राष्ट्रिय समाचार

एमसिसीको विरोधमा एकीकृत समाजवादीद्वारा एमसिसीको विरोधमा बागलुङ बजारमा मोटरसाइकल र्याली

अमेरिकी सहयोग परियोजना एमसिसी को बिरोधमा बागलुङमा मोटरसाइकल र्याली गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बागलुङ सदरमुकाममा मोटरसाइकल र्याली गरिएको हो । अमेरिकी सहयोग लोभमा नेपालको राष्ट्रियता नै खतरामा पार्ने गरि देखाइएको सहयोग नेपाल र नेपालीका लागि कुनै पनि हालतमा स्विकार्य नहुने कोण सभामा बोल्ने वक्ताहरूले धारणा राखेका थिय । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट सुरु गरिएको मोटरसाइकल र्याली बजारका मुख्य सडक हुँदै लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै… पुरा पढौ

जापानी लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला 

जनवरीमा बेपत्ता भएको जापानी एफ–१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ। जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो। अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ । उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो। पुरा पढौ

एनआरएनए जापानको विवाद समाधान गर्न हिराचन र भट्टलाई जिम्मेवारी 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले एनआरएनए जापानको विवाद समाधान गर्न सङ्घका संरक्षक तथा पूर्वअध्यक्ष देवमान हिराचन र भवन भट्टलाई जिम्मेवारी दिएको छ । उच्चस्तरीय समितिले हिराचन र भट्टलाईलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र सहमतिमा विवाद समाधान नभए निर्वाचन गर्ने पूर्ण अधिकारसमेत दिइएको सङ्घको सचिवालयका कार्यकारी निर्देशक राजेश राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । गत जुलाई ३० मा गरिएको एनसिसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान गर्न दुवै पक्षसँग वार्ता प्रक्रिया अघि बढाउन र कुनै सहमति नभएमा यथाशक्य… पुरा पढौ

पूर्वाधारमा अरुलाई उछिन्दै ताराखोला गाउपालिका

शैक्षिक अन्तरक्रियामा भाग लिन सोमबार ताराखोला पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल त्यहाँको सभागृह देखेर दङ्ग परे। दर्शकदीर्घाअघि उभिएर उनले भने, “यो हेर्दा, यहाँ बोलिरहँदा कुनै विकसित सहरको सभागृहमा पुगेझैँ अनुभूति भइरहेको छ ।”  उनले आन्दोलनमा होस् या विकास निर्माणमा ताराखोलाका जनसमुदायले इमान्दार भूमिका निर्वाह गरेकामा प्रशंसा व्यक्त गरे । “यहाँको जनसमुदाय मेहेनती र इमान्दार छ, कुनै छलछाम र तिकडम छैन भन्ने कुरा कामले पुष्टि गरेको छ”, उनले भने, “भौतिक पूर्वाधारदेखि समग्र विकासमा ताराखोलाको नेतृत्वले लिएको पहलकदमी सह्रानीय छ… पुरा पढौ

यस्ता छन् प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुको २१ कारण(पूर्णपाठसहित) 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ । त्यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको उल्लेख गर्दै उनलाई महाभियोग लगाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका… पुरा पढौ

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाभियोग प्रस्ताव लिएर कांग्रेस सांसद पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठ, माओवादी केन्द्रका देव गुरुङ, कांग्रेस सासद गगन थापालगायत सांसद संसद सचिवालय पुगेका हुन् । नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ । नेपालको संविधानको धारामा… पुरा पढौ

सुटुक्क सदर हुने एमसिसी यसरी पुग्यो संसद् 

बोल बोल मछली, मुखभरि पानी’ भनेजस्तो हिजो अपारदर्शी काम गरेर नेताहरु बदनाम भए, अहिले बढी बोलेर आफैं हैरान हुँदैछन् । चाहे निर्वाचनको मिति घोषणा प्रकरण होस् या एमसिसी र प्रतिनिधिसभा विघटनकै सन्दर्भ किन नहोस्, देशका मुख्य नेताहरु लाजमर्दो अवस्थामा पुग्दैछन् । र, त्यसको महँगो मूल्य अस्थिरता, अराजकतासँग देशले चुकाउँदैछ । जब आन्तरिक राजनीतिमा गज्याङमज्याङ हुन्छ, तब स्वाभाविक रुपमा विदेशीले चलखेलको मौका पाउने नै भए । हिजो अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता कसले ग¥यो ? आफूखुशी खुसुक्क क्याबिनेटबाट पास गरे हुनेमा… पुरा पढौ

यथास्थितिमै एमसीसी टेबल भए सरकारमा बस्दैनौँ : प्रचण्ड (भिडियोसहित) 

आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राखेका थिए भने प्रचण्ड र नेपालले यथास्थितिमा टेबल नगर्न प्रधानमन्त्रीलाई भनेका थिए । बालुवाटार… पुरा पढौ

नेपाल राष्ट्रिय उघोग व्यापार संगठनले जनयुद्ध दिवसमा चियापान कार्याक्रम गर्ने

नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङद्धारा २७ औं जनयुद्ध दिवसको उपलक्ष्यमा चियापान र शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरेको छ । फागुण १ गते दिउँसो ३ बजे होटल समिटमा चियापान तथा शुभकामना आदान प्रदान कार्याक्रम आयोजना गरिएको संगठनका महासचिव गोकुल कँडेलले नयाँ विश्वलाई जानकारी दिए । नेपालको राजनैतिक,सामाजिक,साँस्कृतिक र आर्थिक परिर्वतनको लागि महत्वपूर्ण योगदान र बलिदान दिएको राजनैतिक परिघटना सुरु भएको फागुण एक गतेलाई विशेष ढंगले जनसमुदायको विचमा मनाउन उक्त कार्याक्रम आयोजना गरेको नेपाल राष्ट्रिय उघोग व्यापार संगठन… पुरा पढौ

एमसीसी नेपाल: सम्झौता संसद्‌मा प्रस्तुत गर्ने ‘प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा प्रचण्ड र माधवकुमार नेपाल असहमत’ 

एमसीसीका विषयमा सहमति जुटाउन बसेको प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीचको बैठक बिनानिष्कर्ष सकिएको छ । शनिबार एमसीसीमा केन्द्रित भएर प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । एमसीसी सम्झौताबारे संसदमा अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताले अस्वीकार गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा… पुरा पढौ