राष्ट्रिय समाचार

जापानमा जारी अर्ध आपतकाललाई थप दुईहप्तासम्म लम्बाउने तयारी

जापानमा कोरोना संक्रमणको दर दैनिक नया रेकर्ड क़ायम राख्दै तिव्र गतिमा फैलिरहेको नयाँ कोरोनाभाइरस विरुद्धको रोकथाम र नियन्त्रण जस्ता प्राथमिकताका उपायहरू अवलम्बन गर्नका लागि १३ वटा प्रान्तमा जनवरी २१ देखि फेब्रुअरी १३ सम्म लगाईएको अर्ध आपतकाललाई निरन्तरता दिदै थप दुई हप्तासम्म लम्बाउने भएको छ ।जापानका ४७ प्रान्त मध्ये ३४ वटा प्रान्तमा संक्रमणको रोकथाम र नियन्त्रणको लागि अर्ध आपतकालीन उपायहरूको अन्तर्गत राखेपनि देशमा दैनिक कोरोना संक्रमितको संख्या बिहीबार मात्र बढेर १ लाख ४ हजार ४ सय ७० पुगेको छ यो पहिलो… पुरा पढौ

७० प्रतिशत नेपालीले लगाए खोपको पूर्ण मात्रा, डब्लुएचओको बधाई 

नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बधाई दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबारमात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको थियो । ’७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’… पुरा पढौ

लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा

लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्। बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए। ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार/आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ’, उनले भने। राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ। आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा… पुरा पढौ

एनआरएनए जापानको निर्वाचनमा भएको भनिएको एमआइएस प्रणालीको दुरुपयोगको बारेमा प्रहरीको साइबर क्राईम ब्युरोले अनुसन्धान तीव्र पर्यो

काठमाडौँ (जीएनएन)- गत जुलाई ३० मा भएको एनआरएन जापानको चुनावमा केन्द्रीय सचिवालयस्थित एमआइएस प्रणालीको चरम दुरुपयोग गरी धांधली गर्नेहरु विरुद्ध नेपाल प्रहरीको साइबर क्राईम ब्युरोले अनुसन्धान तीव्र पारेको छ।एनआरएन जापानद्वारा संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा गठित छानबिन समितिले केहि केन्द्रीय पदाधिकारीहरुको निर्देशन र रेखदेखमा सचिवालयका आइटी विभागका केही कर्मचारीहरुको संलग्नतामा योजनावद्ध रुपमा धांधली गरिएको भन्ने सप्रमाण रिपोर्ट सार्वजनिक गरिए पछि उक्त घटनाको छानबिन गरी दोषीहरु विरुद्ध कारवाही गर्न माग गर्दै नेपाल प्रहरीमा उजुरी परेको थियो। संघकै केहि पदाधिकारीले उक्त छानबिन… पुरा पढौ

अर्घाखाँची समाज जापानले  पाठेघरको क्यान्सरबाट पिडित बिमलालाई २ लाख बढि सहयोग रकम हस्तान्तरण

अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ३ फ्रसवा निवासी पाठेघरको क्यान्सर रोगबाट पिडित २९ वर्षीय विमला गौतमको औषधी उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।समाजका कोषाध्यक्ष टोप बहादुर घर्तीमगरको संयोजकत्व र दिल प्रसाद श्रेष्ठको सह-संयोजकत्वमा संचालित अभियानबाट संकलित २ लाख ४ हजार ५५ येन रकम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिव विनोद गैर मार्फत विमला गौतमलाई घर मै पुगेर हस्तान्तरण गरिएको हो । समाजले आफ्नो स्थापानाकाल देखि नै जिल्लामा समस्या परेकाहरूलाई विभिन्न अभियानको संचालन गरि सहयोग गर्दै आइरहेको… पुरा पढौ

फाइजरले ५ वर्ष भन्दा मूनिका बच्चाहरुका लागि कोभिड-१९ को दुई डोजको अनुमति पेश गर्ने 

फाइजरले ५ वर्ष भन्दा कम उमेरका बच्चाहरूको लागि आकस्मिक प्रयोगको लागी कोभीड-१९ को खोप आज पेश गर्ने भएको समाचार सिएनएनले लेखेको छ । फाईजर ले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोपको लागि  अमेरिकी खाद्य तथा औषधि प्रशासन( एफडिए) सग छिट्टै अनुमति लिने अपेक्षा गरिएको भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । प्रतिष्ठानले संस्था (कम्पनीले एजेन्सी)लाई यस साना उमेर समूहमा तीन खुराक (डोज)हरू परीक्षण गर्न जारी राख्दै आफ्नो उत्पादनको दुई-डोज (खुराक)आहार नियमको लागि आपतकालीन प्रयोगको अनुमति लिन आग्रह गर्ने… पुरा पढौ

