कांग्रेस नेता बसन्त कुमार श्रेष्ठद्वारा पार्टी भवन निर्माणको लागि एक लाख सहयोग

-


     जनहित न्युज    
     माघ २६ गते २०७८


नेपाली कांग्रेसका नेता बसन्त कुमार श्रेष्ठले नेपाली कांग्रेस बागलुङको भवन निर्माण ( वीपी स्मृति भवन ) को लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।

बागलुङ नगरपालिका वडा नं ३ नारायण चोकमा बन्न लागेको भवन निर्माणको लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य तथा नेपाली कांग्रेस जिल्ला समिति बागलुङ सदस्य श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेको नेपाली कांग्रेस जिल्ला समिति बागलुङ सभापति जित शेरचनले नयाँ विश्वलाई बताए ।

पार्टीको घर बनाउने हाम्रो धेरै दशक पहिलेको सपना अहिले आएर पुरा हुन लागेको छ नेता बसन्त कुमार श्रेष्ठले भने । हाम्रो यो अभियानलाई साथ दिन र सफल बनाउन पार्टी नेता, कार्याकर्ता, शुभचिन्तक व्यवसायी सबैलाई अपिल गरेका छौ श्रेष्ठले नयाँ विश्वलाई बताए ।

नेपाली कांग्रेस बागलुङले भवनको नाम वीपी स्मृति भवन नामाकरण गरेको छ ।भवन निर्माणको लागि अहिलेसम्म ३५ लाख संकलन भएकोे छ ।

जग्गा खरीद र भवन निर्माणको लागि पार्टीले बागलुङ जिल्ला,अन्य जिल्ला र प्रवासबाट समेत पार्टीका नेता,कार्याकर्ता,शुभचिन्तकहरुबाट आर्थिक संकलन गर्ने लक्ष्य राखेको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले बताए ।

पार्टीले जग्गा खरीदको लागि २५ लाख बैना पनि दिएको छ । उक्त जग्गा फागुण महिनाभित्र पार्टीको नाममा पास गर्ने कार्य तालिका रहेको छ ।

१४ आना क्षेत्रफलमा रहेको जग्गाको मूल्य २ करोड ५ लाखमा खरीद गरेको पार्टीले जनाएको छ ।पार्किङको सुविधासहित भवन ६ तलाको बनाउने गरी नक्सा बन्न लागेको पार्टी सभापति शेरचनले बताए ।

विसं २००७ सालमा नेपाली कांग्रेस बागलुङका सस्थापक नेता ओमप्रसाद गौचनले वीपीको नेतृत्वमा सुरु भएको राणाविरुद्धको क्रान्तिको नेतृत्व अहिले नेपाली कांग्रेस बागलुङले बनाउन लागेको भवनको टोल नारायण चोकबाटै सुरु गरेका थिए ।

गौचनकै नेतृत्वमा बागलुङ र सिंगो धौलागिरि अंचलमा नेपाली कांग्रेसको पार्टी राजनीति र संगठनको प्रारम्भ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?