
नेकपा माओवादी जिल्ला समिति बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ । समितिले शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरि दिवस मनाएको हो ।
२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ ले सामन्ती र औपनिवेशीक व्यवस्था अन्त्य गरी स्वाधीन जनवादी व्यवस्था स्थापनाको लागि जनयुद्ध सुरु गरेको बताए ।
सवै शोषित वर्ग र जातीको अधिकार प्राप्ति गर्न जनयुद्धको भएकोले जनयुद्धबाट प्राप्त उपलव्धीको संस्थागत गरी समाजवादको यात्रामा अगाडि बढ्नु पर्ने गैरेले भने ।
कार्याक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य कुमार विक्रम क्षत्री, टिका विश्वकर्मा, माधव प्रसाद शर्मा, चन्द्र बहादुर थापा, प्रदेश सल्लाहकार बद्री प्रसाद शर्मा, शहिद परिवारबाट धनकाजी विक, बेपत्ता परिवारबाट श्याम घमाल तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेकपा माओवादी केन्द्र जिल्ला समिति बागलुङको अध्यक्ष ज्ञामनाथ गैरेको अध्यक्षता, नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य चन्द्र बहादुर थापाको स्वागत र नेकपा (माओवादी केन्द्र) बागलुङ नगर समितिका अध्यक्ष इन्द्र केसी पारसको संचालनमा सम्पन्न भएको थियो ।



