राष्ट्रिय समाचार

वैशाख ३० को चुनाव रोक्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मधेश प्रदेशमा रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  सरकारले तोकेको वैशाख ३० को निर्वाचनले २०७४ असोजमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्ष कार्यकाल पूरा गर्ने संवैधानिक हक कुण्ठित हुने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर साहले रिट दर्ता गरेका थिए । यसअघि… पुरा पढौ

सुख्खा पहिरोमा परी एक जनाको मृत्यु, दुई जना घाइते 

बागलुङको बडिगाड गाउँपालिका –७ गोठानमा मोटर बाटो विस्तारको क्रममा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इदिखोलादेखि गोठान जोड्ने मोटर बाटो खन्दैगरेको अवस्थामा गोठान क्षेत्रमा विस्तार भएको सडकमाथिबाट खसेको सुख्खा पहिरोमा परेर स्थानीय ६० वर्षीय गोपीराम विकको मृत्यु भएको हो । मृतक विक सोही मोटरबाटो उपभोक्ता समितिको गतवर्ष अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।पहिरोमा परी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ३४ वर्षीय दुर्गा विक र ४१ वर्षीय डिलबहादुर विक घाइते भएका छन ।… पुरा पढौ

गायिका समीक्षा अधिकारीसँगको विवाद कृत्रिम समस्या खडा गरि संघर्षमा रहेको कलाकारलाई बारम्बार प्रहार गरिएको अभिनेता पल शाहको स्पष्टोक्ति( अपिल जस्ताको तस्तै)

नेपाली चलचित्रका नायक पल शाहले तथ्यहीन लाञ्छनाका आधारमा आफ्नो र गायिका समीक्षा अधिकारीको व्यावसायिक र व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन आग्रह गरेका छन् । नायक पल र गायिका समीक्षाबीचको सम्बन्धलाई लिएर अनेक चर्चा भइरहेका बेला मंगलबार उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् । दर्शकसामु एक सक्षम अभिनेताका रूपमा उभिने प्रयास गर्दागर्दै आफूमाथि बारम्बार प्रहार भएको उनको भनाइ छ । “समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधि र खदिलो, दरिलो मनोरञ्जनात्मक प्रस्तुति लिएर आउने प्रण पनि गर्दछु । तर, नेपाली समाजभित्र… पुरा पढौ

एनआरएनए जापान र दूतावासका बिच छलफल, जुलाईमा नेपाल फेस्टिबल गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास टोकियोबिच एनआरएनए जापानले गर्दै आएको कार्यप्रगति र भावी कार्ययोजनाबारेमा छलफल भएको छ । टोकियो स्थित नेपाली राजदुतावासको कार्यालयमा आयोजित छलफलमा दूतावासको तर्फबाट कार्यबाहक राजदूत अम्बिका प्रशाद जोशी र गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष शिवप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो । सोमबार भएको छलफलमा नयाँ कार्यसमितिले सात महिनाको अवधिमा गरेको विभिन्न सामाजिक काम र गतिबिधिहरुको बारेमा जानकारी गराउनुका साथै भावी कार्ययोजनाको बारेमा नेपाली राजदूतावास जापानलाई जानकारी गराइएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी… पुरा पढौ

२० वर्षदेखि बागलुङमा व्यापार गर्ने जुम्लीहरु

हिउँदमा विद्यालय बन्द भएपछि बुबाको साथ लागेर तीर्थराज खत्री सहर र मधेश झर्थे । उनका बुबा रतनबहादुर घुमन्ते व्यापारी थिए । राडीपाखी बेच्न आफ्ना बाउबाजेहरु भारतसम्म पुग्ने गरेको खत्रीले सुनाए । “चार कक्षा पढ्दा बुबासँगै भारतको फैजावाद गएको मलाई याद छ, जुम्लाका व्यापारीहरु सिक्किम, आसामसम्म पुग्थे”, खत्रीले भने, “तराईतिर जाँदा उखु, भेली खान पाइने, खुब रमाइलो हुन्थ्यो ।” खत्रीका बुबा रतनबहादुर बितिसके । तर, उनले छाडेको व्यापारको विरासत छोराहरुले धानिरहेका छन् । ४२ वर्षीय खत्री जुम्ला, सिँजादेखि बागलुङ झरेको २०… पुरा पढौ

विवाहित लिभिङ टुगेदरमा बसे बहुविवाह, अविवाहितले रजिस्ट्रेशन गर्नुपर्ने कानुन बन्दै !

