राष्ट्रिय समाचार

जनतालाई सफा पिउने पानी दिन सकियो भने धेरै रोगहरूबाट रक्षा गर्न सकिन्छ – बीपी कोइराला

बिपी कोइरालाको स्मृतिदिवस पारेर नेपाली कांग्रेसले भर्खरै जागरण अभियान सुरु गरेको छ । तर बिपीकै आदर्श र मान्यता पछिल्ला दिन पार्टीमा ओझेल पर्दै गएको टिप्पणी हुन थालेको छ । राष्ट्रिय राजनीति, विश्वपरिवेश र हामीले लिनुपर्ने विकास मोडलबारेको बिपीको बुझाइ निकै गहन लाग्छ । उनले त्यति बेला व्यक्त गरेका धारणा अहिले पनि उत्तिकै सान्दर्भिक, आवश्यक र रुचिकर छन् । उनले नेपाल कृषिप्रधान देश भएकाले हाम्रा विकास योजना पनि गाउँमै बढी केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । विकसित देशबाट आयात नभई मौलिक… पुरा पढौ

सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुग्यो 

पुस मसान्तसम्ममा कुल सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुगेको छ । यस रकममध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८÷०७९ को छ महिनामा नेपाल सरकारको कुल कर्जा शून्य दशमलव ३३ प्रतिशतले बढेको छ । विदेशी ऋण भने ०.०३ प्रतिशतले घटेको छ । विदेशी ऋण अमेरिकी डलर उतावचढाव भएका कारणले घटेको हो । त्यस्तै, आन्तरिक… पुरा पढौ

एनआरएनएको उच्चस्तरीय समितिले काम गरिरहेको बेला छुट्टै प्रतिनिधि सूची निर्वाचन समितिलाई पठाउन मिल्दैन-वरिष्ठ कानून व्यवसायी सुनिल पोखरेल

काठमाडौँ- एक जना वरिष्ठ कानून व्यवसायी, सुनिल पोखरेल, ले उच्चस्तरीय समितिले काम गरिरहेको बेला छुट्टै प्रतिनिधि सूची निर्वाचन समितिलाई पठाउन नमिल्ने बताएका छन्।जीएनएनसंग कुरा गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) को विधानबारे जानकार अधिवक्ता पोखरेलले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) द्वारा गठित उच्चस्तरीय समितिले काम गरिरहेको बेला अध्यक्ष कुमार पन्तले एकपक्षीय रुपमा प्रतिनिधि सूची निर्वाचन समितिलाई पठाउने काम कुनै पनि हिसाबले उपयुक्त नभएको बताए।"निर्वाचन समिति अध्यक्ष पन्तले एकपक्षीय रुपमा पठाएको सूची मान्न वाध्य छैन। उसले त्यो सूचीलाई अस्वीकार गरिदिन सक्छ,"… पुरा पढौ

आईसीसी टी–२० विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा 

आइसिसी पुरुष टि–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले क्यानडामाथि ८ विकेटको सनदार जित हात पारेको हो । ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि अविजित रहेका कुशल भुर्तेलले  ३४ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । ३७बलको सामना गरेका भुर्तेलले ३ चौका तथा दीपेन्द्रले ३१ बलमा ३ चौका नै प्रहार गरे ।कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि अविजित ४८ रनको साझेदारी गर्दै… पुरा पढौ

सय जनासँग डेटिङ जादा पनि भेटिएनन प्रेमी !

बेलायतकी एक मोडलले अहिलेसम्म १ सय जना भन्दा बढीसंग डेटिङमा गएपनि प्रेमी छान्न नसकेको बताएकी छिन् । सन् २०२० मा बेलायतको ‘मिस ग्रेट’ बनेकी अप्रिल बनबरीले अहिले सम्म १ सय जनाभन्दा बढी केटाहरुसंग डेटिङमा गएपनि उनले प्रेमी छान्न नसकेकी हुन् ।बनबरी पेशाले मोडल हुन भने उनी विबाहमा लगाउने पहिरनको डिजाइन गर्ने काम पनि गर्छिन् । उनलाई विबाहको लुगा तयार गर्ने क्रममा विभिन्न बेहुलीहरुले भेट्छन् र प्रश्न गर्छन –‘तपाईले अहिलेसम्म किन विबाह नगर्नुभएको’? उनी त्यसको जबाफमा अहिले गर्दिन भनेर उत्तर दिने… पुरा पढौ

