राष्ट्रिय समाचार

जापान प्रवेश गर्ने आगन्तुकले एअरपोर्टबाट आफ्नो आवाससम्म जादा सार्वजनिक यातायात प्रयोग गर्न पाइने

टोकियो – जापानले विदेशबाट आउने यात्रुहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न अनुमति दिने भएको छ । आगामी महिनादेखि विमानस्थलमा आइपुग्ने बित्तिकै सार्वजनिक यातायातका साधनको प्रयोग गर्ने अनुमति दिइने भएको हो । विगत दुई वर्षमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जापानी नागरिक र विदेशी आवासीय बासिन्दाहरू सबैलाई विमानस्थलबाट बाहिरिने क्रममा सार्वजनिक यातायातका साधनको प्रयोग गर्न रोक लगाएको थियो । विदेशबाट आउने यात्रीहरूले विमानस्थलबाट बाहिरिंदा सार्वजनिक यातायातका साधनको प्रयोग गर्ने छैन भनेर लिखित प्रतिबद्धतामा हस्ताक्षर नै गर्नुपर्छ । सार्वजनिक रेल र बस… पुरा पढौ

जापान प्रवेश नियमहरू सहज भएपछि विदेशी विद्यार्थीहरूलाई प्राथमिकता दिन नसकिने-शिक्षा मन्त्री शिनसुके

पर्यटकका लागि आगमन बन्द गर्दै १ मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई जापानले खुकुलो पार्दा विदेशमा फसेका विद्यार्थीहरूलाई प्राथमिकता भने नदिने स्पष्ट पारेको छ। लामों समयदेखि जापान आउनका लागि करिब १ लाख ५२ हजार विदेशी विद्यार्थीले भिसा स्वीकृत गराइ जापान प्रवेशका लागि हतारिएका भए पनि कोभिड–१९ सम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरू जापान प्रवेश गर्न असमर्थ भएका थिए।जापान आउन हताश विद्यार्थीहरूले सीमा प्रतिबन्ध हटाउन महिनौंदेखि नाराबाजी गर्दै आएका र… पुरा पढौ

नेकपा (माओवादी केन्द्र) बागलुङ नगरले चुनावी अभियान सुरु गर्ने

नेकपा माओवादी केन्द्र बागलुङ नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गर्ने भएको छ । नगरको चौधौं वटै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको नगर समितिका अध्यक्ष इन्द्र केसीले जानकारी दिए । शनिबार बागलुङ बजारमा बसेको नगर समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । प्रत्येक वडामा बैठक,प्रशिक्षण र चुनावी लक्षित कार्याक्रम संचालन गर्ने निर्णय भएको नगर समितिका सचिव राजु खड्काले नयाँ विश्वलाई बताए । अभियानमा तल्लो तहका नेता,… पुरा पढौ

शिक्षासेवी श्रेष्ठको स्मृतिमा नयाँ विश्व पत्रिकाद्वारा शोकसभा

नागरिक संचार प्रालिद्वारा संचालित नयाँ विश्व डटकम पत्रिकाका सेयर सदस्य सिद्धार्थ मिलन श्रेष्ठको बुबा सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ प्रति पत्रिकाको तर्फबाट भावपूर्ण श्रद्धान्जली र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । बागलुङ नगरपालिका वडा नं ३ लालिगुराँस चोक निवासि श्रेष्ठको ८० वर्षको उमेर निधन भएको थियो ।शोकसभामा पूर्वशिक्षक तथा संस्कृतिकर्मी सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ को निधनले समाजमा अपुरणीय क्षति पृुगेको वक्ताहरुले बताए । शुक्रबार सम्पन्न शोक सभामा नयाँ विश्व डटकमका कार्यसमितिका सदस्य भरत शर्मा,माधव शर्मा र विदेश कुमार श्रेष्ठले… पुरा पढौ

फिलिपिन्सलाई नेपालले दियो २ सय १९ रनको लक्ष्य

आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप छनोट ए अन्तर्गत नेपालले सानदार ब्याटिङ गर्दै फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ । ओमानको ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको हो । कुशल भुर्तेलले नटआउट १ सय ४ रन बनाउँदै पारस खड्का र ज्ञानेन्द्र मल्लपश्चात अन्तराष्ट्रिय टि-ट्वान्टीमा सेन्चुरी बनाउने नेपालका तेस्रो क्रिकेटर बनेका छन् । कुशल भूर्तेलले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गर्दैँ सेन्चुरी पुरा गरे… पुरा पढौ

जापानीजले देखेको केवलकार सपना ! 