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरूले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरूले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् । अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धविच्छेदको आधारमा मात्रै बनाइएको बताए । ‘विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाइएको छ, लिभिङ टुगेदर अहिले… पुरा पढौ

अवैध रूपमा काम गर्ने ३ जना नेपाली र काम लगाउने संचालक समेत पक्राउ

जापान-छोटो अवधिको भिसामा जापान आएका ३ नेपालीहरुलाई गाडी पार्ट्स बन्ने कम्पनीमा काम लगाएको अभियोगमा, आइची प्रान्तको टोयोटा सहरस्थित एक हाकेन कम्पनीको संचालकलाई पक्राउ गरिएको छ । हाकेन कम्पनीका संचालनक संगै, ओभरस्टे बसेका ३ नै जना नेपालीहरुलाई पनि पक्राउ गरिएको छ । प्रहरीका अनुसार उक्त व्यक्तिले सन् २०१६ को जनवरीदेखि यसै महिनासम्म, ति ३ जना नेपालीहरुलाई एउटा अटोमोबाइल पार्टपुर्जा बनाउने कम्पनीमा अवैध रूपमा काम गर्न पठाएको आशंका गरिएको नेपाल न्यूज पोष्ट अनलाइनले आफ़नो समाचारमा उल्लेख गरेको छ । प्रहरी अनुसन्धानको जवाफमा… पुरा पढौ

जापानी फ़ेस्टिवलमा नेपाल पनि थपियो

टोकियो- जापानी दूतावास र जापानी फाउन्डेसन आयोजनामा दोस्रो जापानी फिल्म फेस्टिभल अनलाइन २०२२ शुरु भएको छ । फेस्टिभलमा यसपटक नेपाल पनि थपिएको छ । जापानी फिल्मको आकर्षणलाई विश्वमाझ साझा गर्ने उद्देश्यले गत सोमबार शुरु भएको अनलाइन फेस्टिभल आगामी आइतबारसम्म चल्नेछ भने फेस्टिभल अवधिभर २५ देशमा २० जापानी फिल्म निःशुल्क स्ट्रिमिङ गरिने जापानी दूतावासले जनाएको छ । जापानी फिल्म फेस्टिभल अनलाइन २०२० नोभेम्बरदेखि मार्च २०२१ सम्म पाँच महाद्वीप र २० देशमा पहिलोपटक आयोजना गरिएको थियो । महामारीका कारण धेरै देशका फिल्म… पुरा पढौ

मालिकको यसरी भयो पुनर्मिलन १२ वर्षअघि हराएको कुकुरसँग

अमेरिकाको क्यालिफोर्नियामा १२ वर्षअघि हराएको एउटा कुकुरको उसलाई सानो बेलामा पाल्ने व्यक्तिसँग पुनर्मिलन भएको छ।जोए नाम गरेकी पोथी कुकुरलाई स्टकटननजिक एउटा गाडीबाट छोडिएको अवस्थामा फेला पारिएको थियो। बूढो एवं बिरामी कुकुर भेटिएको सूचना एक व्यक्तिले प्रहरीलाई दिएका थिए।पशुसेवासम्बन्धी एक अधिकारीले उक्त कुकुरमा राखिएको माइक्रोचिप स्क्यान गर्दा त्यो सन् २०१० देखि हराइरहेको पत्ता लागेको थियो। “यस्तो हुनसक्छ भनेर मलाई लागेकै थिएन, म एकदमै उत्साहित छु,” कुकुर पाल्ने मिशेलले भनिन्।सान जोआकिन काउन्टी शेरिफको कार्यालयका अनुसार सन् २०१५ मा माइक्रोचिप कम्पनीले उक्त कुकुर… पुरा पढौ

शिक्षामन्त्रीको ऐतिहासिक निर्णय, शिक्षकका ५१ बुँदे माग पूरा (सहमतिको पूर्णपाठ) 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा हस्ताक्षर गर्दै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूका मागहरू कार्यान्वयन गर्ने सहमति भएको बताए। “शिक्षकहरू पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो,” मन्त्री पौडेलले भने, “म पदमा बहाली भएपछि पनि उहाँका मागका विषयमा गम्भीर छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो।” सार्वजनिक शिक्षा सुधार्न मन्त्रालय र महासंघले संकल्प गर्नुपर्ने… पुरा पढौ