जापानको असाहिकावा स्टेसनभित्रै छुरा प्रहार गरि एक जनाको हत्या

-


     जनहित न्युज    
     फागुन १६ गते २०७८


जापानमा प्राविधिक प्रशिक्षार्थीका रूपमा काम गर्दै आएका ३५ वर्षीय भियतनामी पुरुषलाई आइतवार दिउँसो होक्काइडोको असाहिकावास्थित जेआर असाहिकावा स्टेसनभित्र छुरा प्रहार गरी हत्या गरिएको तीन घण्टापछि एकजना संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साङ्केई शिम्बुनको समाचारका अनुसार टिकट गेट नजिकैको शौचालय बाहिर साँझ ४ः४० बजे थान भान न्घियामाथि पटकपटक छुरा प्रहार गरिएको देखेपछि एक यात्रुले प्रहरीलाई बोलाएका थिए । प्रहरीले घाईते भान न्घियालाई उद्दार गरि अस्पताल लगिएकोमा करिब एक घण्टापछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक भान न्घियासंगै निर्माण उद्योगमा कार्यरत प्राविधिक प्रशिक्षार्थी रहेका शंकास्पद व्यक्ति भियतनामी नागरिक २४ वर्षीय न्गुएन न्गोक तुङ सो स्टेशनबाट ट्याक्सीमा चढेर भागेको स्टेसन निगरानी क्यामेराको फुटेजबाट पहिचान भएपछि नजिकैको अर्कों भवनबाट निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ती दुई एकअर्कामा चिनजान भएका व्यक्ति रहेका र छुरा प्रहार गर्नुअघि झगडा गरेको पाईएको छ।
हत्यामा प्रयोग गरिएको हतियार मानिएको एउटा चक्कु तुङ चढ़ेको ट्याक्सीबाट ओर्ले नजिकैको फोहोरको फाल्ने भाँडोमा फेला परेको प्रहरीले जनाएको छ ।(फोटो-फ़ाइल बाट लिइएको हो समाचारसंग सम्बन्धित स्टेशनको नरहेको जानकारी गराइन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?