राष्ट्रिय समाचार

संसदबाट अनुमोदन भयो अमेरिकी सहायता सम्झौता एमसीसी, अनुमोदनका क्रममा को नेताले के भने ?

प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले एमसिसीसँगै यसको १२ बुँदे व्याख्यात्मक घोषणा पारित पनि पारित गरेको छ। सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमाेदन गरेको हाे । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।… पुरा पढौ

भोलि विप्लव नेकपासहितको दल र मोर्चाको नेपाल बन्द

एमसिसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । आइतबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संसदबाट एमसिसी पारित गर्न लागेकोले विरोध स्वरुप नेपाल बन्दको आयोजना गरेको उल्लेख छ । नेपाली जनताको विरोध र संघर्षको बाबजुद एमसिसी संसदबाट पारित गर्न देउवा सरकार र संसदमा भएका मुख्य राजनैतिक दलहरु लागेको विरोधमा नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ… पुरा पढौ

कालिका भगवती मन्दिरमा अब क्युआर कोडबाट भेटी

नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा आधुनिक बैकिङ्ग प्रणाली क्युआर कोड सुरु गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवश्यकतालाई ध्यान दिँदै डिजिटल बैंकिङ प्रविधि क्युआर कोडको सुरु गरिएको हो । ब मन्दिरमा आउने भक्तजनहरुले दान दक्षिणा एवं भेटी क्युआर कोडको प्रयोग गरि चढाउन पाउने भएका छन् प्रभु बैंक बागलुङ शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष लिला देवी खड्कालाई क्युआर कोड हस्तान्तरण गरेको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी तथा गैरसरकारी… पुरा पढौ

यस्तो छ  ११ बुँदे ‘व्याख्यात्मक घोषणा’ (पूर्णपाठसहित) 

सत्तारुढ दलले एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने भएका छन् । सत्तारुढ दलले तयार पारेको व्याख्यात्मक घोषणामा कम्प्याक्ट इण्डोप्यासिफिक रणनीति नभएको भनिएको छ । ​आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो । यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो । यससँगै संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ । एमसीसीबारे सत्ता गठबन्धनको व्याख्या - सैन्य सुरक्षा गठबन्धन नमान्नेदेखि बौद्धिक सम्पति नेपालकै हुने ‘कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल… पुरा पढौ

प्रेस सेन्टर बागलुङले सबै पालिकामा तालिम,संगठन विस्तार र प्रशिक्षण आयोजना गर्ने

प्रेस सेन्टर नेपाल बागलुङको पुर्ण बैठक गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा आज सम्पन्न भएको छ बैठकले संगठनलाई समय सापेक्ष अगाडी बढाउन र पत्रकारहरुको हक हित र अधिकारको निमित्त विभिन्न निर्णय गरेको छ । संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पत्रकारिता तालिम, संगठन विस्तारसँगै सदरमुकाममा विषयगत पत्रकारिता तालिम सञ्चालन गर्ने योजना तय गरेको प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिनुभयो । त्यस्तै सेन्टरले स्थापना गरेको २ वटा पुरस्कारलाई व्यवस्थापन… पुरा पढौ

एमसीसी पास गर्ने भएपछि माओवादीको स्पष्टीकरण

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । केही बेरअघि नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा प्रमुख सचेतक देव गुरूङले ५ दलबीच भएको एमसीसी बारेको ११ बुँदे व्याख्यात्मक घोषणा बाचन गरेर सुनाएका छन् । सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको स्पष्टीकरण ज़स्ताकोतस्तै हाम्रो पार्टी र नेतृत्वले लिएको पछिल्लो निर्मम निर्णय सहि छ। हामीले गरेको अनुमान भन्दा धेरै माथिबाट "ब्याख्यात्मक प्रस्ताव" तयार भएको छ । यसबाट उत्पन्न दर्जनौं प्रश्नहरुको जवाफ दिन हामी तयार… पुरा पढौ

पल शाहद्वारा प्रहरीसामु आफैं उपस्थित भै आत्मसमर्पण गरे

अभिनेता पल शाह आइतबार आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका छन ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।   यसअघि शाहले आजै प्रहरीमा उपस्थित हुने बताएका थिए । गायिकाले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीको आधारमा उनी आज प्रहरी कार्यालयमा आफै उपस्थित भएका हुन । त्यसयता उनी फरार रहँदै आएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए । … पुरा पढौ

माओवादी केन्द्रले अन्ततः एमसीसीकै पक्षमा मतदान गर्ने 

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले नेपालको चासोका विषयहरुमा नेपाली पक्षको धारणा र शर्तसहित तयार हुने व्याख्यात्मक घोषणा राखेर एमसिसी पारित गर्ने निर्णय गरेको हो । व्याख्यात्मक घोषणामा सम्झौतामा कायम रहेका आशंकाहरुमा नेपालको धारणा उल्लेख गरिनेछ । नेपाली पक्षले बुझे अनुरुप यो कार्यान्वयनमा नजाने अवस्थामा सम्झौता भंग हुने त्यसमा उल्लेख हुनेछ । के हो त व्याख्यात्मक टिप्पणी ? व्याख्यात्मक टिप्पणी भनेको सम्झौतामा दुबै पक्षबीच देखा परेकाे… पुरा पढौ