राष्ट्रिय समाचार

एनआरएनए विभाजनको डिलमा रहेको छ-कोषाध्यक्ष महेश श्रेष्ठ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको वार्षिक कार्यक्रम अन्तरगत एनआरएनए जापानको आयोजना र चिबा क्षेत्रीय कार्यसमितिको ब्यबस्थापनमा प्रथम क्षेत्रीय भेला सम्पन्न भएको छ ।मार्च ५ तारिख आयोजित क्षेत्रीय भेलामा प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनए अहिले जटिल मोडबाट गुज्रीरहेको बताऊदै नेतृत्वले अलिकती बिबेक पुर्याउन नसकेमा विभाजनसम्म जाने जाने खतरा रहेको बताए ।राजनीतिक दाउपेचका कारण गैर राजनीतिक सामाजिक संस्था एनआरएनएमा हालको नेतृत्वको हातबाट बाहिर गैसकेको यो अवस्थामा सबैले सुझबुझका साथ निर्णय गरेर संस्थाको गरिमालाई अक्षुण… पुरा पढौ

३ लाख राशीको सभापोखरी रनिङशिल्डको उपाधी चुम्यो एनआरएनए कान्साईले

सभापोखरी गाँउपालिकामा आयोजित प्रथम सभापोखरी अन्तर पालिका स्तरिय खुल्ला पुरुष रनिङशिल्ड भलिबल प्रतियोगितामा एनआरएनए जापान ओसाकाले उपाधी चुम्न सफल भएको छ। सोमबार सभापोखरी रंगशाला बाह्रबिसे संखुवासभामा भएको फाइनल खेलमा एनआरएन जापान ओसाकाले ३–० को सोझो सेटमा षडानन्द नगरपालिका भोजपुरलाई पराजित गदैं उपाधी बिजेता बनेको हो । गलकोट नगरपालिकाका खेलाडिलाई आवद्ध गरेको एनआरएनए ओसाका जापानले फाइनलमा षडानन्द नगरपालिका भोजपुरलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा पराजित गदैं उपाधी जितेको हो । १० समुहको सहभागिता रहेको प्रथम सभापोखरी अन्तरपालिका स्तरिय पुरुष… पुरा पढौ

जापानका बारेमा रोचक जानकारी

१. जापानमा जनवरी १ को स्वागतका लागि मन्दिरमा १०८ पटक घण्टा बजाउने गरिन्छ ।२. जापानमा कूल पुस्तक प्रकाशनको २० प्रतिशत हसाउने कुरा भएको (कमिक) पुस्तक प्रकाशन हुने गर्दछ ।३. जापानमा घरपालुवा जनावरको संख्या कूल जापानी बच्चाको संख्या भन्दा बढि रहेको छ । ४. जापानमा बन्दुकबाट प्रत्येक वर्ष २ जनाको मात्र हत्या हुने गरेको छ ।५. जापानमा खाना साथ उठेर हिड्नु अशिष्टताको प्रतीक मानिन्छ ।६. जापानमा सबैभन्दा बढि आत्महत्या हुनु दुखद् पक्षका रुपमा लिइन्छ ।७. अधिकांश जापानीहरुले पसिना पुछ्नका लागि साथमा… पुरा पढौ

अभिवादन, अनुशासन र जापानको शिक्षा

शायद तपाईले टेलिफोनमा कुराकानी गरिराखेको जापानीहरु देख्नुभएको हुनुपर्छ । टेलिफोनमा कुराकानी भईराखेको दुई व्यक्तिबीच एकआपसमा देखादेख हुँदैनन् तर पनि शिर निहुराएर अभिवादन गर्दै कुराकानी गर्ने गर्दछन् । भनिन्छ अभिवादन वार्तालापको शुरुवाती हो । जापानीहरु कसैसँग प्रत्यक्ष भेट हुँदा नचिनेको व्यक्ति भए पनि ‘ओहायो गोजाइमास’, ‘कोन्निचिवा’ भनेर अभिवादन गर्ने गर्दछन् । त्यसो त जापानीहरु चिनजानकै साथीसँग भेट भएको अवस्थामा पनि अभिवादन गरेर ‘आज त राम्रो मौसम छ है’ भन्ने खालको कुराकानीबाट अन्य कुराकानी शुरु गर्ने गर्दछन् । अभिवादनबाट नै अन्य कुराकानी… पुरा पढौ

एनआरएनएका पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनद्वारा एनसीसी भेलाको आयोजना

