राष्ट्रिय समाचार

नाबालिगलाई प्रलोभन देखाएर करणी गरेको आरोपमा पल शाहलाई पक्राऊ गर्न देशभरका प्रहरी कार्यालयमा सर्कुलर

अभिनेता पल शाहलाई पक्राउ गर्न नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ।  नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।  अभिनेता पल शाहले नाबालिग किशोरीमाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए।  १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज… पुरा पढौ

घर र मानिसलाई प्लास्टिकमा बेरेर फोटो खिच्दैछन् जापानी फोटोग्राफर हारुहिको कावागुची 

जापानी फोटोग्राफर हारुहिको कावागुचीसँग ‘फेमिली-फोटो’ खिच्नु परे एउटा अनौठो सर्त पूरा गर्नुपर्छ। उनले पूरै घरलाई प्लास्टिकले छोप्छन् र फोटो खिच्न लागेको मान्छेलाई प्लास्टिकको झोलामा ‘भ्याकुम-सिल’ गर्छन्। त्यसपछि मात्रै उनले फोटो खिच्न सुरु गर्छन्। मान्छे निसास्सिनुअघि नै टोकियोका फोटोग्राफर कावागुचीले केही सेकेन्ड फोटो खिचेर भ्याउँछन्। यस्तो अनौठो फोटोलाई कावागुचीले ‘मेमोरियल फोटो फर द फेमिली’ (परिवारको यादगार फोटो) भन्ने गरेका छन्। यो उनको जारी सेरिज ‘फ्रेस लभ’ (ताजा प्रेम)को एक अंश हो। यो उनको दुई दशक लामो मिसन हो। जसमा उनले मानिसहरूलाई प्लास्टिकमा र्‍याप… पुरा पढौ

उद्योग वाणिज्य संघले गर्यो प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरको विदाइ

बागलुङ उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरलाई विदाई गरेको छ । प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले बागलुङ जिल्लाको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेकाले उद्योगी व्यवसायीले आफनो व्यवसाय सहज ढंगले संचालन गर्न पाएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । बागलुङको शान्ति सुरक्षाको वातावरण निर्माण गर्न उद्यागी व्यवसायी लगाएत सबै सरोकारवालाले सहयोग गरेकोमा आफू खुशी भएको जल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले भने… पुरा पढौ

तमानखोला गाउँपालिकाको सोलेडाँडाको सहिदोद्यान अधुरै

यहाँको पर्यटकीयस्थल सोलेडाँडामा दुई वर्षअघि निर्माण थालिएको सहिदोद्यान अझै अधुरै छ । तमानखोला गाउँपालिका–४ मा बन्ने सो उद्यानको काम गत वर्ष नै सक्ने लक्ष्य थियो । बजेट भएर पनि कामले गति लिन नसकेको वडाध्यक्ष उदीमबहादुर छन्त्यालले बताए । पहिलो वर्ष गाउँपालिकाको रु पाँच लाख बजेटबाट उद्यानका लागि जग्गा छनोट, घेराबार र विश्रामस्थल बनाइएको थियो । गत आवमा छुट्टिएको रु सात लाख बजेटबाट खासै काम हुने सकेन । शालिक निर्माण, उपभोक्ता समिति गठन आदिमा भएको ढिलाइले एक वर्ष उद्यानको काम रोकिएको… पुरा पढौ

कलकत्ते काईंयो र टेबलमा ऐना छ, तर जयनन्द छैनन् 

रत्नराज्य कलेजमा पंक्तिकार पत्रकारिता पढदै गर्दा छेउमै रहेको ललितकला क्याम्पसमा पढने मित्रहरु डेस्क ठटाउँदै एउटा गीत खुबै गाउँथे, ‘कलकत्ते काईंयो केस मेरो बांगो, टेबलमा ऐना छ,पीरती मैले नलाको हैन तकदिरमै रैनछ’ प्रेम वियोग भोगेका ठिटा ठिटीलाई यो गीतको ‘तकदीरमै रैनछ’ शब्दले बढी प्रभाव पार्ने गथ्र्यो । तामाङ सेलो लयमा गाइएको यो गीत हिजोआज पनि पिकनिक, जमघटदेखि सांगीतिक रियालीटी शोमा समेत गुञ्जिरहेकै छ । कलकत्ते काईंयो पनि छ, टेबलमा ऐना पनि छ । तर, अब रहेनन्, यो गीत गाउने लोक गायक… पुरा पढौ

