राष्ट्रिय समाचार

स्थानीय सरकारबीच अनुभव र अभ्यासहरु साटासाट गर्दाका फाइदाहरु

स्थानीय तहबीच भएका र गरेका राम्रो कामको अनुभवलाई एक अर्कामा आपसी सिकाइ गर्ने उद्देश्यसाथ गण्डकी र लुम्बिनी प्रदेशका स्थानीय तह, बन्दिपुर गाउँपालिका तनहुँ, ताराखोला गाउँपालिका बागलुङ र धुर्कोट गाउँपालिका गुल्मीबीच २०७६ कार्तिक २७ गते अर्गल भुसपोल्ने पर्वको अवसर पारेर भगिनी सम्बन्ध कायम भयो । यसले स्थानीय सरकार सञ्चालनमा आत्मविश्वास पैदा गरी स्थानीय सरकारका साझा हित र सरोकारको विषयमा समन्वय, परामर्श र सहयोगको सूचना आदानप्रदानका साथै भविष्यमा हुने विकासको गतिलाई प्रवर्द्धन गर्नेछ । वर्तमान अवस्थामा जनअपेक्षा असीमित छ्न् तर विकास गर्नका… पुरा पढौ

ताराखोलामा दुई दशकपछि भारी हिमपात, जनजीवन कष्टकर

ताराखोलामा दुई दशक यताकै भारी हिमपात भएको छ । गत बिहीबार रातिदेखि परेको हिमपातका कारण ताराखोलाको जनजिवन कष्टकर बनेको छ । ताराखोला गाउँपालिकाको विभिन्न भूभागमा भारी हिमपात परेको छ । गाउँपालिकाको ५ वटै वडाका विभिन्न क्षेत्रमा भारी हिमपात भएको छ ।यो हिमपात पछिल्लो २० वर्ष यताकै सबैभन्दा ठूलो भएको ताराखोला ४ का भपिन्द्र घर्तिले बताए । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिकाका विभिन्न क्षेत्रहरु गाउँ र पाहाड सेताम्मे भएका छन् । उच्च भुभागमा करिब २ फिट भन्दा बाक्लो हिउ परेकाले… पुरा पढौ

सन् २०२१ मा जापानमा बाल दुर्व्यवहारको घटनामा वृद्धि 

जापानमा अघिल्लो वर्षको तुलनामा बाल दुर्व्यवहारका घटनाहरूमा वृद्धि भै सन २०२१ मा दुई हजार १७० अर्थात् १.७ प्रतिशतले वृद्धि हुन पुगेका छन । एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले वा उनीहरूका अभिभावकले दुर्व्यवहारमा परेको भन्दै बाल कल्याण केन्द्रहरूलाई सूचना दिएपछि कूल एक लाख आठ हजार ५० मुद्दा दर्ता गरिएको थियो । अघिल्लो वर्ष पनि यो सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १.० प्रतिशत उजुरी बढेको पाइएको छ । कोरोनाभाइरस महामारीले असुरक्षित… पुरा पढौ

प्रेस चौतारीको स्थापना दिवसमा शहिद पार्कलाई डस्बिन हस्तान्तरण

प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बागलुङ शाखाले फोहोर व्यवस्थापनका लागि डस्बिन व्यवस्थापन गरेको छ । बागलुङ नगरपालिका–१ स्थित पर्यटकीय स्थल शहिद पार्कमा फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना दिवसको अवसरमा पाँच थाना ठूलो डस्बिन पार्कलाई हस्तान्तरण गरिएको हो । पार्कको सरसफाइमा सहयोग पु¥याउनका लागि डस्विन व्यवस्थापन गरिएको थियो । स्थापना दिवस तथा पार्कमा डस्विन व्यवस्थापन कार्याक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार राम बहादुर जिसीले शहिद पार्कलाई नगरपालिकाले पुन व्यवस्थित बनाउनमा समेत श्रमजीवी… पुरा पढौ