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघको पछिल्लो समय भएको गंभिर संकटलाइ मध्ये नजर गर्दै राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरुको (जुममा) भेला बोलाएका छन्। मार्च ६, २०२२ आइतबार बोलाइएको उक्त भेला नेपालको समय अनुसार साँझ ५ बजे हो। संघमा आएको संकटको अवस्थामा आयोजना गरिएको यस भेलाले संघलाइ अगाडी बढाउन ठोस निकास दिने अपेक्षा समेत पूर्व अध्यक्षहरुको रहेको छ। भेलामा सबै एनसीसीहरुलाइ आमन्त्रण गरिएको छ। पूर्व अध्यक्षहरुको आब्हान पत्र जस्ताको तस्तै गैरआवासीय नेपाली… पुरा पढौ

एनसीसीहरुको मान्यता रद्द गर्ने  भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा

लन्डन -गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको  मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)  को निर्णयको निन्दा गरेका छन्।   अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, २ मार्च २०२२ मा बोलाइएको बैठकले केही राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले सदस्यता वापतको रकम मार्च ६ तारिख सम्म नबुझाएमा उनीहरुको मान्यता रद्द गर्ने निर्णय गरेको थियो।  तर उक्त बैठकमा गणपूरक संख्या नपुगेको र  संघको विधान र नियमावली अनुसार कम्तीमा एक हप्ताको समय दिनु पर्नेमा केवल २… पुरा पढौ

जापानले गर्दै आएको सिमा नियन्त्रणको कडाइमा थप सहज बनाइने, विद्यार्थीलाई प्राथमिकताका साथ प्रवेश दिने

जापानले तीन महिनादेखि लगाउदै आएको सीमा प्रतिबन्ध मार्च १४ बाट सीमा नियन्त्रणहरूमा थप सहज बनाई देशमा प्रवेश गर्न अनुमति दिने दैनिक सीमा हालको ५,००० बाट बढाएर ७,००० पुर्याउदै विद्यार्थीलाई प्राथमिकताका साथ प्रवेश दिने भएको छ ।धेरै विद्यार्थीहरू अप्रिलबाट विद्यालयको अध्ययन सुरु हुनु अघि जापान प्रवेश लागि लामो समयदेखि पर्खिरहेकाले विदेशी नागरिकहरूलाई सीमाको पर्वाह नगरी हालको दैनिक ५००० जना प्रवेशको सिमालाइ बढाएर ७००० जना सम्मलाई स्वीकार गर्दै विद्यार्थीलाई प्राथमिकताका साथ जापान प्रवेश दिने प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आयोजित पत्रकारमा बताए ।विगत… पुरा पढौ

गलकोट समाज जापानले अन्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपाली महिलाको अवस्था अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गर्ने

गलकोट समाज जापानको महिला विभाग द्वारा ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा मंगलबार महिला अधिकारको सरोकारका साथै वैदेशिक रोजगारीले समाजमा पारेको असर र प्रभावका बारेमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।Choose to Challenge अर्थात् 'चुनौती छान या चुनौती स्वीकार गर' भन्ने मान्यता राखी सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरुको सक्रिय सहभागिता रहि संसारमा लैङ्गिक समानता एउटा अभियानका लागि मनाइने नारी दिवशमा “समाजका विभिन्न क्षेत्रमा नेपाली महिलाको अवस्था अवसर र चुनौति” विषयक भर्चुवल अन्तरक्रियात्मक कार्यक्रम गरिन लागेको संयोजक चन्द्राकुमारी… पुरा पढौ

दुर्गम गाउँमा पुगेको मोवाईल सेवाले स्थानीयमा छाएको खुसी

केहि महिना पहिले सम्म त्यस क्षेत्रमा मोवाईल सेवा नै थिएन । गाउँलेहरुलाई सूचना आदान प्रदान गर्न सम्वन्धित ठाउँमा घण्टौं लागेर धाउनु पर्थ्यो । मोवाईल सेवा नहुँदा निसीखोला गाउँपालिका वडा नं १ देविस्थान स्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झण्डै ५ सय घरधुरीले निकै समस्या झेल्दै आईरहेका थिए । अहिले भनें नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफनो सेवा… पुरा पढौ

विप्रेषणको सीमा घट्यो, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने 

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधवारदेखि नै लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो । बैंकले बुधबार सूचना जारी गर्दै अनुमतिप्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबारबापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले घटाएको हो। तर विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको… पुरा पढौ