राष्ट्रिय समाचार

द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय 

सरकारले द्वन्द्वपीडित शिक्षकको समस्या सम्बोधनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म उमेर हद ननाघेका द्वन्द्वपीडित शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो। शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार २ सय ३३ जना शिक्षकको पुर्नवहाली हुने छ । जसमा १८ जना शिक्षकको नियुक्ति, ४१ जना शिक्षकको हकमा सेवा सुविधा र दुई सय ८४ जना शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका हुन् । पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा गठित तत्कालिन कार्यदलले २०७३ मंसिर २६ गते दिएको प्रतिवेदन अनुसार… पुरा पढौ

एमसीसी पारित भएपछि सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा  (विज्ञप्तिको पूर्ण पाठसहित)

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदन गरेपछि उसले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो,’ अध्यक्ष केसीले भने- “एमसीसी संसद्बाट अनुमोदन गराएपछि सत्ता गठबन्धनका दलहरु देशको हितका पक्षमा छैनन् भन्ने प्रमाणित भएको छ । यससँगै यो गठबन्धनको औचित्य पनि समाप्त भएको छ,” राष्ट्रिय जनमोर्चाका… पुरा पढौ

जापानको असाहिकावा स्टेसनभित्रै छुरा प्रहार गरि एक जनाको हत्या

जापानमा प्राविधिक प्रशिक्षार्थीका रूपमा काम गर्दै आएका ३५ वर्षीय भियतनामी पुरुषलाई आइतवार दिउँसो होक्काइडोको असाहिकावास्थित जेआर असाहिकावा स्टेसनभित्र छुरा प्रहार गरी हत्या गरिएको तीन घण्टापछि एकजना संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।साङ्केई शिम्बुनको समाचारका अनुसार टिकट गेट नजिकैको शौचालय बाहिर साँझ ४ः४० बजे थान भान न्घियामाथि पटकपटक छुरा प्रहार गरिएको देखेपछि एक यात्रुले प्रहरीलाई बोलाएका थिए । प्रहरीले घाईते भान न्घियालाई उद्दार गरि अस्पताल लगिएकोमा करिब एक घण्टापछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक भान न्घियासंगै निर्माण… पुरा पढौ

बेलारुसमा रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेको पाचौँ दिन दुई देशबीच वार्ता शुरु भएको छ । बेलारुस र युक्रेनबीचको सीमाक्षेत्रस्थित एक गाउँमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच वार्ता शुरु भएको हो । युद्ध अन्त्य गर्ने विषयमा वार्ता शुरु हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन आग्रह गरेका थिए । वार्ताका क्रममा युक्रेनले दुई माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो । युक्रेनले… पुरा पढौ

लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि एमसीसीमा सहमतिः प्रचण्ड (भिडियो सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना(एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा गर्व गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसदबाट एमसीसी अनुमोदन हुँदा नेपाली समाज विभाजित हुनबाट बचेको बताएका हुन् । उनले भने, ‘केही साथीहरु व्याख्यात्मक टिप्पणीलाई कागजको खोस्टो हो भन्नुहुन्छ । तर होइन नेपाली समाज विभाजित हुनबाट बचेको छ । गर्व गर्नुपर्छ हामीले । राष्ट्रिय स्वभाभिमानलाई स्वतन्त्र अडान स्थापित भएको छ ।’ उनले एमसीसी सम्झौता अनुमोदन नहुँदा शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने… पुरा पढौ

जापान नेपाली एकता समाजको दोस्रो सम्मेलन मार्च ८ मा

जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च ८ तारिखमा हुने भएको छ । ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ राजधानी टोकियोमा रक्तिम अभियान र नौमती बाजा सहित राष्ट्रिय सम्मेलन गर्न लागेको जापान नेपाली एकता समाजले जनाएको छ । कोरोना संक्रमणको जोखिमपूर्ण अवस्थालाई ख्याल गर्दै राज्यले निर्दिष्ट गरेका स्वास्थ्य सुरक्षाको पालना गरी राष्ट्रिय सम्मेलन हुने छ । जापान नेपाली एकता समाजको स्थापना सन् २०१२ भएको थियो । त्यसयता समाजले जापानमा रहेका… पुरा पढौ

रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ताको तयारी

युक्रेन र बेलारुसको सीमामा रुससँग शान्तिवार्ता गर्न युक्रेनी टोली पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।उनीहरूका अनुसार वार्ताको मुख्य विषय युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ती हुनेछ।यसअघि बन्दोबस्ती तथा सुरक्षा कारण उक्त वार्ता स्थगित भएको बताइएको थियो।युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले वार्ताबाट कुनै उपलब्धि हासिल होला भन्ने आशा नराखेको आइतवार बताएका थिए। तर उनले वार्ताका लागि प्रयास गरिनुपर्ने र युक्रेनले युद्ध रोक्ने प्रयास नगरेको आरोप कसैले पनि लगाउनु नहुने बताएका थिए। चार लाख मानिसले युक्रेन छोडे संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले… पुरा पढौ

कोपनहेगनमा ‘विश्व आर्थिक क्रान्ति’ किताबको परिचर्चा

आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ किताबको विमोचन र परिचर्चा कोपनहेगनमा भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले गरेको कार्यक्रममा डेनमार्कका लागि नेपाली कार्यवाहक राजदूत तीर्थराज अर्यालले किताबको विमोचन गरे । ‘विश्वको आर्थिक इतिहासलाई नेपाली आँखाबाट हेर्ने प्रयास स्वरूप यो बुक जन्मेको हो,’ लेखक पौडेलले भने, ‘परदेशको व्यस्तताका बावजूद समय मिलाएर लेखेको हुँ।’ सुमेर सभ्यताकै शुरुवातदेखि सिलिकन भ्याली सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमाञ्चक आर्थिक परिघटनाहरु किताबमा समावेश गर्ने कोसिस गरेको उनले बताए।… पुरा पढौ

रुससँग पूर्वसर्तविना भेटवार्ता गर्न युक्रेन तयार, युक्रेनी टोलीको यात्रा सुरक्षालगायतको जिम्मा बेलारुसले लिने 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ता प्रस्ताव स्वीकार गर्नुभएको छ । यसअघि बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गर्नुभएका युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वर्ता गर्न तयार भएका हुन ।  युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो वार्ता टोली पठाउन तयार हुनुभएको बेलारूसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकाशेन्कोबीच टेलिफोनमा कुराकानी भएको हो ।  बेलारुसी राष्ट्रपति लुकाशेन्कोले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र… पुरा पढौ

पल शाह प्रकरणमा जेल जान रहर गर्नेहरु के रहेछ क़ानून हेर्नुहोस।

गएको बुधबार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पल शाह आज आइतबार बल्ल प्रहरीको सम्पर्कमा आउन बाध्य भए। यो बीचमा कानुनसँग लुकेर उनले फेसबुके, युट्युबे र टिकटके अदालतमा अडियो सहितका ‘प्रमाण’ राख्दै बहस छेडेका थिए। तर यो क्रममा जजसले पीडित किशोरीको नाम,  फोटो र परिचय खुल्ने काम गरिरहेका छन्, उनीहरुले नबुझेको कुरा के हो भने उनीहरुको यो कामले जेल जानु पर्ने अवस्था आउन सक्छ। विदेशतिरको उदाहरण दिएको हैन, नेपालमै अदालतले यस्तो सजायको घोषणा गरेको नजिर बसिसकेको छ।  सोसल मिडिया हेर्ने… पुरा पढौ