गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको सचिवका प्रत्यासी ओम गुरुङको पक्षमा माहौल, जित सुनिश्चित रहेको दाबी

-


     जनहित न्युज    
     चैत्र १ गते २०७८


पटक पटक स्थगित हुदै पुन मार्च २४ र २५ मा हुने गरि तय गरिएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको निर्वाचनमा “समृद्धि,समावेशिता,समुहिकता र संस्थागत सुदृढिकरणका लागि मेरो उम्मेदवारीको मान्यताका साथ सचिव पदमा उम्मेवदारी दिएका ओम गुरुङको पक्षमा माहोल सृजना भएको छ ।

जापानमा रहेर सन २००८ देखि एनआरएनएको अभियानमा लागेका गुरूङले पटक पटक एनआरएनए जापानको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका र आफ्नो अनुभवलाई आइसीसीमा उपयोग गर्ने दृढ़ताका साथ लागेकोले सचिव पदमा आफूले दिएको उम्मेदवारीको पक्षमा राम्रो माहोल सृजना भै जितको निकटतामा पुगेको बताउछन ।

जापानमा रहेर बिभिन्न सामाजिक संघ संस्थामार्फ़त नेपाल र नेपालीको लागि सामाजिक क्रियाकलापमा निरन्तर रूपमा लागेको र अझै आफ्नो क्षमता योग्यता र अनुभवलाई सोही क्षेत्रमा लगाउने मेरो प्रतिवद्दतालाई एनआरएनएको अभियानमा लागेकाहरूले ऊर्जा र हौसला प्रदान गर्दै सबै पक्षबाट सहयोग हुदै आएकोले आफ्नो जीत सुनिश्चित रहेको गुरुङको दाबी छ ।

आफू एनआरएनए आईसीसीमा केवल पद ओगटनका लागि नभई संस्थाको संस्थागत विकासमा सहयोग पुर्याउने र एनआरएनएलाई वास्तविक समावेशीताको सिद्धान्त अनुरूप अगाडी बढ़ाउनका लागि मुख्यरूपमा केन्द्रित रहि कार्य गर्न लागि परेकोले पनि विश्वभरका एनआरएनए प्रतिनिधिहरूले आफूलाई उत्साहपूर्ण रूपमा मतदान गरि विजयी गराउने गुरुङको विश्वास रहेको छ।

संस्थामा नीति र विधी प्रधान रूपमा संचालन हुनुपर्ने आफ्नो मान्यतालाई आत्मसात गर्दै सोही अनुरूप एनआरएनएका हरेक गतिविधि र कार्यक्रम संचालनमा जोड दिनका लागि पनि आफूलाई जिताएर सहयोग गर्नका लागि सम्पूर्ण एनआरएनएका अभियन्ताहरूमा आग्रह गरेका छन ।
सचिबमा नै किन भन्ने प्रसंगमा उम्मेद्धार गुरुङले लामो समय सस्थामा बसेर काम गरेको अनुभब बिधान समितिको सह संयोजक भएर काम गरेको हैसियतले एनआरएनए देखिएका समस्याहरु र यसका मूल्य मान्यताहरुलाई गहनरुपमा बुझेको छु त्यसर्थ आफै जिम्मेवारी तह बसेर पोलिसी बनाउने र त्यसलाई लागु गर्नका लागि नै जिम्मेवारी पदमा बसेर काम गर्न चाहेको स्पस्ट पारे |
मुख्यत: हाल देखिएका बिकृति र विसंगतिहरुको सस्थागत सुधार, रोजगारीको लागि बाहिरिएका गैरआवासीय नेपालीहरुको हकअधिकार, नागरिकताको निरन्तरता, नेपालीको सम्ब्रिद्दलागी ब्रेन-ड्रेन लाइ डाइभर्ट गर्ने, श्रमको उचित मूल्य र ब्यबस्थित रोजगारका, जिबनबिमा जस्ता बिषयहरुमा लागि आफु जोडदारसंग लाग्ने र यस अर्थमा पनि आफु सचिवको जिम्मेवारी पदमा रहेर काम गर्न चाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?