राष्ट्रिय समाचार

गाईको शोकमा किरिया……..

रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी विगत नौ दिनदेखि हिन्दू… पुरा पढौ

अप्रिल १ देखि जापानको नारितामा काठमाडौंबाट साताको दुई उडान हुने

काठमाडौँबाट जापानको नारितामा अब साताको दुई उडान हुने भएको छ ।नेपाल एयरलाइन्सले आगामी १ अप्रिलबाट नारितामा साताको मङ्गलवार र शुक्रबार उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । पछिल्लो समय निगमले कोभिड(१९ को महामारीपछि गुमेका आफ्ना गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।सोही क्रममा अब जापानमा साताको दुई उडान हुने भएको हो । यसले जापान जाने–आउने नेपाली नागरिकका साथै पर्यटकको आवागमन समेत सहज बनाउने छ । https://twitter.com/nepalairlinesra/status/1502524042145849345?s=21 पुरा पढौ

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको सचिवका प्रत्यासी ओम गुरुङको पक्षमा माहौल, जित सुनिश्चित रहेको दाबी

पटक पटक स्थगित हुदै पुन मार्च २४ र २५ मा हुने गरि तय गरिएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको निर्वाचनमा “समृद्धि,समावेशिता,समुहिकता र संस्थागत सुदृढिकरणका लागि मेरो उम्मेदवारीको मान्यताका साथ सचिव पदमा उम्मेवदारी दिएका ओम गुरुङको पक्षमा माहोल सृजना भएको छ । जापानमा रहेर सन २००८ देखि एनआरएनएको अभियानमा लागेका गुरूङले पटक पटक एनआरएनए जापानको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका र आफ्नो अनुभवलाई आइसीसीमा उपयोग गर्ने दृढ़ताका साथ लागेकोले सचिव पदमा आफूले दिएको उम्मेदवारीको पक्षमा राम्रो माहोल सृजना… पुरा पढौ

घुम्टेको काख मल्ममा ऐतिहासिक होली पूर्णिमा मेला सुरु

घुम्टे युवा परिवारको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पुर्णिमा सोमबारबाट देखि सुरु भएको छ । मेलाको पहिलो दिन बृहत खुल्ला कृषि प्रर्दशनी मेला सकिएको छ गलकोट क्षेत्रका कृषकहरुको प्रदर्शनीमा उल्लेख्य सहभागिता रहेको थियो ७ वटा विधामा मुल्याङकन गरिएको थियो । कृषि मेला प्रदर्शनीको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले उदघाटन गरे । मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक सेभेन स्टार ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका प्रतिनिधी मान बहादुर भण्डारीले रेफ्रीलाई भलिबल हस्तान्तरण… पुरा पढौ

१४ सांसदविरुद्धको रिट अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसदहरू विरुद्धको मुद्दाको पूर्ण सुनुवाइ चैत २० गतेदेखि गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि २०७८ चैत २० गते आइतवारको पेशी तोक्न आदेश दिएको हो। इजलासले रिट निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरुपण छिटो छरितो निरुपण गर्नुपर्ने भएकाले रिटलाई पूर्ण सुनुवाइका निम्ति पेश गर्ने आदेश गरेको हो । संयुक्त इजलासले मुद्दाको पक्ष र विपक्ष दुवैको… पुरा पढौ

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको मन्त्रीका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए।  मलेसियाबाट प्राप्त हुने रोजगारी गुम्न नदिन तत्काल श्रमस्वीकृति दिन थाल्नेनिर्णय गरेको मन्त्री श्रेष्ठले बताएका छन्।  वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ। कोरोना महामारीका कारण सन्… पुरा पढौ

नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा 

सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए । त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा… पुरा पढौ

‘काँग्रेस–एमाले’को कित्ताकाटले एनआरएनए फुट्यो, एकै समयमा दुई समूहको चुनाव घोषणा 

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको छ । सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित बन्न पुगेको हो ।  विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्ताहरु कित्ताकाट हुँदा विवाद चर्किँदै विभाजनको अवस्था निम्तिएको हो । एमाले निकटका अध्यक्ष कुमार पन्त र उनको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था विभाजित बनेको हो ।  पन्त समूहबाट नयाँ नेतृत्वका लागि बद्री… पुरा पढौ

जापानमा ११ वर्षअघि गएको भूकम्पको सम्झनामा प्रार्थना

फुकुसिमा दाइची आणविक केन्द्रमै क्षति पुर्‍याउने गरी जापानमा सुनामी आएको ११ वर्ष पूरा भएको छ । यो अवसरमा जापानको उत्तरपूर्वी क्षेत्रमा मानिसहरुले प्रार्थाना गरेका छन् । उत्तरपूर्वी जापानमा ११ मार्च, २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । स्थानीय समयानुसार शुक्रबार २ः४६ अपराह्नमा सो विनासकारी भूकम्प र सुनामीमा ज्यान गुमाएका व्यक्तिहरुप्रति सम्झना स्वरुपमा एक मिनेटको मौन धारण गरिएको हो । जापानका टेलिभिजन च्यानलहरुले विशाल समुद्री पर्खालहरूको छेउमा उभिएका विद्यार्थीहरूले आशाको सन्देशसहित चङ्गा उडाउँदै… पुरा पढौ

कन्भिनियन्स स्टोर फेमिलिमार्टले प्लास्टिकको चम्चा काँटामा प्रतिबन्ध लगायो

जापानको लोकप्रिय कन्भिनियन्स स्टोर फेमिलिमार्टले प्लास्टिकको मात्रालाई कमी गर्नका लागि अप्रिलबाट लागू हुने गरि सरकारले ल्याउन लागेको अध्यादेशको कार्यान्वयन अघि नै प्लास्टिकको काँटा, चम्चाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । समुद्री प्रदूषणमा बढ्दो चिन्ताको बीचमा वातावरण जोगाउने प्रयासको रूपमा कटलरी र स्ट्रो जस्ता १२ प्रकारका डिस्पोजेबल प्लास्टिक वस्तुहरूको प्रयोगलाई कम गर्न व्यवसाय अपरेटरहरूलाई बाध्य पार्दै अप्रिलमा लागू हुने गरी यो निर्णय आएको हो।बिहीबार टोकियोका १० वटा आउटलेटमा परीक्षणको रूपमा सुरूवात गरि करिब एक महिनासम्म ग्राहकहरूको प्रतिक्रिया बुझेपछि देशभरका १६,००० स्टोरहरूमार्फत… पुरा पढौ