राष्ट्रिय समाचार

मानव आश्रम बागलुको भवन निर्माणको लागि जैमिनी नगरपालिकाको ११ लाख सहयोग

मानव सेवा आश्रम बागलुङको भवन निमार्णको लागि जैमिनी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । एउटा कोठाको नाम जैमिनी नगरपालिकाकै रहने गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँमा आर्थिक सहयोगको प्राप्त भएको मानव सेवा आश्रम बागलुङ शाखाको अभिभावक निर्मल बहादुर श्रेष्ठले बताए । अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।आश्रमको भवन निर्माणको लागि नगरपालिकाकै नाम रहने गरी हामीले एक कोठा निर्माण गर्न सहयोग गरेको जैमिनी नगरपालिकाका नगरप्रमुुख इन्द्र राज पौडेलले… पुरा पढौ

प्रिय पल, तिमी मेरो पनि ‘ड्रिमब्वाइ’ थियौ 

प्रिय पल, तिमीलाई कतिको याद छ, अनामनगरको त्यो सानो स्टुडियो । त्यतिबेला म रेडियो छोडेर भर्खर अनलाइन पत्रकारितामा आएथेँ। तिमी भिडिओ इडिटिङ छोडेर अभिनयमा। त्यतिबेला मलाई फेस गर्न तिमीलाई गाह्रो भएको थियो, क्यामेरा फेस गर्न मलाई। भनेथ्यौ, ‘मलाई अरु पत्रकारलाई फेस गर्न जस्तो सजिलो भइरहेको छैन, तपाईँलाई फेस गर्न।’ कारण म कहिल्यै कुनै सेलिब्रिटीको पछि हात धोएर लागिनँ। अर्को कुरा मनोरञ्जन पत्रकारिता गरिरहे पनि मलाई गसिपसँग दिलचस्पी थिएन। अझै पनि छैन।   तिमीलाई याद छ की छैन, मलाई थाहा भएन। तर… पुरा पढौ

जापान प्रवेश गर्ने नेपाली सहित ३७ देशका आगन्तुकको लागि अब ३ दिन मात्र होटल क्वारेन्टाइन

मार्च १ देखि जापान प्रवेश गर्ने नेपालसहित ११ देशका नागरिकहरूलाई ६ दिनको होटल क्वारेन्टाइनबाट ३ दिनमा झार्ने भएको छ ।जापानको एअरपोर्टमामा आइपुगेपछि आवास सुविधासहित इटाली, उज्वेकिस्तान, बेलायत, इजिप्ट, स्वीडेन, डेनमार्क, जर्मनी, नर्वे, पाकिस्तान, फ्रान्सबाट आउने आगन्तुकलाई हाल क़ायम रहेको ६ दिनको क्वारेन्टाइन अवधिबाट ३ दिन गराइन लागेको जापान सरकारले आफ़्नो वेभसाइटमार्फत जनाएको छ ।त्यसैगरि हाल क़ायम ३ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन रहेका ३७ वटा देशहरूमा रहेका छन । १० दिन र ६ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन अब कुनै देशका लागि… पुरा पढौ

देउवासँग वार्तापछि प्रचण्ड र ओलीबीच एक्लाएक्लै भेट

काठमाडौं = नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको छ । सबैभन्दा पहिला प्रचण्ड र ओलीबीच एक्लाएक्लै वार्ता भएको थियो । बिहीबार संघीय संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको वार्तापछि प्रचण्डले ओलीसँग भेट गरेका हुन् । भेटमा नेकपा माओवादी केन्द्रबाट नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत र एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । पुरा पढौ

किन गिजोलिदै छ एनआरएनए जापानको विवाद, क्षेत्रीय समितिले समाधान गर्न गरेको पहल कहाँ गएर अड्कियो?

एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिहरूले गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनको निर्देशनमा गठित राजन प्रधानङगको अध्यक्षतामा बनेको तदर्थ समितिलाई स्वीकार नगर्ने बताएका छन ।बिहिबार भर्चुवलमार्फत पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समितिका संयोजकहरूले स्वचालित नभई परिचालित रूपमा गठन गरिएको सो तदर्थ समिति एक नाटकको मंचन मात्र भएकोले जुलाईमा सम्पन्न निर्वाचनमा १७ सय इमेल परिवर्तन गर्नेको स्पष्ट पहिचान गरि सो इमेल मार्फत कसलाई भोट गरिएको हो सो को समेत प्रमाणसहित जानकारी नगराउने अवस्थासम्म तदर्थ समितिको औचित्य नहुने बताएका… पुरा पढौ

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि  १ बजे बस्ने जनाएको हो।  पुरा पढौ

माओवादीले संसद् बहिष्कार नगर्ने, एमसीसीको विपक्षमा मतदान गर्ने

माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो ।’ उनका अनुसार कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपाको सहयोगमा एमसीसी संसद्बाट पास हुन्छ । आजै… पुरा पढौ

पुटिनको घोषणालगत्तै युक्रेनमाथि आक्रमण सुरु, आक्रमणमा परी युक्रेनमा ७ जनाको मृत्यु, १९ जना बेपत्ता

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान मस्कोमा सम्बोधन गर्दै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए। त्यसको लगत्तै युक्रेनको राजधानी कीभलगायत अन्य शहरमा विस्फोट भएको हो। कीभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। बिहीबार बिहानै युक्रेनको पूर्वी डोनबास क्षेत्रको क्रामतोर्स्क शहरमा पनि कम्तीमा दुईवटा ठूला विस्फोट भएका छन्। खार्किभ, मारियुपोल, माइकोलाइभ र ओडेसा शहरमा पनि विस्फोटका खबर आइरहेका छन्। रुसले बिहीबार युक्रेनमा गरेको आक्रमणमा ७ जनाको मृत्यु भएको छ। युक्रेनको प्रहरीले दिएको जानकारीअनुसार थप १९ जना मानिस आक्रमणमा बेपत्ता… पुरा पढौ

कोभिड सङ्क्रमण भएका मानिसको फोक्सोमा हतपत पत्ता नलाग्ने खराबी देखाउने नयाँ प्रविधि

यूकेमा भएको एउटा प्रारम्भिक अध्ययनले दीर्घ कोभिड भएका मानिसको फोक्सो सहजै पत्ता नलाग्नेगरी क्षति भएको देखाएको छ।नियमित जाँचबाट नदेखिने फोक्सोको अस्वाभाविक रूपबारे अध्ययनका लागि वैज्ञानिकहरूले नवीन ग्यास स्क्यान प्रक्रिया अपनाएका थिए। कोभिडको प्रारम्भिक चरणमा अस्पतालको उपचार आवश्यक नभएका तर पछि लामो समयसम्म श्वासप्रश्वासको समस्या भएका ११ जनामा अध्ययन गरिएको थियो। यो निष्कर्षलाई पुष्टि गर्न अझै बृहत् र विस्तृत अध्ययन भइरहेको छ।कोभिड भएपछि अस्पताल भर्ना भएका मानिसहरूमा गरिएको यसअघिकै अध्ययनमा आधारित भएर नयाँ अध्ययन थालिएको थियो। अनुसन्धानकर्ताहरूले अध्ययनबाट दीर्घ कोभिड भएका… पुरा पढौ

नेपाल पत्रकार महासंघ बागलुङद्वारा सूचना आयोगको सचिव पाण्डे सम्मानित

नेपाल राष्ट्रिय सूचना आयोगको सचिव तथा जिल्ला प्रशासन कार्यालय बागलुङका पूर्वप्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाइलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले उनलाई सम्मान गरेको हो ।पाण्डेलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाको लागि जग्गा प्राप्तिमा महत्वपूर्ण सहयोग गरेकोले महासंघले कदरपत्र र दोसल्लाले सम्मान गरेको हो । कार्यक्रममा नेपाल राष्ट्रिय सूचना आयोगको सचिव तथा जिल्ला प्रशासन कार्यालय बागलुङका पूर्वप्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डले पत्रकार महासंघलाई जग्गा दिलाउन आफूले गरेको कोशिस र सबैको सहयोगले बागलुङका पत्रकारहरु आफनै भवनमा बसेर काम… पुरा पढौ