एनआरएनए विभाजनको डिलमा रहेको छ-कोषाध्यक्ष महेश श्रेष्ठ

- एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न

-


     जनहित न्युज    
     फागुन २४ गते २०७८


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको वार्षिक कार्यक्रम अन्तरगत एनआरएनए जापानको आयोजना र चिबा क्षेत्रीय कार्यसमितिको ब्यबस्थापनमा प्रथम क्षेत्रीय भेला सम्पन्न भएको छ ।
मार्च ५ तारिख आयोजित क्षेत्रीय भेलामा प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनए अहिले जटिल मोडबाट गुज्रीरहेको बताऊदै नेतृत्वले अलिकती बिबेक पुर्याउन नसकेमा विभाजनसम्म जाने जाने खतरा रहेको बताए ।
राजनीतिक दाउपेचका कारण गैर राजनीतिक सामाजिक संस्था एनआरएनएमा हालको नेतृत्वको हातबाट बाहिर गैसकेको यो अवस्थामा सबैले सुझबुझका साथ निर्णय गरेर संस्थाको गरिमालाई अक्षुण राख्नु आजको आवश्यकता रहेको श्रेष्ठको भनाइ थियो ।
कोषाध्यक्ष श्रेष्ठले विगतका कुरालाई क़ोट्याएर अब एनआरएनए जापानको पुनः निर्वाचन असम्भव रहेको बताऊदै सबै पक्षको सहमतिमा भएको निर्वाचनमा १७ सय विवादित भनिएको इमेल सबै पक्षको सहमतिमा समय दिएर सच्याउन लगाईएको श्रेष्ठले बताए ।

मार्च ४ तारिक साँझ आयोजकले बिभिन्न क्षेत्रबाट सहभागि प्रतिनिधिहरुको स्वागतार्थ चिवा स्थित इचिकावा ग्रान्ड होटलमा रात्रीभोजको आयोजना गरेको थियो । रात्रीभोजमा एनआरएनए अभियन्ताहरु सहित दर्जन बढी संघसस्थाका प्रतिनिधि र बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने करिव एक सयजनाको सहभागिता रहेको थियो
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले एनआरएनए जापानमा पछिल्लो समय देखिएको विवादका बारेमा चिन्ता व्यक्त गर्दै सामाजिक संस्थालाई नेपाली समुदायको हित अनुकूल उपयोग गर्नमा केन्द्रित राखिनुपर्ने बताऊदै घरेलु समस्याको समाधान घरबाट नै सबैलाई मान्य हुने गरि खोजिनु पर्ने बताएका थिए ।
जापानमा भएका अधिकांश एनआरएनएको निर्वाचनका क्रममा विवाद सृजना हुने गरेकोले त्यसको दिर्घकालिन समाधानको उपाय खोज्न सबै अभियन्ताहरू आत्मैदेखि लाग्नुपर्ने कार्यक्रममा बोल्ने वक्ताहरूको धारणा रहेको थियो ।

कार्यक्रममा एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेल, एनआरएनए जापानका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक ओम गुरुङ पूर्व अध्यक्ष देबिलाल भण्डारी, एनआरएन आइसीसी सदस्य तथा व्यावसायी ददिवल खड्का, आइसीसी सदस्य श्रवण सत्याल, छात्रब्रृत्ती उपलब्ध गराउँदै आएको सस्थाका अध्यक्ष योशिहारु कोमियामा लगायतले आफ़्नो धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेलले एनआरएनए जापानको वर्तमान कार्यसमितिलाई अघि बढ्न १२ वटै क्षेत्रीय समितिले गरिरहेको काम र प्रयासको प्रशंसा गरेका थिए । पौडेलले भविष्यमा १२ वटै क्षेत्रमा गर्न लागिएको रक्तदान कार्यक्रम, विद्यार्थी सेमिनार, नेपाल फेस्टिबल लगायत कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा एनआरएनए जापानको १२ वटै क्षेत्रका संयोजकहरुले आफ़्नो कार्यकालको यस अवधिमा भए गरेका कार्यप्रगती विवरण, आर्थिक प्रतिबेदन र भाबी कार्यक्रमको योजना प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएको प्रतिवेदनमा खेलकुदमा सहयोग , वेबसाइट व्यवस्थापन सूचना जानकारी प्रदान आर्थिक अभियान संचालन, सरसफ़ाइ क्रियाकलाप संचालन गरि नेपाली समुदायलाई सहयोग गरिएको र सरसराई क्रियाकलापबाट जापानी नागरिकले नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मकता आएको उल्लेख गरिएको थियो ।


क्षेत्रीय भेलामा उपस्थित सबैलाई स्वागत मन्तव्य राखदै एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नबिन न्युरेले वर्तमान असहज परिस्थितिमा पनि एनआरएनए जापानले क्षेत्रीय समितिको सक्रियतापूर्वक सहभागितासहित गरिएका कार्यक्रमले राम्रो सन्देश प्रवाह गरेको बताएका थिए। क्षेत्रीय भेला चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मीको संयोजनमा भएको थियो ।

औपचारिक कार्यक्रमको संचालन एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले र दोस्रो चरणको कार्यक्रमको सहजीकरण सचिव श्याम शितलले गरेका थिए । भेलामा करिव २५० जनाको सहभागिता रहेको प्रवक्ता सुभास लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?