बागलुङ समाज जापानको आयोजनामा प्रथम पुरस्कार करिब ३ लाख राशी रहेको दोस्रो रनिङ कप पुरुष भलिबल प्रतियोगिता सिन्जुकुमा हुदै

बाग्लुङ समाज जापानले अप्रिल ४ तारिखका दिन टोकियोमा दोश्रो रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।नेपालको राष्ट्रिय खेल भलिबललाई चैते दसैंको अवसरमा खेलकूदमार्फत प्रवाशमा रहेका खेलाडीहरुको विकासमा टेवा पुर्याउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो।भलिबल प्रतियोगिता संचालन गर्नका लागि समाजले विभिन्न उप-समिति गठन गरी जिम्मेवारी बाडफाडका साथ प्रतियोगिताको तयारी थालेको समाजका कार्यवहाक अध्यक्ष यमकान्त कँडेलले बताए ।प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्दै समाजको उद्देश्य परिपूर्तिका लागि समग्र प्रतियोगिताको संयोजन गर्ने गरि कार्यक्रम संयोजक कार्यसमिती सदस्य बसन्त… पुरा पढौ

एनआरएनएको एचएलसी सदस्य हिराचनद्वारा गठित एनआरएनए जापानको तदर्थ समितिको विस्तार,अध्यक्ष प्रधानाङगद्वारा तोकिएको ज़िम्मेवारी पूरा गर्ने प्रतिबद्धता

गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनले गत जुलाई ३० मा सम्पन्न जापानको निर्वाचनलाई बदर गर्दै तत्काल आगामी कार्यकालको निर्वाचन गर्नका लागि गठित तदर्थ समितिका अध्यक्ष राजन प्रधानाङगले सो समिति विस्तार गरेका छन ।एनआरएनए जापानको निर्बाचन र जापानबाट आईसिसीमा डेलिगेट्स पठाउने कार्यभार पुरा गर्न गरिएको निर्देशन बमोजिम समितिका सदस्यमा डा.केदार शंकर श्रेष्ठ, बिजेश थकाली, नारायण स्टेभेन्स र रमेश बाबु घिमिरेलाई मनोनीत गरेको प्रधानाङगद्वारा मंगलबार जारी अपिलमार्फत जनाईएको छ ।प्रधानाङगद्वारा जारी गरिएको अपिलमा समन्वय उपसमितिको समेत गठन गरि… पुरा पढौ

कस्तो हुनुपर्छ जनता र जनप्रतिनिधिको सम्बन्ध ?

जनताका आवाज, विचार र भावनालाई विभिन्न निकायमा समावेश गराई आवश्यक नीति बनाएर उनीहरूको हितमा काम गर्ने दायित्व सबै तहका जनप्रतिनिधिको हो । यसैका आधारमा निर्वाचनअगाडि आम नागरिकको बीचमा गएर समुदायको हितका लागि आफ्नो सम्पूर्ण जीवन खर्चिने प्रतिबद्धता जनाइन्छ । समाजमा केही असल काम गर्ने अपेक्षाबाटै जनताले जनप्रतिनिधिलाई आफ्नो मत दिने हुन् । त्यसैले जनप्रतिनिधिले समाज र समुदायका सामूहिक उद्देश्य पूरा गर्ने क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । त्यसो नहुँदा समाजको रूपान्तरण र विकास होइन, दुर्घटना र विद्रोह निम्तिन सक्छ । हरेक… पुरा पढौ

नेपाल युएईसँग पराजित, दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो 

यूएईसँग पराजित हुँदै नेपालको टी२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । टी२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल ६८ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो । नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ । युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा… पुरा पढौ

अमेरिकी राजदूतसँग भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार लागे ओली

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्। अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग भेटेपछि ओली प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन्। ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री देउवाले बाेलाएपछि ओली बालुवाटार गएकाे जानकारी दिए।  'प्रधानमन्त्रीसँग सम्वादका लागि अध्यक्षज्यू अन्य नेताहरुसहित बालुवाटार जानु भएको छ', उनले भने, 'त्यहाँ एमसीसीसहित अन्य समसामयिक विषयमा दुईजनाबीच कुरा हुनेछ।' संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधूपमा सत्तारुढ नेपाली कांग्रेस रहेका बेला ओलीलाई देउवाले बालुवाटार बोलाएका हुन्।  पुरा पढौ