संकटग्रस्त युक्रेनमा रहेका नेपालीहरूलाई जर्मन जान नेपाली दूतावासको आग्रह

-


     जनहित न्युज    
     फागुन १४ गते २०७८


रुसी आक्रमणका कारण संकटग्रस्त युक्रेनमा रहेका नेपालीहरूलाई अन्यत्र जान जर्मनको बर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गरी युक्रेनबाट सुरक्षित तरिकाले स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान नेपालीहरूलाई आग्रह गरेको हो ।

युद्ध बढेपछि यी राष्ट्रले नाका खुला गरिदिएकाले त्यहाँबाट निस्किन दूतावासले भनेको छ ।

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाकामा प्रवेश गर्न राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपि फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।

हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?