कमल थापालाई पार्टी छोड्ने निर्णयमा पुनर्विचार गर्न राप्रपाको अनुरोध

-


     जनहित न्युज    
     माघ २५ गते २०७८


राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।तर उक्त निर्णयमाथि पुनर्विचार गर्न राप्रपाको आज बसेको पदाधिकारीको बैठकले अनुरोध गरेको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थापाले सोमबार मात्र आफ्नो पक्षका नेताहरुको भेला गरेका थिए । थापाले मंगलबार गृहनगर हेटौंडा पुगेका पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

राप्रपाको महाधिवेशनमा भएको अध्यक्ष पदको निर्वाचनमा राजेन्द्र लिंदेनसँग पराजित भएपछि थापाले चुनावमा पूर्वराजा र निर्मल निवासले हस्तक्षेपको छानबिनको माग गर्दै आएका थिए ।

अध्यक्ष लिंदेनले शनिबार थापालाई भनेर संवादको थालनी गरेका थिए र पार्टी भित्र देखिएको समस्याको समाधान गर्ने बचन दिएका थिए ।पूर्वअध्यक्ष थापा भने स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो मागको सुनुवाइ हुनु पर्ने अदानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?