राष्ट्रिय समाचार

राष्ट्रसंघमा नेपालसहित १४१ देशद्वारा युक्रेनको पक्षमा मतदान 

काठमाडौं । रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा मतदान गरेका छन् । बुधबार राति संयुक्त राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो। छिमेकी भारत र चीन भने मतदानमा अनुपस्थित रहे । एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ। त्यसको विरोध गर्दै राष्ट्रसंघले प्रस्ताव पारित गरेको हो। राष्ट्रसंघले लडाइ रोक्न र युक्रेनबाट आफ्ना सैनिक फिर्ता लग्न माग गर्दै प्रस्ताव पारित गरेको हो । उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले यो प्रस्तावको विपक्षमा मतदान गरेका… पुरा पढौ

जापानले दैनिक आगमन सीमा बढाएर ७,००० पुर्याउने

जापानले तीन महिनादेखि लगाउदै आएको सीमा प्रतिबन्ध मार्च १ बाट सुरु भएसंगै देशमा प्रवेश गर्न अनुमति दिने दैनिक सीमा हालको ५,००० बाट बढाएर ७,००० पु¥याउने योजना बनाएको छ ।धेरै विद्यार्थीहरू अप्रिलबाट विद्यालयको अध्ययन सुरु हुनु अघि जापान प्रवेश लागि लामो समयदेखि पर्खिरहेकाले विदेशी नागरिकहरूलाई सीमाको पर्वाह नगरी हालको दैनिक ५००० जना प्रवेशको सिमालाइ बढाएर ७००० जनामा सम्मलाई स्वीकार गर्ने सरकारले बनाएको र सो को बारेमा प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार पत्रकार सम्मेलनमा थप घोषणा गर्ने अपेक्षा गरिएको सरकारी स्रोतहरूले बताएका छन… पुरा पढौ

राष्ट्रसंघ : अमेरिकासँगै नेपाल पनि युक्रेनको पक्षमा, भारत तटस्थ, चीन विपक्षमा

युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ।  स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन्।  ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका हुन्। नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य देश हो।  युक्रेनको अवस्थालाई लिएर विश्व अहिले विभाजित छ। रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन्। अमेरिका र… पुरा पढौ

ओलीलाई पदच्युत गर्न एमसीसीबारे योजनाबद्ध दुष्प्रचार गरिएको थियो: एमाले (विज्ञप्तिसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएका छन्। संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टीको तर्फबाट पत्रकार सम्मेलन गर्दै ओलीले एमसीसीलाई सहज रुपमा लिन र राजनीतिक नगर्न आग्रह गरे । उनले भने– विकास परियोजनाका रुपमा लिनुपर्छ । मतभेद, द्वन्द्व सिर्जना गरेर राजनीति नगरौं’ ओलीले एमसीसी सम्झौता इण्डो प्यासिफिक रणनीतिको अंग नभएको भन्दै सत्ता गठबन्धनका केही दलले यही बिषयमा निर्लज्ज राजनीति गरेको आरोप लगाए ।… पुरा पढौ

‘एमसिसीमा ‘व्याख्यात्मक घोषणा’ले जनतामा गएको भ्रम चिर्छ’: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा भएको भ्रम चिरेर संसदबाट अनुमोदन गरेको बताएका छन् । एमसीसीको पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राष्ट्रहितलाई तलमाथि हुन नदिइकन एमसीसी पारित गरेको बताएका हुन् । उनले अमेरिकी सेना नेपाल आउने, आईपीएसको अंग हुने कि नहुने, कुनै गठबन्धन, सुरक्षा रणनीतिमा सामेल हुने कुरामा स्वीकार गर्न नसकिने उल्लेख गरे । उनले भने,‘त्यही भ्रम व्याख्यात्मक टिप्पणीमा उल्लेख गरिएको छ ।’ अध्यक्ष नेपालले प्रमुख विपक्षी एमालेले… पुरा पढौ

