भारतीय गायिका लता मंगेशकरको निधन, कोरोना संक्रमणपछि भर्ना भएकी थिइन् अस्पताल 

-


     जनहित न्युज    
     माघ २३ गते २०७८


प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। यसै वर्षको ज्यानुअरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको” बताएका छन्।

नेपाली गीतहरु पनि गाएकी उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गरेको हो । उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो । पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन् ।

दिनानाथ त्यस बेला थिएटर कलाकार थिए । पिताको मृत्यु पश्चात् उनको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ सर्यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थालिन् ।

परिवारलाई सहयोग गर्नका लागि उनले केही चलचित्रमा छोटो भूमिका निर्वाह गरिन् तर उनले पछि त्यसमा आफ्नो मन नलागेको बताउने गरेकी थिइन् । सन् १९४९ मा महल चलचित्रको ’आएगा आनेवाला’ बोलको गीतले उनलाई फड्को मार्ने अवसर दियो । हिन्दी चलचित्रमा यो नै उनको पहिलो गीत थियो।

मराठी चलचित्रमा पहिलो कदम

पिताको मृत्यु पश्चात् उनको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ सर्‍यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थालिन्।

परिवारलाई सहयोग गर्नका लागि उनले केही चलचित्रमा छोटो भूमिका निर्वाह गरिन तर उनले पछि त्यसमा आफ्नो मन नलागेको बताउने गरेकी थिइन्।

”म सबैभन्दा खुसी गाउँदा हुन्थेँ,” अन्तर्वार्ताका क्रममा उनी भन्थिन्।

सन् १९४९ मा महल चलचित्रको ‘आएगा आनेवाला’ बोलको गीतले उनलाई फड्को मार्ने अवसर दियो। हिन्दी चलचित्रमा यो नै उनको पहिलो गीत थियो।

मङ्गेशकरले विवाह भने गरिनन्। उनकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?