पोखराको सेदीदेखि सराङकोट केवलकार पहिलो पटक जापानीजले कल्पेका थिए । नेपाल राष्ट्रिय विकास पार्टी खोलेर पहिलो संविधान सभा चुनावमा होमिएका ताकासी मियाहाराले चुनावी घोषणा पत्रमा सेदी–सराङकोट केवलकार योजना राखेका थिए । उनले चुनाव जितेनन् । उनको चुनावी योजना शुक्रबारदेखि सार्थक भएको छ । फेवातालको मुहानतर्फ पामे जाने बाटोमा पर्छ, सेदी । अब खपौंदीदेखि नै सेदीबाट सराङकोट केवलकार आउजाउ गरेको देख्न सकिन्छ । अन्नपूर्ण केवलकार कम्पनीका निर्देशक रहेका त्रिपाठीले भने, ‘केवलकार आजदेखि संचालनमा ल्याइयो, तर दुखको कुरा, यसको परिकल्पनाकार ताकासी २… पुरा पढौ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यान्त्रिक परीक्षण उडान शुक्रबारदेखि, बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान

कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।ढिलै भए पनि आयोजना सम्पन्न भएर क्यालिबे्रसन उडानको अवस्थामा पुग्नु… पुरा पढौ

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको व्यवस्थापनमा ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न, ४४ जना रक्तदानमा सहभागी

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा वृहत रक्तदान गर्ने कार्यक्रम अन्तर्गत बिहिबार ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गलकोट समाज कान्साइ क्षेत्रीय समितिको व्यवस्थापनमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म संचालन भएको वृहत रक्तदान कार्यक्रम ओसाकाको ओसाका सी जोतो कु मोरिनोमिया २-४-४३ (Osaka shi Joto ku Morinomiya 2-4-43) मा ४४ जना भन्दा बढिले रक्तदान गरेका छन ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम,अभियान र सहयोग गरेर जापानमा क्रियाशील संस्थाहरू छुट्टै पहिचान बनाएको समाजले… पुरा पढौ

साना उद्योगीलाई आधुनिक औजार हस्तान्तरण

घरेलु तथा साना उद्योग कार्यलयले शुक्रबार एक कार्यक्रम गरि विभिन्न उद्यम तथा व्यवसाय गर्दै आएका साना उद्योगीलाई प्रविधि हस्तान्तरण गरेको छ । कार्यालयको ८० प्रतिशत अनुदान र उद्यमीको २० प्रतिशत लगानीमा जिल्लाका १४ जना उद्यमीलाई शुक्रबार विभिन्न प्रविधि मैन्त्री सामाग्री हस्तान्तरण गरिएको हो। कार्यक्रम बोल्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले उद्यमीहरुलाई आधुनिक औजार हस्तान्तरण गर्नुका साथै सम्पुर्ण व्यवसायीहरु यस्ता खालका प्रविधि सामाग्रीहरुको उचित प्रयोगमा ल्याइ गुणस्तर सामाग्रीहरु उत्पादन गरेमा आत्मनिर्भर हुने र देशको आर्थिक… पुरा पढौ

किन यति धेरै जापानी बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्?

जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा 'फुटुको' भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ। दश वर्षीय युटा इटोले गत वर्ष आफ्ना बाबुआमालाई आफ्नो समस्या बताउन वार्षिक गोल्डेन वीक होलिडे कुरिरहे र परिवारसँग बाहिर घुम्न गएका बेला आफूलाई स्कुल जान मन नलागेको कुरा बताए। महिनौँदेखि उनी प्राथमिक विद्यालय जान मन नलागि-नलागि गएका थिए वा कहिलेकाहीँ स्कुल नगइ घर बसेका थिए।… पुरा पढौ