एमसीसीको विपक्षमा रहने एकीकृत समाजवादीको निर्णय 

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता खतिवडाले भन्नुभयो, ‘हाम्रो सचिवालयको बैठक जारी छ । आज छलफलको लागि समय पुगेन । हामी एमसीसीको यो प्रश्तावको संसदमा… पुरा पढौ

मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन   

नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा छ ।          जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिए पनि अझै हुनसकेको छैन । छ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ ।          गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत… पुरा पढौ

झण्डै दुई वर्षपछि अष्ट्रेलियाले पर्यटकका लागि सीमा खोल्यो

अष्ट्रेलियाले झण्डै दुई वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा खोलेको छ। छुट्टिएका परिवारको पुनर्मिलन र पर्यटन विस्तारको लागि भन्दै अष्ट्रेलियाले सीमा खोल्ने निर्णय गरेको हो।  अष्ट्रेलियाले भ्रमणमा विश्वको सबैभन्दा कडमा प्रतिबन्ध लगाएको थियो। सन् २०२० को मार्चदेखि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बन्द रहँदै आएको थियो।  गत वर्ष अष्ट्रेलियाका नागरिक र अन्य केही मानिसलाई मुलुकमा फर्किन अनुमति दिइएको भए पनि अधिकांश विदेशी नागरिकले भने अष्ट्रेलिया जान पाएका थिएनन्। पर्यटकको लागि पनि सीमा खुला गरिएसँगै सोमबार अष्ट्रेलियाको सिड्नी एयरपोर्टमा अष्ट्रेलिया फर्किनेको ठूलो भिड देखिएको छ। … पुरा पढौ

ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनको प्रथम वार्षिक साधारणसभा सम्पन्न

नेपालमा रहदा कराते खेलप्रति महत्वपूर्ण योगदान प्रदान गरि हाल बिश्वका विभिन्न देशहरूमा आफ्नो पेशा व्यावसाय अध्ययन तथा रोज़गारीका शिलाशिलामा ल विश्वका विभिन्न भूगोलमा छरिएर रहेका करातेका वरिष्ठ खेलाडी, प्रशिक्षक निर्णायकहरुको संस्था ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनको प्रथम वार्षिक साधारणसभा भर्चुवल रूपमा सम्पन्न भएको छ ।नेपालका पिछडिएका क्षेत्र र अवसरबाट बन्चित रहेका हिमालदेखि तराइसम्मका खेलाडीहरुको उत्थान प्रवर्द्धन गर्ने उदेश्य सहित गठन सो संस्थाको प्रथम बार्षिक साधारणसभाको उद्गघाटन गर्दै प्रमुख अतिथि तथा संगठनका प्रमुख सल्लाहकार नेपालमा कराते खेललाई महत्वपूर्ण योगदान गरेका थानेश्वर राईले… पुरा पढौ

मन्त्री कार्कीले प्रतिनिधिसभामा प्रस्तुत गरेको एमसिसी प्रस्तावको पूर्णपाठ

सम्माननीय सभामुख महोदय, सन्धि ऐन, २०४७ को दफा ४ को व्यवस्थाबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले मिति २०७५-१०- ५ मा नेपाल सरकार र अमेरिकी सहयोग निकाय “मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतालाई अनुमोदन गर्नका लागि सङ्घीय संसद्मा पेस गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेअनुरूप नेपालको संविधानको धारा २७९ बमोजिम प्रतिनिधिसभाको साधारण बहुमतबाट सम्झौता अनुमोदन गर्नका लागि तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले सम्मानित संसद्समक्ष प्रस्ताव पेस गर्नुभएको माननीय सदस्यहरूलाई विदितै हुनुपर्दछ । साथै, माननीय सदस्यज्यूहरूले यस विषयमा अध्ययन गरी… पुरा पढौ