राष्ट्रिय समाचार

जापानले कोरोना संक्रमणको लहरलाई रोक्नको लागि दैनिक रूपमा १० लाख बुस्टर डोजको खोप दिने

जापानी प्रधानमन्त्री फुमियो किशिदाले कोभिड-१९ विरूद्दको खोप प्रणालीमा सुधार गर्न, जनचेतना जगाउन र प्रतिदिन १० लाख बढि बुस्टर डोजको खोप लगाउने व्यवस्थापनका लागि सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।फेब्रुअरी ७ तारिक जापानको संसद भवनमा स्वास्थ्यमन्त्री शिगेयुकी गोटो र कोरोनासम्बन्धी कार्य गर्ने अधिकारीसहित अन्य क्याबिनेट मन्त्रीहरूसँगको भेटमा किशिदाले यस्तो निर्देशन दिएका हुन् ।कोरोनाभाइरसको अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टबाट उत्प्रेरित संक्रमणको नयाँ लहरलाई रोक्नका लागि जापानले छिट्टै प्रति दिन १० लाख बूस्टर डोजको उपलब्धता गराउने लक्ष्यलाई परिपूर्ति गर्नका लागि प्रधानमन्त्री किशिदाले सम्बन्धित निकायलाई… पुरा पढौ

फागुन १ गतेदेखि स्कुल संचालन हुने, काठमाडौमा सवारी साधनमा हट्यो जोर बिजोर

कोभिडको भेरियन्ट ओमिक्रोन समुदायसम्म फैलिएपछि बन्द भएको शैक्षिक क्षेत्र संचालन गर्ने सरकारले निर्णय गरेको छ । आगामि फागुन १ गतेबाट लागु हुने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ।१२ वर्ष पूरा भएका विद्यार्थीहरुको अध्ययन नियमित गर्ने र १२ वर्षभन्दा मुनिका विद्यार्थीहरुको अध्ययन कक्षा कोठामा विद्यार्थीहरुको संख्यामा ध्यान दिएर आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन आदेश जारी भएको छ। यसको लागि स्थानीय तहसँग विद्यालयले समन्वय गर्नु पर्ने भनिएको छ ।यसै गरी विद्यालयले परीक्षा संचालन गर्दा जेड आकारमा… पुरा पढौ

स्थानीय चुनाव तोकिएकै समयमा हुन्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना माग्नु भएको छ । आइतबार मन्त्रीपौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थप गर्नु पर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नु भएको हो । “अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ,मन्त्रीले भन्नुभयो, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।” तोकिएकै समयमा चुनाव हुने भएकाले फागुन भरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई निर्देशन दिनु भयो । “स्थानीय तहको चुनाव… पुरा पढौ

बागलुङ बजारमा ११ करोड लगानीमा बसपार्क, तर प्रयोग विहिन

झन्डै २० वर्ष अघिदेखिको योजना अनुसार बागलुङ बसपार्क निर्माण भएको छ । तर काम सकिएको एक वर्ष पुग्न लाग्दा पनि बागलुङ बसपार्क प्रयोगविहीन भएको छ । बस, जिप र ट्यांक्सी पार्क गर्नुपर्ने स्थानमा पशुबस्तु र मानिसको जमघट हुने गर्छ । बसपार्क बनाए पनि जाने मुख्य सडक नै नभएपछि प्रयोगविहीन भएको हो । झन्डै ११ करोड लागतमा निर्माण भएको बसपार्क जाने सडकका लागि जग्गामा किचलो परेकाले कामै नभएको स्थानीयले बताए । बागलुङ नगरपालिका–४ मा रहेको बसपार्क बनाउन स्थानीयले निःशुल्क जग्गा दिएका थिए । जग्गा दिएका उपभोक्ताले कम्तीमा… पुरा पढौ

कानूनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ : नेतृ अर्याल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सरकार निर्वाचनबाट पन्छिन नमिल्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्रको खिलापमा हुने उल्लेख गर्नुभयो । उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो । “संविधान, कानूनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहन सक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले… पुरा पढौ

यथास्थितिमा एमसिसी पास हुँदैन : शिक्षा मन्त्री पौडेल

नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले शिक्षामा लगानी बढाउने बताएका छन् । अहिलेको शिक्षाको बजेट शैक्षिक सुधारको लागि अपुग भएकोले सबै सरोकारवालाहरुसँगको परामर्श गरी शिक्षाको बजेट बढाउने तयारीमा रहेको बताए । लामो समयदेखि ल्याउन नसकिएको शिक्षा ऐन छिटै आउने बताएका छन् । उनले ऐनको ड्राफ्ट भएको र संसद अधिवेसन बस्ने बित्तिकै आउने गरी तयारी भएको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले शिक्षा ऐन नभएकै कारण संघ, प्रदेश र पालिकाहरुले शिक्षा क्षेत्रमा… पुरा पढौ

भारतीय गायिका लता मंगेशकरको निधन, कोरोना संक्रमणपछि भर्ना भएकी थिइन् अस्पताल 

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। यसै वर्षको ज्यानुअरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले "देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको" बताएका छन्। नेपाली गीतहरु पनि गाएकी उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गरेको हो ।… पुरा पढौ

यस्तो छ देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र (पत्रसहित)

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेशसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ । देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलेको हो । दुबै नेताले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पठाएको पत्र अनलाइनखबरलाई प्राप्त भएको छ । एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्ने दुबै नेताले प्रतिवद्धता जनाउँदै चार÷पाँच महिनाको समय मागेका… पुरा पढौ

‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’

अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् ।एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल भ्रमण गरेकी थिइन् ।  एमसीसी मुख्यालय वासिङ्टन डीसीबाट शुक्रबार बेलुकी कान्तिपुरसँग भर्चुअल संवाद गर्दै सुमारले भनिन्, ‘म स्मरण गराउन चाहन्छु कि एमसीसीलाई अन्तर्राष्ट्रिय सम्झौताका रूपमा मान्यता दिलाउन संसद्बाट पारित गराउनुपर्छ… पुरा पढौ

वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा, यस्तो छ पौराणिक महत्त्व 

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिन्छ । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय, मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । मूर्तिमा, प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् । विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव… पुरा पढौ