बागलुङका कमलबहादुर कार्की जापानको ओसाका सरकारद्वारा सम्मानित

जापानको ओसाकाका गभर्नर यासीमुरा हिरोखुमीद्वारा कोभिड-१९ कोरोनाको महामारीमा खटिएका स्वास्थ्यकर्मीको लागि प्रोत्साहन भत्ता र स्वास्थ्य सामग्री संकलनको अभियानमा आर्थिक तथा जिन्सी सहयोग गरेबापत बागलुङका कमलबहादुर कार्कीलाई त्यहाको सरकारले सम्मान गरेको छ ।गत वर्षदेखि कोरोना महामारीका बिरामीको उपचारमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन स्वरूप थप आर्थिक सहायता प्रदानका लागि गभर्नर यासिमुराद्वारा संचालन गरिएको आर्थिक संकलन र स्वास्थ्यकर्मीका लागि आवश्यक कोट संकलन अभियानमा कार्कीले आर्थिक तथा जिन्सी सामग्री प्रदान गरेबापत गभर्नरले सम्मानपत्रद्वारा सम्मानित गरेका हुन ।व्यावसायी कार्कीले गतवर्षदेखि नै ओसाकाको सरकारले संचालन गरेको अभियानमा… पुरा पढौ

जापानमा आगामी मार्चदेखि घरायसी प्रयोजनका लागि उपयोग हुने विद्युत र ग्यासको महसुल बढ्ने

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को), चुबु इलेक्ट्रिक पावर कम्पनी र कान्साई इलेक्ट्रिक पावर कम्पनी (केईपीसीओ) लगायत जापानका दश विद्युतीय कम्पनीहरूले मार्चदेखि घरेलु उपयोगको विद्युत महसुलमा वृद्धि गर्ने घोषणा गरेका छन्।मार्चदेखि वृद्धि हुन लागेको विद्युत महसुलमा औसत घरपरिवारको बिजुलीको बिल TEPCO को प्रति महिना २८३ येन, चुबु इलेक्ट्रिक पावरको २९२ येन र KEPCO को ५५ येनले वृद्धि हुनेछ।थर्मल पावर प्लान्टहरूमा प्रयोग हुने तरल प्राकृतिक ग्यास (एलएनजी) लगायतका आयातित इन्धनको वृद्धिका कारण लगातार मूल्यवृद्धि भएकोले महसुलमा वृद्धि गरिन लागेको सान्केई शिम्बुनको समाचारमा… पुरा पढौ

परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले एनआरएनए निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग 

काठमाडौँ (जीएनएन) - गैर आवासीय नेपाली संघका तीन जना अभियन्ताहरुले संघद्वारा गठित उच्चस्तरीय समितिलाई एक पत्र पठाई परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले संघको निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग गरेका छन् । पूर्व केन्द्रीय सचिव जानकी गुरुङ, मानार्थ आइसीसी सदस्य शनि कुमार ओली तथा राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाका सल्लाहकार बेद खरेलले संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एक पत्र पठाउंदै त्यस्तो माग गरेका हुन्। "एमआइएस प्रणालीद्वारा निर्वाचन गरिएका देशहरु जापान, बेल्जियममा व्यापक विवाद उत्पन्न भएको हुनाले संघले… पुरा पढौ

नेपाली युवाका लागि १० सुझाव

१. ११/१२ पढ्दादेखि नै कम्प्युटर चलाउन सिक्नुहोस् । कम्प्युटरमा पनि कमसेकम वर्ड, एक्सल, पावरपोइन्ट, सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरुभन्दा एक तह अगाडी हुनुहुन्छ ।२. बिहानको कलेज छ भने ब्याचलर्स पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा इन्टर्नसिप गर्नुहोस् । विषयसँग सम्बन्धित क्षेत्रमा भएका अवसरहरुको खोजी गर्नुहोस् । स्मार्टफोन र इन्टरनेटको सुविधा छ भने तपाईं विश्वभरीको अवसर खोजी गर्न सक्नुहुन्छ ।३. तपाईंले सामाजिक सञ्जाल चलाउँदा फिडमा मिम, ट्रोल वा अवसर के आउँछ त्यो तपाईंमा भर पर्छ । त्यसैले ट्रोलका… पुरा पढौ