सो जातीको संरक्षण र शिक्षा क्षेत्रमा सहयोग पुर्याउनका लागि विभिन्न अभियान संचालन गरि विद्यालय भवन निर्माण,चेपाङ संरक्षण केन्द्रमा भवन निर्माण, विपन्न परिवारका बालबालिकालाई अध्ययनका लागि आर्थिक सहयोग स्वास्थ्य सुधारमा आवश्यक पुर्याउदै आएका नेपालसहित केन्द्रले हेल्प संस्थाका कार्यकारी निर्देशक मिलन ढकाल, जापानमा बसोबास गर्दै आएका रत्ननगर डुम्री चोकका दिपकबाबु… पुरा पढौ

जापानमा तस्करबाट बरामद गरेको २४४ किलो सुन सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखियो

जापानको नागोया भन्सार कार्यालयले तस्करीका घटनामा बरामद भएको करिब २४४ किलोग्राम सुनलाई खुल्ला बोलपत्र आह्वानमार्फत सर्वसाधारणले खरिद गर्न सकिने गरि लिलामीमा राखेको भन्सार अधिकारीहरूले बताएका छन ।भन्सारले फेब्रुअरी ३ मा बोलपत्रको लागि एक विज्ञापन गरि फेब्रुअरी २४ सम्मका लागि आह्वान गरिएको सो बोलपत्र जापानमा एकै पटक सार्वजनिक लिलामीको लागि राखिएको सुनको सबैभन्दा ठूलो परिमाण भएको अधिकारीहरूले बताएका छन ।भन्सारमार्फत लिलामका लागि राखिएको सो परिमाणको सुन अगस्ट २०१६ देखि डिसेम्बर २०१८ सम्म सुन बरामद गरिएको थियो ।नागोया भन्सारका एक प्रतिनिधिले भने,… पुरा पढौ

सरकारी सेवासुविधामा कर्मचारी र शिक्षकविच विभेद हुँदैन : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको… पुरा पढौ