विक्रमको अठारौं शताब्दीको अन्त्य र उन्नाइसौं शताब्दीको प्रारम्भतिर उपत्यकाको खास गरी भादगाउँबाट बागलुङमा नेवारहरू आई बसोबास गरेको देखिन्छ । काठमाडौं, पाटन, बनेपालगायत अन्य स्थानबाट पनि नेवारहरू बागलुङमा आई बसोबास गरेको पाइन्छ । कोही जागिर खाएर, कोही व्यापार गर्न, कोही तामाखानीको ठेक्का लिएर, कोही जगात (कर) उठाउने ठेकेदार भएर नेवारहरू यहाँ आई बसोबास गरेको देखिन्छ । पर्वत राज्य (बागलुङ) नेपालमा एकीकरण हुनुभन्दा अघिदेखि यहाँ नेवारहरू आएको भेटिन्छ । भादगाउँ गोर्खालीले कब्जा गरेको १५ वर्षपछि भादगाउँका राजा रणजित मल्लको भित्रिनीपट्टिका छोरा अवधूत…
पुरा पढौ