वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय 

-


     जनहित न्युज    
     माघ २४ गते २०७८


सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो ।

आगामी जेठ ५ गते स्थानीय तहको निर्वाचन ऐन अनुसार जनप्रतिनिधिको कार्यकाल सकिने भएकोले निर्वाचन आयोगले जेठ ४ गतेलाई निर्वाचन गर्नु पर्ने प्रस्ताव गरेको थियो ।

यसअघि सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।सरकारले गत सोमबार स्थानीय तहको निर्वाचनको मिति तय गर्ने बारेमा निर्वाचन आयोगसँग परामर्श गरेको थियो ।

आगामी जेठ ५ मा मात्र जनप्रतिनिधिको कार्यकाल सकिने स्थानीय तह निर्वाचन ऐनमा उल्लेख छ ।स्थानीय तहको निर्वाचन कति चरणमा गर्ने भन्ने बारेमा निर्वाचन आयोगले निर्णय लिन बाँकी नैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?