जापानले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुन परिमार्जन गर्दै 

जापान सरकारले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुनलाई परिमार्जन गर्ने भएको  छ ।  सरकारले १९ औं शताब्दीमा बनेको सो कानुन परिमार्जन गर्ने भएको हो ।  सो कानुनअनुसार महिलाको पूर्व पतिलाई सन्तानको जन्मदर्ता प्रमाणपत्रमा पिताको रुपमा राख्न पाइने प्रचलन थियो । दम्पतीबीच सम्बन्धविच्छेद भएको करिब ३ सय दिन भित्रमा यदि सन्तानको जन्म भएमा स्वतह महिलाको पूर्वपतिलाई सन्तानको पिताको रुपमा राख्न पाउने कानुन थियो । तर, हाल सो कानुन मान्य नहुने भन्दै सरकार पक्षले यस हप्ता सो कानुन परिमार्जन गर्न सिफारिस गरेको थियो  ।… पुरा पढौ

बागलुङमा ६२ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरूद्धको बुस्टर डोज

बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड १९ विरूद्धको बुस्टर डोज दिन थालिएको छ।सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन्।खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनका अनुसार जिल्लाका दस वटै स्थानीय तहमा अहिले कोभिड १९ विरूद्धको खोप अभियान चलिरहेको छ।‘हरेक स्थानीय तहमा सातामा दुई बार खोप सेवा सञ्चालन भइरहेको छ, बुस्टर मात्रा पनि त्यसैअन्तर्गत दिइन्छ’, उनले भने,… पुरा पढौ

एमसिसीमा भएको असमान प्रावधान हटाउन व्यापार संगठनको माग

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बारे एक प्रेस विज्ञप्ती मार्फत आफनो धारणा सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष श्याम बहादुर पाठकले एमसिसी परियोजना नेपालको हित विपरित भएकोले उक्त परियोजनालाई जस्ताको तस्तै संसदबाट पास गर्न नहुने विचार विज्ञप्तीमा उल्लेख गरेका छन् । एमसिसीको धेरै प्रावधान नेपालको सार्वभौमिकता र स्वाधिनता विरुद्ध भएकोले संसदमा भएको सबै राजनैतिक दलहरुले नेपालको हित विरुद्ध भएको असमान प्रावधानहरुलाई सहमतिमा हताएर मात्र पास गर्नु पर्ने संगठनले माग गरेको छ… पुरा पढौ

जापानको ५० प्रतिशत आयात चीनमा निर्भर, आपूर्ति शृङ्खलालाई बलियो बनाउन सुझाव

जापानको मन्त्रिपरिषद् कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन २०१९ मा जापानमा आयात गरिएका २० प्रतिशतभन्दा बढी वस्तुहरू चीनमा नै अत्यधिक निर्भर गरिनुपर्ने देखिएकोले जापानको आपूर्ति शृङ्खलालाई बलियो बनाउनुपर्ने आवश्यकतालाई जोड दिएको छ।मुल्य र आयातित वस्तुहरुको हिसाबले ५० प्रतिशतभन्दा बढीले जापानको निर्भरता चीनमा रहेको सरकारी रिपोर्टमा उल्लेख छ । आयातित सामग्रीमा जापान सबैभन्दा बढी सन् २०१९ मा चीनमा निर्भर रहेको समेत सो रिपोर्टले देखाएको छ । जापानले कपडा, खेलकुद सामग्री, फेस मास्क, मोबाइल र कम्प्युटरजस्ता सामग्रीहरु सबैभन्दा बढी चीनबाट आयात गर्ने… पुरा पढौ

सहरमा बस्ने मोह 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अहिले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । दस वर्षअघि गरिएको जनगणनामा कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । दस वर्षको अवधिमा नेपालमा २६ लाख ९७ हजार ९७६ जनसङ्ख्या बढेको छ । उक्त सङ्ख्यालाई प्रतिशतमा नाप्दा १०.१८ हुन्छ । यस अवधिमा नेपालको जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत भएको छ । जुन दस वर्षअघि १.३५ प्रतिशत थियो । कुल जनसङ्ख्यामा पुरुष ४८.९६ प्रतिशत र महिला ५१.०४… पुरा पढौ

गलकोट समाज जापानले फेब्रुअरि ८ तारिकमा टोकियो, नागोया र नागानोमा गर्ने वृहत रक्तदान कार्यक्रमको तयारी पुरा

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका टोकियो र नागोयामा फेब्रुअरि ८ तारिकका दिन गर्न लागेको वृहत रक्तदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समिति कान्तो, नागोया र नागानोको स्थानीय ब्यवस्थापनमा स्थानको तय समयको निर्धारण, प्रचारप्रसार, सम्भावित रक्तदाताको सूची तयार लगायतका तयारी भैसकेको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए ।जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रम हरु स्थगन भएको… पुरा पढौ