
अमेरिकी सहयोग परियोजना एमसिसी को बिरोधमा बागलुङमा मोटरसाइकल र्याली गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बागलुङ सदरमुकाममा मोटरसाइकल र्याली गरिएको हो ।
अमेरिकी सहयोग लोभमा नेपालको राष्ट्रियता नै खतरामा पार्ने गरि देखाइएको सहयोग नेपाल र नेपालीका लागि कुनै पनि हालतमा स्विकार्य नहुने कोण सभामा बोल्ने वक्ताहरूले धारणा राखेका थिय ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट सुरु गरिएको मोटरसाइकल र्याली बजारका मुख्य सडक हुँदै लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पार्टिका जिल्ला अध्यक्ष लालबहादुर थापाले नेपालको कानुन नै नजरअन्दाज गरिने गरि आएको अमेरिकी सहयोग सम्झौता स्विकार्य नरहेको बताए ।
नेपालको स्वतन्त्रता र सर्वर्भौमिकतालाई ख्याल गर्दै केहि बुँदाहरु संसोधोन भएमा मात्र नेपालका लागि स्विकार्य हुने अध्यक्ष थापाको भनाइ रहेको ।
एमसिसीको बिरोधमा आफ्नो धारण राख्दै जिल्ला अध्यक्ष थापा कोण सभामा पार्टीका जिल्ला सचिव भरत पुरीले खाए खा नखाए घिच भन्ने गरि आएको यो रणनैतिक सहयोग यथास्थितिमा नेपाल र नेपालीका लागि कुनै पनि हालतमा स्विकार्य नहुने बताए ।
कोणसभामा बोल्दै युवा संघ नेपाल बागलुङका अध्यक्ष प्रदीप जिसीले नेपालको कानुन नै उपहास हुने गरी सर्त राखिएको अमेरिकी सहयोग परियोजना एमसिसी वर्तमान अवस्थामा स्विकार्न नसकिने धारणा राखेका थिए ।
नेपालको राष्ट्रियता माथि नै खलल पुग्ने गरि राखिएका सर्तहरू परिमार्जन नभएसम्म एमसिसी कुनैपनि हालतमा पास हुन नदिने जिसीले बताए ।अमेरिकाले ५५ अर्बको अनुदान सहयोग नेपाललाई दिने र त्यसको सम्झौतामा रहेका बुँदाहरु बाझिएमा नेपालको संविधान र कानुन निष्कृय रहने भनेपछि देशभर यसको बिरोध भइरहेको छ ।



