पल शाहद्वारा प्रहरीसामु आफैं उपस्थित भै आत्मसमर्पण गरे

-


     जनहित न्युज    
     फागुन १५ गते २०७८


अभिनेता पल शाह आइतबार आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका छन ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।  

यसअघि शाहले आजै प्रहरीमा उपस्थित हुने बताएका थिए । गायिकाले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीको आधारमा उनी आज प्रहरी कार्यालयमा आफै उपस्थित भएका हुन । त्यसयता उनी फरार रहँदै आएका थिए । 
आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

एउटा म्युजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबरजस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?