राष्ट्रिय समाचार

जापानले नेपाललाई दुई अर्ब सात करोड अनुदान दिने 

विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज हस्ताक्षर गरे । आयोजना कार्यान्वयनका लागि अर्को अनुदान सम्झौतामा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे । उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको… पुरा पढौ

स्थानीय चुनावका लागि माओवादीले बनायो ८ योजना, यस्ता छन् चुनावी नारा 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने निर्णय गरेको हो । त्यसका लागि माओवादीले प्रदेश इन्चार्जहरू तोकेको छ भने सोही इन्चार्ज मातहत रहने गरी सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य सम्मिलित समितिले प्रदेशका जिल्लाहरूलाई समेटेर चुनावी कमान्डहरू बनाउने छ । सो कमान्डले पुनः स्थानीय तहसम्म सहायक कमान्डहरू बनाएर चुनावमा होमिने गरी पार्टीले निर्णय गरेको एक नेताले जानकारी दिए… पुरा पढौ

विदेशबाट नेपाल आउँदा खोप कार्ड वा पीसीआरमध्ये एउटा भए पुग्ने 

अब विदेशबाट आएका यात्रुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ। गत फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले हवाई मार्ग तथा स्थल मार्ग भई आउने यात्रुका लागि सो मापदण्ड बनाउने निर्णय गरेको हो। विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । अध्यागमन विभागले आज विज्ञप्ति… पुरा पढौ

यून सुक–येओल दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित 

दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा विपक्षी नेता यून सुक–येओल विजयी भएका छन् । कडा प्रतिस्पर्धा देखिएको चुनावमा कन्जरभेटिभ पार्टीका यूनले डेमोक्र्याटिक पार्टीका ली जाए–मिउङलाई पराजित गरेका हुन् । यूनले वर्गीय असमानताविरुद्ध लड्ने बताउँदै आएका छन् । दक्षिण कोरियाको इतिहासमा यो चुनाव निकै प्रतिस्पर्धात्मक देखिएको हो। अन्तिम परिणाम आउँदा यून र लीबीचको मतान्तर एक प्रतिशतभन्दा कम देखिएको छ । राष्ट्रपतिमा विजयी भएका यूनले आफ्नो प्राथमिकता जनताको जनजीविका र सामाजिक सुरक्षामा हुने आफ्ना समर्थकलाई सम्बोधन गर्दै बताएका छन्। बुधबार भएको मतदानमा ७७ प्रतिशतले… पुरा पढौ

एमसिसी, विकास र राष्ट्रवादको बहस 

नेपालमा हालसम्मकै सर्वाधिक महत्वपूर्ण तर विवादित विषय हुन् एमसिसी, विकास र राष्ट्रवाद । यी तीनवटै विषयले आमजनतासँग प्रत्यक्ष सरोकार राख्छन् । विवादको केन्द्रमा हुनुको मूल कारण यी विषयसँग जोडिएको राजनीति हो । विवादमा संलग्न व्यक्ति वा संस्था जन्मिएको सामाजिक धरातल, वैचारिक आस्था÷अडान, सांस्कृतिक पृष्ठभूमि तथा समकालीन नाफा–घाटाका हिसाबले विभिन्न पक्षधरता पैदा हुँदै आएका छन् । यी आन्तरिक विवादको आगोमा भूराजनीतिले गरेको घिउ थप्ने कामलाई अवश्य नजरअन्दाज गर्न सकिँदैन । दुईधारे तरबारजस्तो अत्यन्तै संवेदशील भएकाले ‘विद्वान्’हरू पनि बिरलै यी विषयमाथि बहस गर्न रुचाउँछन् । तथापि आमजनजीवनसँग जोडिने… पुरा पढौ

संखुवासभा दुर्घटनाका मृतक १४ मध्ये १० को सनाखत नामावलीसहित

संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको सनाखत भएको छ ।  दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान साढे ७ बजे संखुवासभाको मादी नगरपालिका- ६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियाे ।  दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भइसकेको छ। तीमध्ये १० जनाको मात्र नाम र ठेगाना खुलेको छ, बाँकी २ महिला, एक पुरुष र एक बालकको भने पहिचान खुल्न बाँकी रहेको १ नम्बर प्रदेश ट्राफिक कार्यलय इटहरीले जनाएको छ। मृतकमा… पुरा पढौ

घुम्टेको काख मल्ममा परम्परागत होली मेला

खेलकूद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला २०७८ फागुन ३० गतेदेखि चैत ३ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने निर्णय गरेको छ । होली पूर्णिमा मेलामा खुल्ला कृषि मेला प्रदर्शनी, वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको… पुरा पढौ

“खोप कार्ड”

नेपालाआ बसेर क्यार्नु, सधै यस्तै ताल भए सी , सँगइका केइ न कामका तोरी हरुले त बिदेश गै कत्ती प्रगती अरिसके । जे पर्ला पर्ला, लौ हजुर म नि अब बिदेश जाने भए । मलाई जस्सरी भए नि मिलाईदिनु पर्‍यो ।" शहर स्थित म्यानपावर कम्पनीमा पुगेर बिन्ती गर्दै सन्तरामले भन्यो । "ठिकै छ , डेढ लाख रुपैयाँ , पासपोर्ट साइजको फोटो , पि.सि.आर. टेस्टको नेगेटिभ रिपोर्ट अनि खोप कार्ड लगायतको डकुमेण्ट्सहरु लिएर आउनुस भोली दश बजे ।” कम्पनी सञ्चालकले भन्यो… पुरा पढौ

नेपाली एकता समाज जापानको अध्यक्षमा सालिकराम सापकोटा चयन 

नेपाली एकता समाज जापानको अध्यक्षमा सालिकराम सापकोटा चयन भएका छन् । मार्च ८ का दिन टोकियोमा सम्पन्न समाजको दोस्रो राष्ट्रिय सम्मेलनले समाजको अध्यक्षमा सापकोटा सहित २७ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समाजको उपाध्यक्षमा गोपाल सापकोटा र डण्ड के सी, महासचिवमा तेजेन्द्र क्षेत्री, सचिवमा प्रदिप बि क र कोषाध्यक्षमा छन्द सापकोटा चयन भएका छन् । त्यसैगरी समाजको सदस्यहरुमा केशव सापकोटा, तेजु के सी, राजु रेग्मी, बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, बिष्णु पोखरेल,निश्चल क्षेत्री,कमल कार्की,गोपाल खत्री,उमेश निउरे, हेमलाल गौतम, नविन… पुरा पढौ

एनआरएन निर्वाचन: एसिया क्षेत्रीय समितिको उप-संयोजकमा जापानबाट ददिवल खड्काले दिए उम्मेदवारी

गैरआवासीय नेपाली संघको एसिया क्षेत्रको उप संयोजकमा जापानका ददिवल खड्काले उम्मेदवारी दिएका छन् ।गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन आगामी २४ र २५ मार्चमा हुने दसौं महाधिवेशन निर्वाचनका लागि उम्मेदवारी दर्ताको क्रम तीब्र भएसंगै एनआरएनए एसिया क्षेत्रको उपसंयोजकका लागि जापानका खड्काले उम्मेदवारी दर्ता गराएका छन् । म्याग्दी जिल्लामा जन्मिएका खड्का तीन दशकभन्दा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका छन।उनी एनआरएनए आइसीसी सदस्य समेत रहेका छन । सफल व्यावसायी तथा बौद्धिक व्यक्तित्व खड्का एनआरएनए अभियानमा सहयोगी व्यक्तित्वको अभियानकर्ताका रूपमा समेत चिनिन्छन… पुरा पढौ