जापानले सीमा नियन्त्रणलाई सहज बनायो, ४ लाख ७ हजार भन्दा बढि प्रवेश प्रतिक्षामा

जापानले मंगलबारबाट कोभिड-१९ को संक्रमणलाई रोकथाम र नियन्त्रणको लागि कडाइ गर्दै आएको सीमा नियन्त्रणलाई सहज बनाउदै दैनिक ५ हजार नयाँ प्रवेश गर्ने अनुमति दिनुका साथै जापानी र विदेशी दुबै नागरिकहरूको लागि क्वारेन्टाइन अवधि घटाउने र छुट दिन सुरु गरेको छ।तीन महिना पछि पहिलो पटक खुकुलो सिमा पारिएको नियन्त्रणलाई दैनिक ५००० विदेशी नागरिकले पर्यटन बाहेक अन्य प्रयोजनका लागि जापान प्रवेश गर्न सक्नेछन् ।जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार जनवरी ४ सम्म ४ लाख ७ हजार भन्दा बढी व्यक्तिहरू जापान प्रवेशको भिसाका लागि… पुरा पढौ

स्नेहा बनिन् बेलायतको पहिलो नेपाली महिला कानुन व्यवसायी

बेलायतमा पहिलो पटक नेपाली मूलकी महिला स्नेहा शाक्य श्रेष्ठ कानुन व्यवसायी बनेकी छन्। बेलायतमा भने प्राक्टिसिङ ब्यारिष्टर भन्ने गरिन्छ । अन्तिम तालिम प्युपिलेज सकेपछि गएको साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत कानून व्यवसायी ब्यारिष्टर का रूपमा सूचीकृत भएकी हुन्। कानुन व्यवसायलाई बेलायतमा सम्मानित र उच्च तहको कमाई हुने पेशाका रुपमा लिइन्छ। श्रेष्ठले अब अपराध, परिवारसित सम्बन्धित ९बालबालिका० र अध्यागमनसँग सम्बन्धीत कानुनी अभ्यास गर्नेछिन्। युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किङ्ग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्। बेलायतमा हाल २ नेपाली… पुरा पढौ

चैत्र २४ गतेदेखि चैत्राष्टमी मेला

बागलुङ – कोभिड–१९ ले दुई वर्षयता मेला, महोत्सव प्रभावित छन् । यहाँको ऐतिहासिक चैत्राष्टमी मेला पनि त्यसबाट अछुतो रहनसकेन । विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला गर्न लागिएको हो । पाँच दिनसम्म चल्ने मेलाको तयारी थालिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेलाको मूल आयोजक समिति बनेको छ । अध्यक्ष खड्काका अनुसार विगतकाझैँ खेलकूद र मनोरञ्जन क्रियाकलाप मेलामा समेटिनेछन् ।… पुरा पढौ

३ लाख बढि नगद पुरस्कार राशीसहित गलकोट स्पोर्ट्स क्लब जापानले अप्रिल १८ मा सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट स्पोर्ट्स क्लब जापानले आफ़नो आठौ वार्षिकोत्सवको अवसरमा सातौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ ।स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिए ।नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा संचालन गरिदै आएको… पुरा पढौ

जापान टोकियोसहित अन्य नौ प्रान्तहरूमा जारी अर्ध-आपतकालिन उपायहरूको थप दुइ हप्ता विस्तार गर्ने योजनामा

जापानका १० प्रान्तहरूमा कोभिड-१९ का गम्भिर प्रकृतिका बिरामीहरूका लागि अस्पतालको बेड उपयोगको दर उच्च रहेकोले हाल जारी अर्ध-आपतकालिन अवस्थालाई अझ दुई हप्ता विस्तार गर्ने योजना गरिरहेको छ ।हाल ३१ प्रान्तहरूमा रहेको अर्ध-आपतकालीन उपायहरूको अवधि आगामी आइतबार अर्थात् मार्च ६ तारिकका दिन सकिने भएकोले सरकारले टोकियो, साइतामा, चिबा, कानागावा, गिफु, आइची, मि, क्योटो, ओसाका र ह्योगोमा मार्च २१ सम्म विस्तार गर्ने योजना गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन। यस सम्बन्धी सरकारले यहि हप्ताको अन्त्यमा कुन प्रान्तमा उपायहरू विस्तार गर्ने र कति समयको… पुरा पढौ