राष्ट्रिय समाचार

स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न बिहीबारदेखि फागुन १५ गतेसम्मको समय दिएको छ । आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् । दल दर्ताका लागि भोलि सूचना प्रकाशन गर्ने उनले बतााए । आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । गत माघ २४ गतेको… पुरा पढौ

सत्ता गठबन्धनका नेताको बैठक आज, एमसीसीबारे ‘निर्णायक’ छलफल 

अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू छलफलमा जुट्दै छन् । आजको बैठकले संसद्मा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढ्छ भन्ने टुंगो लगाउन सक्छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक तय गरिएको छ । बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि आजको बैठक तय गरिएको हो । एमसीसी अनुमोदनका लागि बुधबार प्रतिनिधिसभामा टेबल गर्ने चर्चा थियो । तर,… पुरा पढौ

जापानका यी युवकले सँगै बसिदिएको, गफ सुनिदिएकोबापत पैसा लिन्छन् 

जापानका ३८ वर्षीय एक युवक सोजी मोरीमोतो गजबको जागिर गर्छन् । उनको जागिरको नाम नै ‘केही गर्न नपर्ने मान्छेलाई भाडामा लिनु’ रहेको छ । मोरीमोतोलाई जागिर दिनेहरूले उनलाई खाने, मज्जाले किनमेल गर्ने र डुलिरहने जस्ता गतिविधि मात्र गराउन सक्छन् । उनले भनेका छन्, "म कुनै मिहिनेत गरी काम गर्दिनँ । म यसो गफगाफको जवाफसम्म दिनेगर्छु । अनि बसिबसि खान्छु ।" यस्तो जागिर उनलाई मन पर्छ । तर, यस्तो सजिलो जागिरमा पनि उनी अझै त्यसै बसेर आनन्द लिन खोज्छन् । उनको यस्तै बानीले गर्दा उनी यस्तो… पुरा पढौ

नेकपा माओवादी केन्द्र बागलुङद्वारा बुढाथोकीको स्मृतिमा शोकसभा आयोजना

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य सदस्य कुशुम बुढाको   बुबा शेर बहादुर बुढाथोकी प्रति नेकपा (माओवादी केन्द्र) बागलुङले  श्रद्धान्जली र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ निवासी बुढाथोकीको ७२ वर्षको उमेर निधन भएको थियो । मंगलबार सम्पन्न शोक सभामा नेकपा (माओवादी केन्द्र) जिल्ला समिति बागलुङको अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’,नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य राजीव घिमिरे,फमलाल निउरे,कुमार विक्रम क्षत्री, माधव प्रसाद शर्मा, नेकपा (माओवादी केन्द्र) गलकोट नगर सदस्य ललिता थापाले शोक मन्तव्य… पुरा पढौ

एनआरएनएको निर्वाचन आगामी चैत १२ र १३ मा, अध्यक्ष पदमा उम्मेदवारी दिन १० लाख रुपैयाँ दर्ता दस्तुर 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी चैत १२ र १३ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले मनोनय पत्र दर्ता गर्दा १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने भएको छ । एनआरएनएले आज निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिनेले १० लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने जनाएको हो । चैतमा एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष–१, उपाध्यक्ष–४, महिला उपाध्यक्ष–१, युवा उपाध्यक्ष–१, महासचिव–१, सचिव–१, महिला सचिव–१, कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–१, महिला सह कोषाध्यक्ष–१, महिला संयोजक–१, युवा संयोजक–१, क्षेत्रीयसंयोजक–६, क्षेत्रीय उपसंयोजक–६ पदको लागि निर्वाचन… पुरा पढौ

नेपाल दलित मुक्ति मोर्चा बागलुङले भेला,प्रशिक्षण र संगठन विस्तार गर्ने

नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति बागलुङले सबै पालिकामा भेला,प्रशिक्षण र संगठन विस्तार गर्ने निर्णय गरेको छ । मंगलबार गलकोटको हटियामा भएको मोर्चाको विस्तारित बैठकले उक्त निर्णय गरेको नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति बागलुङकी अध्यक्ष टिका कुमारी विश्वकर्माले नयाँ विश्वलाई बताइन् । विस्तारित बैठकले संगठन निर्माण,दलितमाथि भएको उत्पिडन अन्त्यको लागि जनचेतनामुलक कार्याक्रम र मोर्चाको सदस्यहरुलाई राजनैतिक प्रशिक्षण संचालन गर्ने निर्णय गरेको हो । विस्तारित बैठकमा नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश संयोजक भिम विश्वकर्मा,केन्द्रीय सदस्य तथा गण्डकी… पुरा पढौ

एमसीसी सहमति नभइ टेबल भए सरकारबाट बाहिरिने माओवादी निर्णय  

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ । संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन ।… पुरा पढौ

वैदेशिक रोजगार र बसाइँसराइले रित्तिदै गएको गाउँमा बाँझो खेतबारी हरियाली बनाउन किसानहरू एकजुट

बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न बाग्लुङका किसान सामूहिक खेतीमा लागेका छन् । गलकोट नगरपालिका-७ मल्म, टोक्रीका किसानले समूह नै बनाएर बाँझो बारीमा खेती सुरु गरेका हुन् । जे फल्छ त्यही लगाउने तर जग्गा बाँझो नछाड्ने भनेर सामूहिक खेती सुरु गरिएको राम्चेढुङ्गा कृषि तथा पशुपालन समूहका अध्यक्ष विष्णु थापाले बताए । वैदेशिक रोजगार र बसाइँसराइले रित्तिदै गएको गाउँ हो, टोक्री । अध्यक्ष थापाका अनुसार त्यहाँको झण्डै ९० प्रतिशत खेतीयोग्य जग्गा बाँझो छ । समूहले पहिलो चरणमा दश रोपनीमा आलुखेती… पुरा पढौ

हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रतको आज साङ्गे

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने 

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन । नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ र सभामुख अग्निकुमार सापकोटा पनि सदनबाट निकास खोज्नेबारे सकारात्मक बन्दै गएकाले एमसीसी प्रक्रियामा जाने सम्भावना बलियो देखिएको हो ।… पुरा पढौ