
जापानले तीन महिनादेखि लगाउदै आएको सीमा प्रतिबन्ध मार्च १ बाट सुरु भएसंगै देशमा प्रवेश गर्न अनुमति दिने दैनिक सीमा हालको ५,००० बाट बढाएर ७,००० पु¥याउने योजना बनाएको छ ।
धेरै विद्यार्थीहरू अप्रिलबाट विद्यालयको अध्ययन सुरु हुनु अघि जापान प्रवेश लागि लामो समयदेखि पर्खिरहेकाले विदेशी नागरिकहरूलाई सीमाको पर्वाह नगरी हालको दैनिक ५००० जना प्रवेशको सिमालाइ बढाएर ७००० जनामा सम्मलाई स्वीकार गर्ने सरकारले बनाएको र सो को बारेमा प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार पत्रकार सम्मेलनमा थप घोषणा गर्ने अपेक्षा गरिएको सरकारी स्रोतहरूले बताएका छन ।
कोभिड–१९ सीमा नियन्त्रणका उपायहरु सहज बनाउने ।
सरकारले मंगलबार पर्यटन बाहेक अन्य प्रयोजनका लागि विदेशी नागरिकलाई नयाँ प्रवेशमा लगाइएको प्रतिबन्ध फुकुवा गरेपछि दैनिक सीमा ३,५०० बाट बढाएर ५,००० पु¥याएपछि यो योजना आएको हो । कोरोना भाइरसको नया संस्करण ओमिक्रोनको फैलावट रोक्न नोभेम्बरदेखि नै प्रतिबन्ध लगाइएको थियो ।
तर, जापानमा प्रवेशका लागि पर्खिरहेका करिब ४ लाख विदेशी नागरिक मध्य करिब १ लाख विदेशी विद्यार्थीलाई भर्ना गर्न जापानलाई धेरै समय लाग्ने भएकोले सरकारले मार्चको मध्यबाट त्यस्ता विद्यार्थी भर्ना गर्न थाल्ने विचार गरिरहेको बताईएको छ ।”हामी विभिन्न चरणहरूमा सीमानाहरू खोल्नेछौं,” मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बुधबार पत्रकार सम्मेलनमा भने।
“राष्ट्रिय हितका लागि, हाम्रो सिमाना खोल्नु राम्रो हो। हामीले जापानमा प्रवेश गर्ने वा फर्कनेहरूको संख्या बढाउनु पर्छ,” एक उच्च पदस्थ सरकारी अधिकारीले भने।



